• Home
  • समाचार
  • विभिन्न स्थानबाट अवैध लागूऔषधसहित १३ जना पक्राउ
Image

विभिन्न स्थानबाट अवैध लागूऔषधसहित १३ जना पक्राउ

काठमाडौं, ३ साउन

देशका विभिन्न स्थानबाट अवैध लागूऔषधसहित १३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं, कैलाली, धादिङ, उदयपुर, कास्की, बर्दिया र पर्साबाट उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

काठमाडौंको दक्षिणकाली नगरपालिका–५ बाट अवैध लागूऔषधसहित एक जना आइतबार पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत मोतिहारी बिजबानी–९ पिएस जितना बिजबानी पूर्वी चम्पारण बिहार बस्ने १९ वर्षीय प्रभु राम छन् । उनको साथबाट प्रहरीले नियन्त्रित लागूऔषध डाइजेपाम ३ सय ८९ एम्पुल, फेनारगन ३ सय ६९ एम्पुल र नुफिन ३ सय ९० एम्पुल बरामद गरेको छ ।

वीरगंजबाट काठमाडौंतर्फ आउँदै गरेको ना.१ ज २८७९ नम्बरको टाटा सुमोलाई इलाका प्रहरी कार्यालय फर्पिङबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त लागूऔषध सहित फेला पारी  उनलाई पक्राउ गरिएको हो ।

कैलालीको बर्दगोरिया गाउँपालिका–२ बौनिया गाउँबाट १ ग्राम २ सय मिलिग्राम अवैध लागूऔषध खैरो हेरोईनसहित एक जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा लम्कीचुहा नगरपालिका–१० बस्ने २५ वर्षीय बशन्त डगौरा रहेका छन् ।

धादिङको गजुरी गाउँपालिका–६ मिलनटारबाट सोही गाउँपालिका–८ बस्ने ४० वर्षीय होम बहादुर तामाङलाई ४ किलोग्राम चरेशसहित प्रहरीले पक्राउ गरेको छ । गजुरी गाउँपालिका–६ गौरीभञ्ज्याङबाट सोही गाउँपालिका–८ पर्बाङ बस्ने २८ वर्षीय तुलाराम तामाङलाई ४ किलोग्राम गाँजासहित सोमबार प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय गजुरी र अस्थाई प्रहरी पोष्ट आदमघाटबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनीहरूको साथबाट उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।

उदयपुरको चौदण्डीगढी नगरपालिका–४ नमुना चोकबाट ४ किलो ३ सय ग्राम गाँजासहित बेलका नगरपालिका–६ बस्ने ३५ वर्षीय बिनेश राईलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

रामपुरबाट फतेपुरतर्फ जाँदै गरेको स.३ प ३६०३ नम्बरको मोटरसाइकललाई इलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।

कास्कीको पोखरा महानगरपालिका–१७ विरौटाबाट करिब ६ सय ग्राम गाँजा सहित स्याङ्जा पुतलीबजार नगरपालिका–४ बस्ने २० वर्षीय सन्दिप थापा लगायत २ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

ग.१० प २२२४ नम्बरको स्कुटरलाई प्रहरीले जाँच गर्ने क्रममा स्कुटरमा सवार उनीहरूलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरिएको हो ।

बर्दियाको बढैयाताल गाउँपालिका–२ फुटाहाबाट ३ ग्राम ३९० मिलिग्राम ब्राउनसुगरसहित बाँसगढी नगरपालिका–३ बस्ने २६ वर्षीय उमेश खत्री लगायत ३ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी जमुनीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ र नहद १० हजार १ सय २० रूपैयाँ सहित फेला पारी पक्राउ गरेको हो ।

पर्साको वीरगन्ज महानगरपालिका–१ छप्कैयाबाट करिब १ किलोग्राम चरेशसहित सोही स्थान बस्ने ६५ वर्षीया सुनैना साह लगायत ३ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ ।

सिमा प्रहरी चौकी छप्कैया र जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले सुनैना साहको घरको ट्वाईलेटको ट्याङ्कीमा लुकाई राखेको अवस्थामा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

Related Posts

Dashrath Grocery को नयाँ अफर: रु. ३ हजारको सामान खरिद गर्दा iPhone जित्ने मौका

  काठमाडौं । दैनिक उपभोग्य सामग्री सस्तो तथा सहज मूल्यमा उपलब्ध गराउँदै आएको Dasharath Grocery ले ग्राहकका लागि…

ByByanjana soni २ हप्ता अगाडि

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

ललितपुर – ललितपुरस्थित किस्ट शिक्षण अस्पताल अन्तर्गतको किस्ट ट्रान्सप्लान्ट सेन्टर ले निजी क्षेत्रको आफ्नो १७औँ सफल कलेजो प्रत्यारोपण…

ByByBirgunj १ महिना अगाडि

नेशनल प्याब्सन पर्साले गर्‍यो एसईईका उत्कृष्ट ५६ विद्यार्थीलाई सम्मान

वीरगंज । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) नगर कार्य समिति पर्साले माध्यमिक शिक्षा परीक्षा…

ByByBirgunj २ महिना अगाडि

साउथजोन माध्यमिक विद्यालयमा विद्यार्थी नेतृत्वको शपथ ग्रहण तथा पुरस्कार वितरण सम्पन्न

वीरगंज — वीरगंज महानगरपालिका–१३ स्थित साउथजोन माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०८३ का लागि चयन भएका नयाँ विद्यार्थी नेतृत्वको…

ByByBirgunj २ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *