• Home
  • समाचार
  • हनि ट्रयापिङ’मा संलग्न रहेको अभियोगमा तीन जना पक्राउ
Image

हनि ट्रयापिङ’मा संलग्न रहेको अभियोगमा तीन जना पक्राउ

काठमाडौं, ३ साउन

हनि ट्रयापिङमा संलग्न रहेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा काठमाडौं बौद्ध बस्ने सिन्धुली कमलामाई नगरपालिका–६ ठेगाना भएकी ३१ वर्षीया कल्पना बस्नेत, भक्तपुर बालकोट बस्नेहरु सिन्धुली कमलामाई नगरपालिका–४ ठेगाना भएका २८ वर्षीय संजय कार्की र कमलामाई नगरपालिका–६ घर भएका ३१ वर्षीय कृष्णहरि खड्का रहेका छन् ।

उनीहरुलाई आइतबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उनीहरुले काठमाडौं उपत्यकाको विभिन्न स्थानहरुमा अपराधिक लाभ लिने उद्देश्यले विभिन्न महिला र पुरुषको समूहलाई सामाजिक सञ्जालमार्फत सम्पर्क गरी र प्रत्यक्ष भेटघाट गरेर झुट्टा मुद्दा लगाई ब्ल्याकमेल गर्ने गरेका थिए ।

उनीहरुले ब्ल्याकमेल गरी रकम असुल गरेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले काठमाडौंका विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरेको हो ।

उनीहरूले सामाजिक सञ्जालको माध्यमबाट केटीको प्रयोग गरी पुरुष ब्यक्तिहरुलाई खाजा खाने बहानामा रेष्टुरेन्टमा लगि भेटघाट गर्ने, भेटघाट पश्चात झुठा मुद्दा लगाएर फसाई दिने भन्दै पीडितलाई डर धम्की देखाई ठुलो रकम माग गर्ने गरेको भनाई प्रहरीको छ ।

उनीहरूलाई आपराधिक लाभ मुद्दामा थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

Related Posts

टिकटकमा हतियार प्रदर्शन गर्दै ‘रौतहटको किङ’ बन्न खोज्ने युवक पक्राउ

रौतहट, ३० असोज । सामाजिक सञ्जाल टिकटकमा धारिलो हतियार प्रदर्शन गर्दै आफूलाई ‘किङ अफ रौतहट’ का रूपमा प्रस्तुत…

ByByanjana soni १ हप्ता अगाडि

एमाले केन्द्रीय कार्यालयकाे सुरक्षा भूतपूर्व सैनिक र प्रहरीले दिने

काठमाडौं, ३० असोज । एमालेले आफ्नो केन्द्रीय कार्यालयको सुरक्षा व्यवस्था कडा बनाएको छ । सरकारले उपलब्ध गराउँदै आएको सुरक्षा…

ByByanjana soni १ हप्ता अगाडि

शाहरूखको जन्मदिनमा ‘किङ’को ट्रिजर आउने, करिना पनि देखिने

शाहरुख खानको जन्मदिनमा ‘किङ’ को एक्सनप्याक्ड टिजर सार्वजनिक हुने मुम्बई, २७ असोज। सिद्धार्थ आनन्दद्वारा निर्देशित चलचित्र ‘किङ’ सन्…

ByByanjana soni १ हप्ता अगाडि

आजको राशिफल: बि.सं. २०८३ असोज २८ गते बुधवार

ज्याे. डा. खेमराज मिश्र, पीएचडी आजको राशिफल: बि.सं. २०८३ असोज २८ गते, बुधवार, ईसं २०२६ अक्टोबर १४, ऋतुः वर्षा,…

ByByanjana soni १ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *