• Home
  • समाचार
  • लमजुङको स्थानीय तहमा २१ करोड रुपैयाँभन्दा बढी बेरुजु
Image

लमजुङको स्थानीय तहमा २१ करोड रुपैयाँभन्दा बढी बेरुजु

काठमाडौं, ३ साउन

लमजुङका आठ स्थानीय तहमा २१ करोडभन्दा बढी रकम बेरुजु देखिइकाे छ । आर्थिक वर्ष ०७७/७८ मा कार्यान्वयनमा रहेको सात अर्ब ३३ करोड ६० लाख १२ हजार रुपैयाँ बजेटको लेखा परीक्षण भएकोमा २१ करोड ६५ लाख १३ हजार रुपैयाँ बेरुजु देखाइएको हो ।

महालेखा परीक्षकको प्रतिवेदनअनुसार सबैभन्दा बढी मर्स्याङ्दी गाउँपालिकामा बेरुजु छ । मर्स्याङ्दी गाउँपालिकामा मात्रै पाँच दशमलव ३२ प्रतिशत रकम अर्थात् तीन करोड ८८ लाख ४७ हजार रुपैयाँ बेरुजु रहेको प्रतिवेदनमा उल्लेख छ ।

जिल्लामा सो बाहेक मध्यनेपाल नगरपालिकामा तीन दशमलव ६६ प्रतिशत रकम बेरुजु देखिएको छ । लेखा परीक्षण गरिएको रकममध्ये मध्यनेपालमा तीन करोड ७७ लाख २३ हजार रुपैयाँ बेरुजु देखिएको उल्लेख छ ।

यसैगरी राईनास नगरपालिकामा लेखा परीक्षण गरिएको कुल रकमको तीन दशमलव ३२ प्रतिशत बेरुजु देखिएको छ । राईनासमा मात्रै तीन करोड २७ लाख ६४ हजार रुपैया बेरुजु देखिएको हो । सुन्दरबजार नगरपालिकामा पनि लेखा परीक्षण गरेकाे रकमको तीन दशमलव २४ प्रतिशत अर्थात तीन करोड ७८ लाख ६४ हजार रुपैयाँ बेरुजु देखिएको प्रतिवेदनमा उल्लेख छ ।

जिल्ला सदरमुकाम समेत रहेको बेँसीशहर नगरपालिकामा भने दुई दशमलब ३३ प्रतिशत अर्थात दुई करोड ७० लाख ६४ हजार रुपैयाँ बेरुजु देखिएको छ भने दोर्दी गाउँपालिकामा एक दशमलव ९० प्रतिशत अर्थात दुई करोड २१ लाख ४३ हजार रुपैयाँ बेरुजु रहेकाे प्रतिवेदनमा उल्लेख छ ।

जिल्लाको क्होलासोँथार गाउँपालिकामा एक दशमलव ८७ प्रतिशत अर्थात एक करोड आठ लाख ४० हजार रुपैयाँ बेरुजु देखिएको छ भने  जिल्लामै सबैभन्दा कम दुधपोखरी गाउँपालिकामा एक दशमलव ८० प्रतिशत अर्थात ९२ लाख ६८ हजार रुपैयाँ मात्रै बेरुजु भएको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख छ । जिल्लाका स्थानीय तहमा अघिल्लो आर्थिक वर्षमा २४ करोड ७२ लाख ८६ हजार रुपैयाँ बेरुजु देखिएको थियो ।

Related Posts

Dashrath Grocery को नयाँ अफर: रु. ३ हजारको सामान खरिद गर्दा iPhone जित्ने मौका

  काठमाडौं । दैनिक उपभोग्य सामग्री सस्तो तथा सहज मूल्यमा उपलब्ध गराउँदै आएको Dasharath Grocery ले ग्राहकका लागि…

ByByanjana soni २ हप्ता अगाडि

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

ललितपुर – ललितपुरस्थित किस्ट शिक्षण अस्पताल अन्तर्गतको किस्ट ट्रान्सप्लान्ट सेन्टर ले निजी क्षेत्रको आफ्नो १७औँ सफल कलेजो प्रत्यारोपण…

ByByBirgunj १ महिना अगाडि

नेशनल प्याब्सन पर्साले गर्‍यो एसईईका उत्कृष्ट ५६ विद्यार्थीलाई सम्मान

वीरगंज । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) नगर कार्य समिति पर्साले माध्यमिक शिक्षा परीक्षा…

ByByBirgunj २ महिना अगाडि

साउथजोन माध्यमिक विद्यालयमा विद्यार्थी नेतृत्वको शपथ ग्रहण तथा पुरस्कार वितरण सम्पन्न

वीरगंज — वीरगंज महानगरपालिका–१३ स्थित साउथजोन माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०८३ का लागि चयन भएका नयाँ विद्यार्थी नेतृत्वको…

ByByBirgunj २ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *