• Home
  • समाचार
  • लमजुङको स्थानीय तहमा २१ करोड रुपैयाँभन्दा बढी बेरुजु
Image

लमजुङको स्थानीय तहमा २१ करोड रुपैयाँभन्दा बढी बेरुजु

काठमाडौं, ३ साउन

लमजुङका आठ स्थानीय तहमा २१ करोडभन्दा बढी रकम बेरुजु देखिइकाे छ । आर्थिक वर्ष ०७७/७८ मा कार्यान्वयनमा रहेको सात अर्ब ३३ करोड ६० लाख १२ हजार रुपैयाँ बजेटको लेखा परीक्षण भएकोमा २१ करोड ६५ लाख १३ हजार रुपैयाँ बेरुजु देखाइएको हो ।

महालेखा परीक्षकको प्रतिवेदनअनुसार सबैभन्दा बढी मर्स्याङ्दी गाउँपालिकामा बेरुजु छ । मर्स्याङ्दी गाउँपालिकामा मात्रै पाँच दशमलव ३२ प्रतिशत रकम अर्थात् तीन करोड ८८ लाख ४७ हजार रुपैयाँ बेरुजु रहेको प्रतिवेदनमा उल्लेख छ ।

जिल्लामा सो बाहेक मध्यनेपाल नगरपालिकामा तीन दशमलव ६६ प्रतिशत रकम बेरुजु देखिएको छ । लेखा परीक्षण गरिएको रकममध्ये मध्यनेपालमा तीन करोड ७७ लाख २३ हजार रुपैयाँ बेरुजु देखिएको उल्लेख छ ।

यसैगरी राईनास नगरपालिकामा लेखा परीक्षण गरिएको कुल रकमको तीन दशमलव ३२ प्रतिशत बेरुजु देखिएको छ । राईनासमा मात्रै तीन करोड २७ लाख ६४ हजार रुपैया बेरुजु देखिएको हो । सुन्दरबजार नगरपालिकामा पनि लेखा परीक्षण गरेकाे रकमको तीन दशमलव २४ प्रतिशत अर्थात तीन करोड ७८ लाख ६४ हजार रुपैयाँ बेरुजु देखिएको प्रतिवेदनमा उल्लेख छ ।

जिल्ला सदरमुकाम समेत रहेको बेँसीशहर नगरपालिकामा भने दुई दशमलब ३३ प्रतिशत अर्थात दुई करोड ७० लाख ६४ हजार रुपैयाँ बेरुजु देखिएको छ भने दोर्दी गाउँपालिकामा एक दशमलव ९० प्रतिशत अर्थात दुई करोड २१ लाख ४३ हजार रुपैयाँ बेरुजु रहेकाे प्रतिवेदनमा उल्लेख छ ।

जिल्लाको क्होलासोँथार गाउँपालिकामा एक दशमलव ८७ प्रतिशत अर्थात एक करोड आठ लाख ४० हजार रुपैयाँ बेरुजु देखिएको छ भने  जिल्लामै सबैभन्दा कम दुधपोखरी गाउँपालिकामा एक दशमलव ८० प्रतिशत अर्थात ९२ लाख ६८ हजार रुपैयाँ मात्रै बेरुजु भएको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख छ । जिल्लाका स्थानीय तहमा अघिल्लो आर्थिक वर्षमा २४ करोड ७२ लाख ८६ हजार रुपैयाँ बेरुजु देखिएको थियो ।

Related Posts

टिकटकमा हतियार प्रदर्शन गर्दै ‘रौतहटको किङ’ बन्न खोज्ने युवक पक्राउ

रौतहट, ३० असोज । सामाजिक सञ्जाल टिकटकमा धारिलो हतियार प्रदर्शन गर्दै आफूलाई ‘किङ अफ रौतहट’ का रूपमा प्रस्तुत…

ByByanjana soni ४ दिन अगाडि

एमाले केन्द्रीय कार्यालयकाे सुरक्षा भूतपूर्व सैनिक र प्रहरीले दिने

काठमाडौं, ३० असोज । एमालेले आफ्नो केन्द्रीय कार्यालयको सुरक्षा व्यवस्था कडा बनाएको छ । सरकारले उपलब्ध गराउँदै आएको सुरक्षा…

ByByanjana soni ४ दिन अगाडि

शाहरूखको जन्मदिनमा ‘किङ’को ट्रिजर आउने, करिना पनि देखिने

शाहरुख खानको जन्मदिनमा ‘किङ’ को एक्सनप्याक्ड टिजर सार्वजनिक हुने मुम्बई, २७ असोज। सिद्धार्थ आनन्दद्वारा निर्देशित चलचित्र ‘किङ’ सन्…

ByByanjana soni ६ दिन अगाडि

आजको राशिफल: बि.सं. २०८३ असोज २८ गते बुधवार

ज्याे. डा. खेमराज मिश्र, पीएचडी आजको राशिफल: बि.सं. २०८३ असोज २८ गते, बुधवार, ईसं २०२६ अक्टोबर १४, ऋतुः वर्षा,…

ByByanjana soni ६ दिन अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *