• Home
  • शिक्षा
  • मध्यनेपाल नगरपालिकाको थप तीन वटा कक्षामा स्थानिय पाठ्यक्रम लागू
Image

मध्यनेपाल नगरपालिकाको थप तीन वटा कक्षामा स्थानिय पाठ्यक्रम लागू

काठमाडौं । असार २१ गते
लमजुङको मध्यनेपाल नगरपालिकाले चालू शैक्षिक सत्रदेखि थप तीनवटा कक्षामा स्थानीय पाठ्यक्रम लागू गरेको छ । कक्षा एकदेखि १२ सम्म स्थानीय पाठ्यक्रम लागू गर्ने तयारी गरेको नगरपालिकाले चालू शैक्षिक सत्रबाट कक्षा तीन, सात र नौका लागि पाठ्यक्रम तयार गरी कार्यान्वयनमा ल्याएको हो ।

स्थानीय विषयवस्तुलाई समेटेर नगरपालिकाअन्तर्गतका सबै विद्यालयमा कक्षा एकदेखि १२ सम्म स्थानीय पाठ्यक्रम लागू गर्ने नगरपालिकाको तयारी छ । स्थानीय पाठ्यक्रम सुरु गरेको पहिलो वर्ष कक्षा एक र ११ को पाठ्यक्रम कार्यन्वयनमा ल्याएको नगरपालिकाले गत वर्ष कक्षा २, ६ र १२ मा स्थानीय पाठ्यक्रम कार्यान्वयनमा ल्याएको थियो ।

नगरपालिकालाई समृद्ध पालिका बनाउन पाठ्यक्रम निर्माणले पनि सहयोग पुग्ने अपेक्षा गरेको नगरप्रमुख रमेशकुमार पाण्डेले बताए ।स्थानीय पाठ्यक्रम गाउँपालिकाको विकासका लागि महत्वपूर्ण आधार बन्ने सरोकारवालाले बताएका छन् । स्थानीय पाठ्यक्रम स्थानीय सरोकारवालाले स्थानीय परिस्थिति र आवश्यकताको आधारमा निर्माण गरिने भएकाले पनि यो स्थानीय विकासका लागि आधार हुनसक्ने सरोकारवालाको विश्वास छ ।

विज्ञ र स्थानीय सरोकारवालाको समन्वयमा तयार भएको स्थानीय पाठ्यक्रमले मध्यनेपाल नगरपालिकाका साथै समग्र लमजुङको ऐतिहासिक, भौगोलिक, सांस्कृतिक, सामाजिक तथा कृषि, पर्यटनलगायत चिनारीमा समेत सहयोग पुग्ने विश्वास गरिएको छ ।स्थानीय आवश्यकता, सम्भावना र स्थानीय स्रोत, साधन तथा स्थानीय परिवेश अनुकूलका स्थानीय विषयवस्तु समेटेर पाठ्यक्रम निर्माण गरिएको नगरपालिकाले जनाएको छ ।

हालसम्म आठ वटा कक्षाका लागि पाठ्यक्रम निर्माणको काम सम्पन्न भई पालिकाभित्रका ५० विद्यालयमा अध्यापन सुरु गरिएको शिक्षा शाखाकी कर्मचारी कविता आचार्यले बताइन् । पाठ्यक्रम तयार भएसँगै सम्बन्धित विद्यालयका प्रधानाध्यापक, शिक्षक प्रतिनिधिलगायत सरोकारवालाको सहभागितामा सुझाव संकलन गरी सोही आधारमा विषयलाई पनि प्राथमिकता दिएको आचार्यको भनाइ छ ।नगरपालिकाले स्थानीय पाठ्यक्रममा उत्पादन र जीविकोपार्जनको विषयलाई मुख्य प्राथमिकता दिएको जनाएको छ ।

Related Posts

अदालतको आदेशपछि पनि रुंगटा परिवारमाथि प्रतिशोधपूर्ण आरोप? अंकितको कानुनी चेतावनी, राजेन्द्रले दिए जग्गा एकीकरणबारे स्पष्टीकरण

अदालतको आदेशपछि पनि रुंगटा परिवारमाथि प्रतिशोधपूर्ण आरोप? अंकितको कानुनी चेतावनी, राजेन्द्रले दिए जग्गा एकीकरणबारे स्पष्टीकरण राजविराज । लेनदेनसम्बन्धी…

ByByanjana soni १ हप्ता अगाडि

बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिसँग उद्योग मन्त्रालयमा अन्तरक्रिया, लगानीमैत्री वातावरण निर्माणमा जोड

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा नेपालस्थित बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिहरूसँग महत्वपूर्ण अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा…

ByByanjana soni ३ हप्ता अगाडि

जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग

काठमाडौं । जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग सम्बोधन नभए चरणबद्ध रूपमा आन्दोलनका…

ByByanjana soni ३ हप्ता अगाडि

एकै दिन सुन तोलामा आठ हजार तीन सयले घट्यो

काठमाडौं, १५ कात्तिक । नेपाली बजारमा साताको पहिलो कारोबार दिन आइतबार सुनचाँदी दुवैको मूल्यमा उच्च गिरावट आएको छ।…

ByByanjana soni ३ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *