• Home
  • अर्थ
  • नेपाल इको प्यानलको कर्पोरेट कार्यालय भक्तपुरको सल्लाघारीमा
Image

नेपाल इको प्यानलको कर्पोरेट कार्यालय भक्तपुरको सल्लाघारीमा

काठमाडौं । असार २० गते
भक्तपुरको झौखेलमा कारखाना रहेको नेपाल इको प्यानलले भक्तपुरकै सल्लाघारीमा कर्पोरेट कार्यालय स्थापना गरेको छ ।जिल्लाको चाँंगुनारायण नगरपालिका वडा नं ३ झौखेल पिपलबोट नजिकै कारखाना रहेको नेपाल इको प्यानलले भक्तपुर नगरपालिका वडा नं १ सल्लाघारीमा कार्यालय सञ्चालनमा ल्याएको हो । कार्यालय सल्लाघारीस्थित डा .मेमोरियल अस्पतालको उल्टो दिशामा च्वंगा गणेश मन्दिर जाने पूर्वतिरको बाटोमा रहेको छ ।

नेपाल इको प्यानलका प्रमुख कार्यकारी अधिकृत इन्जिनियर कृष्णभक्त दुवालले ग्राहकको सहजताका लागि कर्पोरेट कार्यालय सल्लाघारीमा स्थापना गरी सेवा सुरु गरेको जनाए ।सल्लाघारीमा कर्पोरेट कार्यालय स्थापनापछि काठमाडौं उपत्यकाका साथै बनेपा, धुलिखेल, पनौतीलगायतका ठाउँंहरुबाट आउने ग्राहकलाई सहज हुने विश्वास इन्जिनियर दुवालले लिए । अरनिको राजमार्गबाट कर्पोरेट कार्यालय नजिकै रहेको कारण ग्राहकलाई सुविधा मिल्ने उनको विश्वास हो । कारखाना भने त्यहाँंबाट झण्डै पाँंच किलोमिट टाढा पर्छ ।

नेपाल इको प्यानल स्थायी तथा अस्थायी संरचनामा भित्री तथा बाहिरी पार्टेशन वालको रुपमा प्रयोग हुने निर्माण सामाग्री हो । यसको प्रयोगबाट तीव्र निर्माण सम्भब हुन्छ । कारखानामा पहिला नै बनेर निर्माणस्थलमा जोडे मात्रै पुग्ने भएकोले यसको प्रयोगबाट तीव्र निर्माण सम्भब भएको हो ।

Related Posts

टिकटकमा हतियार प्रदर्शन गर्दै ‘रौतहटको किङ’ बन्न खोज्ने युवक पक्राउ

रौतहट, ३० असोज । सामाजिक सञ्जाल टिकटकमा धारिलो हतियार प्रदर्शन गर्दै आफूलाई ‘किङ अफ रौतहट’ का रूपमा प्रस्तुत…

ByByanjana soni २ हप्ता अगाडि

एमाले केन्द्रीय कार्यालयकाे सुरक्षा भूतपूर्व सैनिक र प्रहरीले दिने

काठमाडौं, ३० असोज । एमालेले आफ्नो केन्द्रीय कार्यालयको सुरक्षा व्यवस्था कडा बनाएको छ । सरकारले उपलब्ध गराउँदै आएको सुरक्षा…

ByByanjana soni २ हप्ता अगाडि

शाहरूखको जन्मदिनमा ‘किङ’को ट्रिजर आउने, करिना पनि देखिने

शाहरुख खानको जन्मदिनमा ‘किङ’ को एक्सनप्याक्ड टिजर सार्वजनिक हुने मुम्बई, २७ असोज। सिद्धार्थ आनन्दद्वारा निर्देशित चलचित्र ‘किङ’ सन्…

ByByanjana soni २ हप्ता अगाडि

आजको राशिफल: बि.सं. २०८३ असोज २८ गते बुधवार

ज्याे. डा. खेमराज मिश्र, पीएचडी आजको राशिफल: बि.सं. २०८३ असोज २८ गते, बुधवार, ईसं २०२६ अक्टोबर १४, ऋतुः वर्षा,…

ByByanjana soni २ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *