• Home
  • अर्थ
  • बेंसीसहर नगरपालिकाद्वारा ७५ करोड ५३ लाख बजेट पेस
Image

बेंसीसहर नगरपालिकाद्वारा ७५ करोड ५३ लाख बजेट पेस

काठमाडौं । असार ११ गते
लमजुङ सदरमुकाम बेसीशहरमा रहेको बेसीशहर नगरपालिकाले आगामी आर्थिक वर्षका लागि ७५ करोड ५३ लाख ३ हजार रुपैयाँको बजेट नगरसभामा पेस गरेको छ । नगर उपप्रमुख पदमा गुरुङले शुक्रबार बेंसीसहरमा आयोजित ११औँ नगरसभामा आर्थिक वर्ष २०७९र०८० का लागि बजेट पेस गरेकी हुन्।

नगरपालिकाले चालुतर्फ १३ करोड अर्थात १७ दशमलब २१ प्रतिशत बजेट विनियोजन गरेको छ। पूँजीगततर्फ २५ करोड ९४ लाख ३ हजार अर्थात ३४ दशमलब ३४ प्रतिशत बजेट विनियोजन गरेको छ । बजेटमा सशर्ततर्फ २९ करोड ९ लाख अर्थात ३८ दशमलब ५१ प्रतिशत बजेट प्रस्ताव गरिएको छ । समपुरक, विशेष र अन्य गरी ७ करोड ५० लाख अर्थात् ९ दशमलब ९३ बजेट प्रस्ताव गरिएको छ ।

आगामी आर्थिक वर्षको बजेट चालु आर्थिक वर्षको भन्दा २ करोड ८७ लाख ६२ हजार अर्थात् ३ दशमलब ९३ प्रतिशतले बढी हो । आगामी आर्थिक वर्षका लागि आन्तरिक स्रोत तथा स्थानीय राजश्वबाट ८ करोड ५६ लाख ८१ हजार, संघीय र प्रदेश राजश्व बाँडफाँटबाट १३ करोड ५० लाख ७२ हजार, संघीय र प्रदेश समानीकरण अनुदानबाट १६ करोड ८६ लाख ५० हजार, संघीय र प्रदेश सशर्त, समपुरक र विशेष अनुदानबाट ३६ करोड ५९ लाख बेहोरिने बजेट वक्तव्यमा उल्लेख छ ।

उनका अनुसार नगरसभामा पेस गरिएका नीति तथा कार्यक्रम र बजेटलाई छलफल गरेर आगामी २४ गते बस्ने बैठकले पास गरिनेछ । सभालाई गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री एवं एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले सम्बोधन गरेका थिए ।

Related Posts

टिकटकमा हतियार प्रदर्शन गर्दै ‘रौतहटको किङ’ बन्न खोज्ने युवक पक्राउ

रौतहट, ३० असोज । सामाजिक सञ्जाल टिकटकमा धारिलो हतियार प्रदर्शन गर्दै आफूलाई ‘किङ अफ रौतहट’ का रूपमा प्रस्तुत…

ByByanjana soni २ हप्ता अगाडि

एमाले केन्द्रीय कार्यालयकाे सुरक्षा भूतपूर्व सैनिक र प्रहरीले दिने

काठमाडौं, ३० असोज । एमालेले आफ्नो केन्द्रीय कार्यालयको सुरक्षा व्यवस्था कडा बनाएको छ । सरकारले उपलब्ध गराउँदै आएको सुरक्षा…

ByByanjana soni २ हप्ता अगाडि

शाहरूखको जन्मदिनमा ‘किङ’को ट्रिजर आउने, करिना पनि देखिने

शाहरुख खानको जन्मदिनमा ‘किङ’ को एक्सनप्याक्ड टिजर सार्वजनिक हुने मुम्बई, २७ असोज। सिद्धार्थ आनन्दद्वारा निर्देशित चलचित्र ‘किङ’ सन्…

ByByanjana soni २ हप्ता अगाडि

आजको राशिफल: बि.सं. २०८३ असोज २८ गते बुधवार

ज्याे. डा. खेमराज मिश्र, पीएचडी आजको राशिफल: बि.सं. २०८३ असोज २८ गते, बुधवार, ईसं २०२६ अक्टोबर १४, ऋतुः वर्षा,…

ByByanjana soni २ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *