Trending

दिप्रुङ चुइचुम्मा गाउँपालिकाले ६० करोड ६९ लाख बजेट ल्यायो

850Views
0 Shares

काठमाडौं । असार १० गते
खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाले आर्थिक वर्ष २०७९–०८० का लागि ६० करोड बढीको बजेट तथा कार्यक्रम प्रस्तुत गरेको छ । बिहिबार सम्पन्न गाउँसभामार्फत गाउँपालिकाले ६० करोड ६९ लाख ३९ हजार बराबरको बजेट तथा कार्यक्रम ल्याएको हो ।

गाउँपालिकाले कुल बजेटमध्ये संघीय सरकार र प्रदेश सरकारबाट प्राप्त सशर्त, समपुरक र विशेष अनुदानतर्फ ३७ करोड ९५ लाख ८५ हजार बिनियोजन गरेको छ । सशर्त अनुदान, समपुरक अनुदान र बिशेष अनुदानका लागि छुट्याएपछि बाँकी रहेको २२ करोड ७३ लाख ५४ हजारमध्ये पुँजीगततर्फ १५ करोड ४९ लाख ४ हजार र चालु खर्चतर्फ ७ करोड २४ लाख ५० हजार बिनियोजन गरिएको गाउँपालिका अध्यक्ष लोकेन्द्र राईले बताए ।

पुँजीगत बजेटमध्येबाट सडक पुर्वाधारमा ४ करोड ३६ लाख ३८ हजार, शिक्षामा ३ करोड ३८ लाख ७१ हजार, कृषिमा १ करोड २२ लाख ४५ हजार, लक्षित समूहका लागि १ करोड ३ लाख ६१ हजार, स्वास्थ्य तर्फ ९६ लाख, संस्थागत विकासको लागि १ करोड १ लाख ५० हजार, खानेपानी तर्फ ६२ लाख ६० हजार बिनियोजन गरिएको छ । यस्तै, सिचाँइमा ५५ लाख १० हजार, भवन तथा शहरी विकासतर्फ ३७ लाख, विपद व्यवस्थापन कोषको लागि ३६ लाख, पर्यटन पुर्वाधार विकासका लागि ३१ लाख ७० हजार र विविध शिर्षकमा १ करोड २७ लाख ९८ हजार विनियोजन गरिएको छ ।

दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खाका लागि ६० लाख ५७ हजार, दिप्रुङ चुइचुम्मा गाउँपालिका–२ डाँडागाउँका लागि ६१ लाख ३८ हजार, दिप्रुङ चुइचुम्मा गाउँपालिका–३ छोरम्बुका लागि ५१ लाख ३१ हजार, दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेका लागि ७७ लाख ४८ लाख, दिप्रुङ चुइचुम्मा गाउँपालिका–५ सछितापोखरीका लागि ५६ लाख, दिप्रुङ चुइचुम्मा गाउँपालिका–६ छितापोखरीका लागि ५५ लाख २५ हजार र दिप्रुङ चुइचुम्मा गाउँपालिका–७ टेम्मका लागि ७८ लाख २५ हजार बिनियोजन गरिएको गाउँपालिका अध्यक्ष राईले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय