• Home
  • प्रदेश नं १
  • घरघरमा सिंहदरबार पुग्नेगरी काम नहुँदा संघीयतामाथि प्रश्न उठ्यो– मन्त्री शेखरचन्द्र थापा
Image

घरघरमा सिंहदरबार पुग्नेगरी काम नहुँदा संघीयतामाथि प्रश्न उठ्यो– मन्त्री शेखरचन्द्र थापा

काठमाडौं । असार ९ गते
प्रदेश १ का वन, वातावरण तथा भू–संरक्षण मन्त्री शेखरचन्द्र थापाले जनप्रतिनिधिले घर घरमा सिंहदरबार पुग्नेगरी काम गर्न नसक्दा संघीयतामाथि प्रश्न उठेको बताएका छन् ।डिभिजन वन कार्यालय खोटाङले बिहीबार जिल्ला समन्वय समितिको सभाहलमा आयोजना गरेको जिल्लास्थित दलका नेतासँगको छलफल कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री थापाले जनप्रतिनिधिको कार्यशैलीका कारण संघीयतामाथि लौरो उठ्न थालेको भन्दै चिन्ता व्यक्त गरेका हुन् ।

ुसिंहदरबारलाई घरघरमा पुर्‍याउन नसक्दा संघीयतामाथि नै प्रश्न उठ्न थालेको छ । घरघरमा सिंहदरवारको अनुभूति दिन सक्छौँरसक्दैनौं यो विषयलाई स्थानीय सरकार, प्रदेश सरकारले सोच्नुपर्ने बेला आएको छ, मन्त्री थापाले भने, कुर्सीमा बसेको बेला जनताको समस्यालाई पहिचान गरेर हल गर्दै लगे मात्र संघीयता आएको महसुस हुन्छ । हामीले दिएको नाराले सार्थकता पाउँछ ।”

मन्त्री थापाले बजेट वितरणका क्रममा कुर्सीमा बसेर गरिने निर्णयभन्दा फिल्डमा पुगेर गरिने निर्णय प्रभावकारी हुने औंल्याएका छन् । उनले फिल्ड भिजिट गरेर प्राथमिकताको आधारमा बजेट विनियोजन गर्नुपर्नेमा जोड दिए । ुकुर्सीमा बसेर मात्र गरेको निर्णयले कतिपय जनताको समस्या समाधान गर्न नसक्दो रहेछ,ु थापाले भने, ुप्रत्यक्ष रुपमा फिल्ड भिजिट गरेर हेरेर निर्णय गर्नु र कुर्सीमा बसेर गरिने निर्णयमा आकाश पातालको फरक पर्ने रहेछ ।

Related Posts

आशिका तामाङको रिस अझै मरेन, आज पनि खनिइन चिरिबाबु प्रति

काठमाडौं, ७ भदौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद आशिका तामाङले ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनसँग पुनः आक्रोश ब्यक्त…

ByByanjana soni १ महिना अगाडि

Dashrath Grocery को नयाँ अफर: रु. ३ हजारको सामान खरिद गर्दा iPhone जित्ने मौका

  काठमाडौं । दैनिक उपभोग्य सामग्री सस्तो तथा सहज मूल्यमा उपलब्ध गराउँदै आएको Dasharath Grocery ले ग्राहकका लागि…

ByByanjana soni १ महिना अगाडि

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

ललितपुर – ललितपुरस्थित किस्ट शिक्षण अस्पताल अन्तर्गतको किस्ट ट्रान्सप्लान्ट सेन्टर ले निजी क्षेत्रको आफ्नो १७औँ सफल कलेजो प्रत्यारोपण…

ByByBirgunj २ महिना अगाडि

नेशनल प्याब्सन पर्साले गर्‍यो एसईईका उत्कृष्ट ५६ विद्यार्थीलाई सम्मान

वीरगंज । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) नगर कार्य समिति पर्साले माध्यमिक शिक्षा परीक्षा…

ByByBirgunj २ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *