• Home
  • अर्थ
  • खोटाङको खोटेहाङ गाउँपालिकाले ल्यायो ५५ करोड ४३ लाखको बजेट
Image

खोटाङको खोटेहाङ गाउँपालिकाले ल्यायो ५५ करोड ४३ लाखको बजेट

काठमाडौं । असार ९ गते
खोटाङको खोटेहाङ गाउँपालिकाले साढे ५५ करोड बराबरको बजेट तथा कार्यक्रम ल्याएको छ । बुधबार सम्पन्न ११ औं गाउँसभामार्फत खोटेहाङले आर्थिक वर्ष २०७९र०८० का लागि ५५ करोड ४३ लाख ९३ हजार १२० रुपैयाँ बराबरको बजेट पारित गरेको छ ।

कुल बजेटमध्ये सशर्त अनुदान, समपुरक अनुदान र बिशेष अनुदान बाहेकको २१ करोड ७० लाख ८० हजार १२० रुपैयाँमध्येबाट नेपाल सरकार राजस्व बाँडफाँडको ९ करोड २७ लाख २३ हजार प्रशासनिक चालुतर्फ छुट्याउँदा बाँकी रहेको १२ करोड ४३ लाख ६५ हजार १२० रुपैयाँको परिधिमा रहेर बजेट तथा कार्यक्रम बनाइएको प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद भट्टराईले बताए ।

प्रशासनिक चालुतर्फको बजेट छुट्याएर बाँकी रहेको रकमको ५० प्रतिशत रकमलाई शतप्रतिशत मानेर त्यसको ५० प्रतिशत रकम बराबरको ६ करोड २१ लाख ८२ हजार ५६० रुपैयाँ वडालाई विनियोजन गरिएको छ । गाउँपालिकाका ९ वडालाई ४५ प्रतिशत भुगोलको आधारमा, ४५ प्रतिशत जनसंख्याको आधारमा र १० प्रतिशत राजस्व क्षमताको आधारमा बजेट दिइएको छ ।

गाउँसभाले रसुवा–पान्धारे सडक सञ्चालनका लागि १ करोड १० लाख, अध्यक्ष÷उपाध्यक्ष रोजगार(विकास योजना अन्तर्गत ६० लाख, आर्थिक विकासका लागि कृषि क्षेत्रलाई प्राथमिकतामा राख्दै कृषि विकास तथा पशु सेवा योजना शिर्षकमा ५० लाख, गाउँपालिका प्रहरी सेवा सुरुवातका लागि वजेट विनियोजन गरिएको छ । गाउँसभामा गाउँपालिका अध्यक्ष उदिमबहादुर राईले वार्षिक नीति तथा कार्यक्रम, उपाध्यक्ष रुपेश राईले आर्थिक वर्ष २०७८र७९ को प्रगती विवरण तथा आर्थिक वर्ष २०७९र८० को वजेट तथा कार्यक्रम र विनियोजन विधेयक, वडाध्यक्ष धनबहादुर महाराजी खड्काले आर्थिक विधेयक प्रस्तुत गरेका थिए ।

गाउँपालिकामा नेपाल सरकारबाट १० करोड ८० लाख वित्तीय समानिकरण अनुदान, ९ करोड २७ लाख २३ हजार राजस्व बाँडफाँड, २८ करोड १ लाख सशर्त अनुदान, १ करोड ७० लाख समपुरक अनुदान र २ करोड विशेष अनुदान गरी ५२ करोड २८ लाख २३ रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ । यस्तै, प्रदेश सरकारबाट ५७ लाख ५५ हजार वित्तीय समानीकरण, ५१ लाख १० हजार १२० सवारी कर बाँडफाँड, ५२ लाख ५ हजार सशर्त अनुदान र १ करोड समपुरक अनुदान गरी २ करोड ६० लाख ७० हजार १२० रुपैयाँ प्राप्न हुने अनुमान छ । गाउँपालिकाको कुल आन्तरिक राजस्व अनुमान ५५ लाख गरिएको छ ।

Related Posts

टिकटकमा हतियार प्रदर्शन गर्दै ‘रौतहटको किङ’ बन्न खोज्ने युवक पक्राउ

रौतहट, ३० असोज । सामाजिक सञ्जाल टिकटकमा धारिलो हतियार प्रदर्शन गर्दै आफूलाई ‘किङ अफ रौतहट’ का रूपमा प्रस्तुत…

ByByanjana soni १ हप्ता अगाडि

एमाले केन्द्रीय कार्यालयकाे सुरक्षा भूतपूर्व सैनिक र प्रहरीले दिने

काठमाडौं, ३० असोज । एमालेले आफ्नो केन्द्रीय कार्यालयको सुरक्षा व्यवस्था कडा बनाएको छ । सरकारले उपलब्ध गराउँदै आएको सुरक्षा…

ByByanjana soni १ हप्ता अगाडि

शाहरूखको जन्मदिनमा ‘किङ’को ट्रिजर आउने, करिना पनि देखिने

शाहरुख खानको जन्मदिनमा ‘किङ’ को एक्सनप्याक्ड टिजर सार्वजनिक हुने मुम्बई, २७ असोज। सिद्धार्थ आनन्दद्वारा निर्देशित चलचित्र ‘किङ’ सन्…

ByByanjana soni २ हप्ता अगाडि

आजको राशिफल: बि.सं. २०८३ असोज २८ गते बुधवार

ज्याे. डा. खेमराज मिश्र, पीएचडी आजको राशिफल: बि.सं. २०८३ असोज २८ गते, बुधवार, ईसं २०२६ अक्टोबर १४, ऋतुः वर्षा,…

ByByanjana soni २ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *