• Home
  • अर्थ
  • प्रदेश १ को बजेटः आर्थिक बृद्धीदर ५.४ प्रतिशतसम्म हुने अनुमान
Image

प्रदेश १ को बजेटः आर्थिक बृद्धीदर ५.४ प्रतिशतसम्म हुने अनुमान

काठमाडौं । असार २ गते
प्रदेश १ सरकारले आगमी आर्थिक बर्षमा ५.४ प्रतिशतले आर्थिक बृद्धीदर हुने प्रक्षेपण गरेको छ ।प्रदेश १ को प्रदेश सभा बैठकमा बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङबोले गत आर्थिक बर्षको भन्दा १ प्रतिशत बढीले आर्थिक बृद्धीदर कायम हुने अनुमान गरेका हुन् । विश्वव्यापी रुपमा फैलिएको कोभिड – १९ महामारीको असर क्रमशः न्यून हुन गएसँगै आर्थिक तथा सामाजिक गतिविधिहरु गतिशिल बन्दै गएको उल्लेख गर्दै मन्त्री आङबोले आमनागरिकको जनजीवन सहज बन्दै गएका कारण आर्थिक बृद्धीदर हुने अनुमान गरेका हुन् ।

‘उद्योग एवं व्यापार व्यवसायहरु पूर्ण रुपमा सञ्चालनमा आएका छन, आन्तरिक तथा बाह्य पर्यटकको संख्या वृद्धि भएको छ, निर्माण क्षेत्रले क्रमशः गति लिदै गएको छ भने उर्जा क्षेत्रको उत्पादन बढेको हुँदा सोका आधारमा आर्थिक वृद्धिदर तुलनात्मक रुपमा बढ्ने अनुमान छ,’ बजेटमा भनिएको छ, ‘चालु आर्थिक वर्षको संशोधित कुल गार्हस्थ उत्पादन ७ खर्व ६३ अर्व रहने अनुमान छ, फलस्वरुप प्रदेशको आर्थिक वृद्धिदर गत आर्थिक वर्षको ४।३४ प्रतिशतबाट बढेर चालु आर्थिक वर्षमा ५।४१ प्रतिशत पुग्ने अनुमान छ ।’ मन्त्री आङबोले चालु आर्थिक वर्षसहित पछिल्लो चार वर्षमा प्रदेशको वार्षिक औषत आर्थिक वृद्धिदर ४।२ प्रतिशत रहेको पनि स्मरण गराएका हुन् ।

Related Posts

टिकटकमा हतियार प्रदर्शन गर्दै ‘रौतहटको किङ’ बन्न खोज्ने युवक पक्राउ

रौतहट, ३० असोज । सामाजिक सञ्जाल टिकटकमा धारिलो हतियार प्रदर्शन गर्दै आफूलाई ‘किङ अफ रौतहट’ का रूपमा प्रस्तुत…

ByByanjana soni १ हप्ता अगाडि

एमाले केन्द्रीय कार्यालयकाे सुरक्षा भूतपूर्व सैनिक र प्रहरीले दिने

काठमाडौं, ३० असोज । एमालेले आफ्नो केन्द्रीय कार्यालयको सुरक्षा व्यवस्था कडा बनाएको छ । सरकारले उपलब्ध गराउँदै आएको सुरक्षा…

ByByanjana soni १ हप्ता अगाडि

शाहरूखको जन्मदिनमा ‘किङ’को ट्रिजर आउने, करिना पनि देखिने

शाहरुख खानको जन्मदिनमा ‘किङ’ को एक्सनप्याक्ड टिजर सार्वजनिक हुने मुम्बई, २७ असोज। सिद्धार्थ आनन्दद्वारा निर्देशित चलचित्र ‘किङ’ सन्…

ByByanjana soni २ हप्ता अगाडि

आजको राशिफल: बि.सं. २०८३ असोज २८ गते बुधवार

ज्याे. डा. खेमराज मिश्र, पीएचडी आजको राशिफल: बि.सं. २०८३ असोज २८ गते, बुधवार, ईसं २०२६ अक्टोबर १४, ऋतुः वर्षा,…

ByByanjana soni २ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *