• Home
  • Uncategorized
  • प्रधानमन्त्री शेरबहादुर देउवाले नागरिकताको समस्या एक साताभित्र समाधान गरिने प्रतिवद्धता जनाएका छन् ।
Image

प्रधानमन्त्री शेरबहादुर देउवाले नागरिकताको समस्या एक साताभित्र समाधान गरिने प्रतिवद्धता जनाएका छन् ।

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नागरिकताको समस्या एक साताभित्र समाधान गरिने प्रतिवद्धता जनाएका छन् ।

नागरिकतालगायतका विषयमा ध्यानाकर्षण गराउन बालुवाटार पुगेका जनता समाजवादी पार्टी जसपाका सांसदहरुसँग प्रधानमन्त्री देउवाले सो प्रतिवद्धता जनाएका हुन् ।

जसपाका केन्द्रीय सदस्य एवं सांसद प्रदीप यादवले देशमा देखिएको नागरिकताको समस्याबारे ध्यानाकर्षण गराउन जाँदा प्रधानमन्त्री देउवाले सो समस्या एक साताभित्र समाधान हुने प्रतिवद्धता जनाएको बताए ।

आफूले नागरिकताको विषयमा पटक पटक सडकदेखि सदनसम्म कुरा उठाउँदै आएको भन्दै उनले यसपटक भेट्न जाँदा प्रधानमन्त्री देउवाले जन्मसिद्ध नागरिकका सन्तानलाई नागरिकता दिने कुरा एक साताभित्र समाधान हुने प्रतिवद्धता जनाएको बताए ।

सयौँ नागरिकलाई अनागरिक बनाएर उनीहरुको रोकिएको उच्च शिक्षा, रोजगारी लगायतका अधिकारको प्रत्याभुति दिलाउन प्रधानमन्त्री देउवालाई आग्रह गरेको उनले बताए ।

यसअघि यही नागकिरतालगायतको विषयमा लोकतान्त्रिक समाजवादी पार्टी नेपालका नेताहरुले पनि प्रधानमन्त्री देउवालाई ११ बुँदे ज्ञापनपत्र बुझाएका थिए ।

Related Posts

बाढीपीडितको सेवामा लायन्स ३२५ पी एरिया १ टोली, खाद्यान्न र मेडिकल सामग्रीसहित नुवाकोटमा

नुवाकोट । ग्लेसियर लेक आउटबर्स्ट फ्लड (GLOF) बाट प्रभावित परिवारलाई राहत तथा सहयोग पुर्‍याउन Lions District 325P Area…

ByByanjana soni ६ दिन अगाडि

स्मार्टेन, ह्युल्सा ग्रुपसहितको टोलीद्वारा रसुवा–नुवाकोटका बाढीपीडितलाई २ लाख बराबरको राहत सामग्री वितरण

काठमाडौं । अविरल वर्षासँगै आएको बाढी तथा पहिरोका कारण प्रभावित बनेका रसुवा र नुवाकोटका परिवारलाई लक्षित गर्दै राहत…

ByByanjana soni ७ दिन अगाडि

दुई दशकदेखि सञ्चार क्षेत्रमा योगदान दिँदै आएकी सीता पोखरेल ‘पब्लिक च्वाइस’ र ‘मिसेस कन्फिडेन्स’ विजेता

काठमाडौं । दुई दशकदेखि सञ्चार तथा मिडिया क्षेत्रमा निरन्तर योगदान दिँदै आएकी सीता पोखरेलले ‘Miss & Mrs. Universal…

ByByanjana soni १ हप्ता अगाडि

विपत्तिमा पीडितको सहारा बन्दै मनोज भारती, लाखौँको राहत सामग्री हस्तान्तरण

काठमाडौं । आफूसँग भएको स्रोतसाधनलाई विपत्तिमा परेका नागरिकको सहयोगमा लगाउने उद्योगी–व्यवसायीको संख्या कम छैन। तर संकटका बेला निरन्तर…

ByByanjana soni १ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *