Image

खोटाङका जिसस प्रमुख बबी चाम्लिङको पाँच वर्ष काम

काठमाडौं, ३० जेठ

जिल्ला समन्वय समिति खोटाङका प्रमुख बबी चाम्लिङले पाँच वर्षमा भए गरेका कामको फेहरिस्त सार्वजनिक गरेका छन् । २० साउन २०७४ मा सम्पन्न जिल्ला समन्वय समितिको निर्वाचनबाट प्रमुखमा निर्वाचित भएका चाम्लिङले पाँच वर्षको अवधिमा भएका कामको फेहरिस्त सार्वजनिक गरेका हुन् ।

जिल्ला समन्वय समितिको नयाँ नेतृत्व चयनका लागि तोकिएको निर्वाचनको अघिल्लो दिन चाम्लिङले पत्रकारसँग भेटघाट गरेका हुन् । जिल्लामा जनप्रतिनिधिको पोशाक र लोगो निर्धारणदेखि स्थानीय तह, प्रदेश र संघीय सरकार तथा संघसंस्थाबाट सञ्चालन भएका योजना, कार्यक्रमको अनुगमन, समन्वय र सहजीकरण गरेको प्रमुख चाम्लिङले बताए ।

समृद्ध खोटाङ निर्माण अभियानमा गुणस्तरीय निर्माणसहित जनसेवी प्रशासनका लागि प्रभावकारी अनुगमन र समन्वयको आधारमा कार्य सञ्चालन गर्नेगरी सबैमा मार्ग निर्देशन गरेको, कोभिड–१९ को महामारीका समयमा जिसस प्रमुखको संयोजकत्वमा कोभिड–१९ रोकथाम तथा नियन्त्रण जिल्ला समन्वय समिति गठन गर्दै महामारी रोकथाम तथा नियन्त्रण अभियान सञ्चालन गरिएको जानकारी दिइएको छ । कोभिड–१९ कै महामारीको बेला जिसस प्रमुख र उपप्रमुखको १५ दिनको र सदस्यको १० दिनको पारिश्रमिकबाट कुल  एक लाख पाँच हजार रकम प्रदेश १ सरकारको कोभिड–१९ रोकथाम तथा नियन्त्रण कोषमा जम्मा गरेको चाम्लिङले जानकारी दिए ।

जिल्ला समन्वय समितिको मौज्दात कोषमा रहेको तीन करोड २१ लाख रकममध्ये ५४ लाख जिल्ला समन्वय समिति र बाँकी रकम १० स्थानीय तहका लागि विनियोजन गरिएको छ । प्रदेश सरकार अन्तरगत रहेका कार्यालय सञ्चालन तथा व्यवस्थापन समिति प्रमुख रहेर काम गरेको, जिल्ला अस्पतालमा नयाँ स्वास्थ्य उपकरण थप तथा जनशक्ती व्यवस्थापनमा पहल गरेको चाम्लिङले बताए ।

‘जिल्ला अस्पतालमा मुटुको अप्रेसनपछि परिक्षण सेवा, थाइराइड परीक्षण, डिजिटल एक्स–रे, पोषण पुनर्स्थापना गृह स्थापनामा पहल गरियो,’ चाम्लिङले भने, ‘दन्त चिकित्सक सेवा, ब्लड बैंक स्थापना, जिल्ला अस्पतालको ५० शय्या क्षमताको भवन निर्माण सुरु गर्नमा पनि समन्वय समितिको भुमीका रह्यो । विभिन्न पालिकामा आयुर्वेद स्वास्थ्य उपचार सेवा सुरु गरियो ।’

जिसस प्रमुख बनेपछि चाम्लिङले ‘विचार सहितको विकास संमृद्ध खोटाङ हाम्रो निकास’ भन्ने नारा अघि सारेका थिए ।

Related Posts

इन्टरनेशनल फेसन विक २०२६ को ‘रनवे एम्बेसडर’मा रेनाटा कट्टेल

  काठमाडौं । इन्टरनेशनल फेसन विक २०२६ का लागि रेनाटा कट्टेललाई ‘रनवे एम्बेसडर’का रूपमा प्रस्तुत गरिएको छ। फेसन,…

ByByanjana soni २ दिन अगाडि

इन्डोर सुपर लिगको फाइनलअघि सेलिब्रिटी क्रिकेट उत्सवको शानदार जित

काठमाडौं । इन्डोर सुपर लिग (ISL) सिजन–२ को फाइनलअघि आयोजित मैत्रीपूर्ण सेलिब्रिटी क्रिकेट खेलमा सेलिब्रिटी क्रिकेट उत्सवले टिम…

ByByanjana soni १ हप्ता अगाडि

Face of Nepal 2026 मा नेपालकी शीर्ष फेसन डिजाइनर सुकनिता चौलागाईं सम्मानित

  काठमाडौं । नेपाली फेसन क्षेत्रमा लामो समयदेखि सक्रिय तथा चर्चित फेसन डिजाइनर सुकनिता चौलागाईं Face of Nepal…

ByByanjana soni २ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *