Image

विभिन्न स्थानमा सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

काठमाडौं, २६ जेठ

तेह्रथुम, कैलाली, पाँचथर, धादिङ र बाँकेमा भएको सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ ।

तेह्रथुमको म्याङलुङ नगरपालिका–१ डबलीमा प्रदेश नम्बर १–०२–००३ त ४९८ नम्बरको ट्रयाक्टर बुधबार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा चालक फेदाप गाउँपालिका–५ ईसिबु बस्ने २६ वर्षीय रबिन खापुङ रहेका छन् । उनको घट्नास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

कैलालीको घोडाघोडी नगरपालिका–२ पान्डेचोक साडेपानीमा सुदूरपश्चिम प्रदेश ०१–००८ प ६४०७ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा घोडाघोडी नगरपालिका–२ साडेपानी बस्ने ५५ वर्षीया तारा रावल रहेकी छन् । उनको बुधबार राति मृत्यु भएको हो ।

ठक्करबाट गम्भीर घाइते भएकी उनको घोडाघोडी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

पाँचथरको हिलिहाङ गाउँपालिका–७ सल्लेरीमा मे.१ ख २४९४ नम्बरको ट्याङ्कर  र को.५ प २३३० नम्बरको मोटरसाइकल बुधबार ठोक्किँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक सुनसरी रामधुनी नगरपालिका–७ बस्ने २६ वर्षीय प्रेम घिसिङ रहेका छन् ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको समर्पित अस्पताल हुँदै बिएण्डसि अस्पताल झापामा थप उपचारको क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएकी उनकै  श्रीमती २६ वर्षीया  कञ्चन मगरको सोही अस्पतालमा उपचार भइरहेको छ ।

धादिङको धुनिबेशी नगरपालिका–६ चालिसेमा ना.८ ख ५१७३ नम्बरको ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा गोरखा गण्डकी गाउँपालिका–५ दरबुङ बस्ने ४४ वर्षीया राम माया बिक रहेकी छन् ।

ठक्करबाट गम्भीर घाइते भएकी उनको ट्रमा सेन्टर काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको हो ।  ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बाँकेको जानकी गाउँपालिका–६ कोठारपुरस्थित सडकमा हाल नम्बर नखुलेको सवारी साधनको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा हाल पहिचान नखुलेकी करिब ३० वर्षीया महिला रहेकी छन्। उनको बिहीबार बिहान मृत्यु भएको हो ।

ठक्करबाट गम्भीर घाइते भएकी उनको भेरी अस्पताल नेपालगंजमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार सवारी साधनको प्रहरीले खोजी गरिरहेको छ ।

Related Posts

टिकटकमा हतियार प्रदर्शन गर्दै ‘रौतहटको किङ’ बन्न खोज्ने युवक पक्राउ

रौतहट, ३० असोज । सामाजिक सञ्जाल टिकटकमा धारिलो हतियार प्रदर्शन गर्दै आफूलाई ‘किङ अफ रौतहट’ का रूपमा प्रस्तुत…

ByByanjana soni १ हप्ता अगाडि

एमाले केन्द्रीय कार्यालयकाे सुरक्षा भूतपूर्व सैनिक र प्रहरीले दिने

काठमाडौं, ३० असोज । एमालेले आफ्नो केन्द्रीय कार्यालयको सुरक्षा व्यवस्था कडा बनाएको छ । सरकारले उपलब्ध गराउँदै आएको सुरक्षा…

ByByanjana soni १ हप्ता अगाडि

माननीय उद्योगमन्त्री ई. दीपक कुमार साह र चिनियाँ राजदूतबीच शिष्टाचार भेटघाट

काठमाडौं, असोज २८। माननीय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री ई. दीपक कुमार साह र नेपालका चीनका राजदूत महामहिम…

ByByanjana soni १ हप्ता अगाडि

शाहरूखको जन्मदिनमा ‘किङ’को ट्रिजर आउने, करिना पनि देखिने

शाहरुख खानको जन्मदिनमा ‘किङ’ को एक्सनप्याक्ड टिजर सार्वजनिक हुने मुम्बई, २७ असोज। सिद्धार्थ आनन्दद्वारा निर्देशित चलचित्र ‘किङ’ सन्…

ByByanjana soni १ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *