• Home
  • ताजा समाचार
  • कानुन मन्त्रालयले जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्रलाई सामग्री हस्तान्तरण
Image

कानुन मन्त्रालयले जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्रलाई सामग्री हस्तान्तरण

काठमाडौं, २५ जेठ

बागमती प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जिल्ला आपतकालीन सञ्चालन केन्द्रलाई सामग्री हस्तान्तरण गरेको छ। मंगलबार जिल्ला प्रशासन कार्यालय रसुवामा भएको विपद् व्यवस्थापनसम्बन्धी कार्यक्रममा केन्द्रलाई आवश्यक पर्ने सामग्री हस्तान्तरण गरिएको हो।

केन्द्रको सुदृढीकरणक लागि सामग्री खरिद गरेर हस्तान्तरण गरिएको मन्त्रालयले जनाएको छ। केन्द्रलाई ४१ इन्चको स्मार्ट टेलिभजन, डेस्कटप कम्प्युटर, प्रिन्टर, प्रोजेक्टर, पावर ब्याकप सिष्टम र भिस्याट फोन सेट हस्तान्तरण गरिएको हो।

मन्त्रालयले रसुवाका निमित्त प्रमुख जिल्ला अधिकारी दुर्गा थापा केसीलाई सामग्री हस्तान्तरण गरेको हो। कार्यक्रममा बागमती प्रदेशमा विपदको अवस्था, हालसम्म भएका कार्य, आगामी दिनका योजनालगायतका बारेमा छलफल भएको थियो।

साथै जिल्लाका सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिले जिल्लाको विपदको अवस्था, सुरक्षा निकायले गरेका कार्यलगायतका बारेमा जानकारी गराएका थिए।

Related Posts

टिकटकमा हतियार प्रदर्शन गर्दै ‘रौतहटको किङ’ बन्न खोज्ने युवक पक्राउ

रौतहट, ३० असोज । सामाजिक सञ्जाल टिकटकमा धारिलो हतियार प्रदर्शन गर्दै आफूलाई ‘किङ अफ रौतहट’ का रूपमा प्रस्तुत…

ByByanjana soni ३ दिन अगाडि

एमाले केन्द्रीय कार्यालयकाे सुरक्षा भूतपूर्व सैनिक र प्रहरीले दिने

काठमाडौं, ३० असोज । एमालेले आफ्नो केन्द्रीय कार्यालयको सुरक्षा व्यवस्था कडा बनाएको छ । सरकारले उपलब्ध गराउँदै आएको सुरक्षा…

ByByanjana soni ३ दिन अगाडि

माननीय उद्योगमन्त्री ई. दीपक कुमार साह र चिनियाँ राजदूतबीच शिष्टाचार भेटघाट

काठमाडौं, असोज २८। माननीय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री ई. दीपक कुमार साह र नेपालका चीनका राजदूत महामहिम…

ByByanjana soni ४ दिन अगाडि

शाहरूखको जन्मदिनमा ‘किङ’को ट्रिजर आउने, करिना पनि देखिने

शाहरुख खानको जन्मदिनमा ‘किङ’ को एक्सनप्याक्ड टिजर सार्वजनिक हुने मुम्बई, २७ असोज। सिद्धार्थ आनन्दद्वारा निर्देशित चलचित्र ‘किङ’ सन्…

ByByanjana soni ५ दिन अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *