• Home
  • ताजा समाचार
  • कानुन मन्त्रालयले जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्रलाई सामग्री हस्तान्तरण
Image

कानुन मन्त्रालयले जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्रलाई सामग्री हस्तान्तरण

काठमाडौं, २५ जेठ

बागमती प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जिल्ला आपतकालीन सञ्चालन केन्द्रलाई सामग्री हस्तान्तरण गरेको छ। मंगलबार जिल्ला प्रशासन कार्यालय रसुवामा भएको विपद् व्यवस्थापनसम्बन्धी कार्यक्रममा केन्द्रलाई आवश्यक पर्ने सामग्री हस्तान्तरण गरिएको हो।

केन्द्रको सुदृढीकरणक लागि सामग्री खरिद गरेर हस्तान्तरण गरिएको मन्त्रालयले जनाएको छ। केन्द्रलाई ४१ इन्चको स्मार्ट टेलिभजन, डेस्कटप कम्प्युटर, प्रिन्टर, प्रोजेक्टर, पावर ब्याकप सिष्टम र भिस्याट फोन सेट हस्तान्तरण गरिएको हो।

मन्त्रालयले रसुवाका निमित्त प्रमुख जिल्ला अधिकारी दुर्गा थापा केसीलाई सामग्री हस्तान्तरण गरेको हो। कार्यक्रममा बागमती प्रदेशमा विपदको अवस्था, हालसम्म भएका कार्य, आगामी दिनका योजनालगायतका बारेमा छलफल भएको थियो।

साथै जिल्लाका सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिले जिल्लाको विपदको अवस्था, सुरक्षा निकायले गरेका कार्यलगायतका बारेमा जानकारी गराएका थिए।

Related Posts

फेसन डिजाइनर सुक्निता चौलागाईं ‘एभरेस्ट एक्सिलेन्स अवार्ड–२०२६’ बाट सम्मानित

  काठमाडौं । फेसन डिजाइनर सुक्निता चौलागाईं ‘एभरेस्ट एक्सिलेन्स अवार्ड–२०२६’ बाट सम्मानित भएकी छन्। एभरेस्ट इभेन्टले शनिबार काठमाडौंमा…

ByByanjana soni २ दिन अगाडि

सुनको मुल्य बढदाँ चाँदीको भने घटयो

काठमाडौं, ७ भदौं ।आज पनि नेपाली बजारमा आज सुनको मूल्य बढेको छ।   नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार…

ByByanjana soni ३ दिन अगाडि

Bridal Couture Runway 2026 : नेपाली फेसनमा संस्कृति, आध्यात्मिकता र Couture को भव्य संगम

काठमाडौं — नेपाली फेसन जगतमा नयाँ इतिहास रच्ने लक्ष्यसहित ‘Bridal Couture Runway 2026 – Edition 3’ आयोजना हुने…

ByByanjana soni ५ दिन अगाडि

पर्साको स्वास्थ्य क्षेत्रमा भरोसाको नाम बन्दै डा. निरज सिंह

वीरगञ्ज । पर्साको स्वास्थ्य क्षेत्रमा सक्रिय, अनुभवी र बिरामीको विश्वास जित्न सफल चिकित्सकका रूपमा डा. निरज सिंहको नाम…

ByByanjana soni ७ दिन अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *