• Home
  • अर्थ
  • मुगुमा यार्सा संकलनबाट २५ लाख राजस्व संकलन
Image

मुगुमा यार्सा संकलनबाट २५ लाख राजस्व संकलन

काठमाडौँ , २३ जेठ

मुगुमा कार्मारोङ गाउँपालिकामा यार्सागुम्बा संकलनबाट २५ लाख राजस्व संकलन भएको छ । अझै उठाउने क्रम जारी रहेको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले पाटन क्षेत्रमा यार्सा टिप्न जाने जिल्लाभित्रका प्रतिव्यक्तिबाट दुई हजार र जिल्लाबाहिरबाट भित्रिएका प्रतिव्यक्ति दुई हजार पाँच सय रुपैयाँका दरले राजस्व उठाउने गरेको छ ।

अझै बढी राजस्व उठाउन गाउँपालिकाको टोली पाटन क्षेत्रमै पुगेर यार्सा टिप्ने व्यक्तिबाट राजस्व असुलउपर गरिरहेको गाउँपालिकाका लेखा अधिकृत जनराज शाहीले बताए । अवैध बाटो प्रयोग गरेर यार्सा संकलक पाटन क्षेत्रमा पहिले नै प्रवेश गरिसकेकाले यसपटक कम राजस्व असुली हुने अनुमान गरिएको उनको भनाइ छ ।

‘विगत वर्षहरूमा कम्तीमा पाँचदेखि ६ हजार यार्सा संकलकबाट राजस्व असुली हुने गर्थ्यो भने यसपटक स्थानीय निर्वाचनले गर्दा कम मानिस यार्सा टिप्न गएको हुँदा राजस्व पनि कमि उठ्ने अनुमान गरेका छाैं,’ उनले भने ।

मुगुम कार्मारोङ गाउँपालिका-२ मा पर्ने विभिन्न पाटन रिमार, ठूलो कोइकी, सानो कोइकी, छापाखोला, चार्कुलगायत वनमा सुरक्षाकर्मीसहित राजस्व संकलन टोली खटाइएको छ ।

कोरोना महामारीका कारण विगत तीन वर्षदेखि मुगुम कार्मारोङ गाउँपालिकाले यार्साको राजस्व उठाउन पाएको थिएन । गाउँपालिकाको पाटन क्षेत्रमा यार्सागुम्बा संकलनका लागि १५ जेठदेखि प्रवेश खुला गरिएको  थियो ।

Related Posts

बाढीपीडितको सेवामा लायन्स ३२५ पी एरिया १ टोली, खाद्यान्न र मेडिकल सामग्रीसहित नुवाकोटमा

नुवाकोट । ग्लेसियर लेक आउटबर्स्ट फ्लड (GLOF) बाट प्रभावित परिवारलाई राहत तथा सहयोग पुर्‍याउन Lions District 325P Area…

ByByanjana soni २३ घण्टा अगाडि

स्मार्टेन, ह्युल्सा ग्रुपसहितको टोलीद्वारा रसुवा–नुवाकोटका बाढीपीडितलाई २ लाख बराबरको राहत सामग्री वितरण

काठमाडौं । अविरल वर्षासँगै आएको बाढी तथा पहिरोका कारण प्रभावित बनेका रसुवा र नुवाकोटका परिवारलाई लक्षित गर्दै राहत…

ByByanjana soni १ दिन अगाडि

दुई दशकदेखि सञ्चार क्षेत्रमा योगदान दिँदै आएकी सीता पोखरेल ‘पब्लिक च्वाइस’ र ‘मिसेस कन्फिडेन्स’ विजेता

काठमाडौं । दुई दशकदेखि सञ्चार तथा मिडिया क्षेत्रमा निरन्तर योगदान दिँदै आएकी सीता पोखरेलले ‘Miss & Mrs. Universal…

ByByanjana soni ३ दिन अगाडि

विपत्तिमा पीडितको सहारा बन्दै मनोज भारती, लाखौँको राहत सामग्री हस्तान्तरण

काठमाडौं । आफूसँग भएको स्रोतसाधनलाई विपत्तिमा परेका नागरिकको सहयोगमा लगाउने उद्योगी–व्यवसायीको संख्या कम छैन। तर संकटका बेला निरन्तर…

ByByanjana soni ३ दिन अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *