Image

बारामा गठबन्धनलाई हराउदै नेकपा एमाले अगाडि

काठमाडौँ , ९ वैशाख

बारामा हालसम्मकाे मतपरिणामअनुसार नेकपा एमाले ठूलो दलको रुपमा अगाडि छ । अघिल्लो स्थानीय तह निर्वाचनमा दुई पालिकाको प्रमुख, उपप्रमुख र एक स्थानमा उपप्रमुख जितेको एमालेले यसपटक चार पालिकामा प्रमुख, उपप्रमुख र एक पालिकामा उपप्रमुख जितेको छ ।

एमालेले कलैया उपमहानगरमा प्रमुख र उपप्रमुख, जीतपुरसिमरामा उपप्रमुख, निजगढमा प्रमुख र उपप्रमुख, परवानीपुर र प्रसौनीमा अध्यक्ष र उपाध्यक्ष दुवै पदमा जित हात पारेको छ । अघिल्लो पटक प्रमुख समेत जितेको जीतपुरसिमरामा भने अहिले गठबन्धनबाट नेकपा माओवादी केन्द्रले जितेको छ ।

यसअघि प्रमुखसहित जित हात पारेको स्थानमा अहिले फरक नतिजा प्राप्त गरेको एमालेले अन्य पालिकामा भने आफूलाई उभ्याउन सफल भएको छ । एमालेसँग अहिले नाै जना पालिका प्रमुख र उपप्रमुख छन् ।

एमालेले चार स्थान जित्दा सोही अनुसारको जित हात पारेको कांग्रेसले उपमहानगरपालिका भने गुमाएको छ । अघिल्लो पटक एक उपमहानगरपालिका, तीन नगरपालिकासहित ६ स्थानमा जित हात पारेको कांग्रेसले अहिले चार स्थानमा सिमित छ ।

कांग्रेसले गठबन्धन गरेको जीतपुरसिमरा, कलैया र निजगढ तीन वटामै सफलता हात पार्न सकेन् । माओवादीसँग गठबन्धन गरेको कांग्रेसले कलैयामा प्रमुख, निजगढमा प्रमुख र जीतपुरसिमरामा उपप्रमुख पदमा पराजय व्यहोरेको हो ।

अघिल्लो निर्वाचनमा कांग्रेसले कलैयासहित निजगढ, स्रिमौनगढ, महागढीमाई, बारागढी, करैयामाइमा जितेको थियो । तर, यसपटक कांग्रेसले महागढीमाई नगरपालिका, कोल्हबी नगरपालिका र सुवर्ण गाँउपालिका र आदर्श कोतवाल गाँउपालिकामा जितेको छ । कांग्रेससँग आठ जना पालिका प्रमुख उपप्रमुख छन् ।

अघिल्लो पटक चार स्थानीय तहमा जित हात पारेको तत्कालिन संघीय समाजवादी फोरम हाल जनता समाजवादी पार्टीले जिल्लामा हालसम्म तीन पालिका जितेको छ । जसपाले देवताल, करैयामाई र बारागढीमा जित हात पारेको हो । तत्कालिन संसफोले अघिल्लो पटक पचरौता, आदर्श कोतवाल, फेटा र सुवर्णमा जित हात पारेको थियो । जसपासँग अहिले ६ जना पालिका प्रमुख र उपप्रमुख छन् ।

यसैगरी, अघिल्लो पटक तीन गाँउपालिका जितेको तत्कालिन राष्ट्रिय जनता पार्टी हाल लोकतान्त्रिक समाजवादी पार्टीले दुई स्थानमा जित हात पारेको छ । लोसपाले सिम्रौनगढ नगरपालिका र बिश्रामपुर गाँउपालिकामा जित हात पारेको हो । तत्कालिन राजपाले जित हात पारेको देवताल, प्रसौनी र परवानीपुर लोसपाले गुमाएको छ । लोसपासँग हाल चार जना पालिका प्रमुख र उपप्रमुख छन् ।

बाराको एउटा पालिकामा विवेकशील साझा पार्टीले जित हात पारेको छ । विवेकशीलबाट रुस्तम अन्सारी अध्यक्ष र निलम साह उपाध्यक्षमा निर्वाचित भएका हुन् । अन्सारी नेपाली कांग्रेसबाट टिकट नपाएपछि विवेकशीलबाट चुनाव लडेका थिए । अघिल्लो निर्वाचनमा नेपाली कांग्रेसबाट लडेका अन्सारी संघीय समाजवादी फोरमका अमिरिलाल प्रसादसँग पराजित भएका थिए ।

कलैया उपमहानगरपालिका
प्रमुखः विनोद साह (एमाले)
उपप्रमुखः रौशन परविन (एमाले)

जीतपुरसिमरा उपमहानगरपालिका
प्रमुखः राजन पौडेल (गठबन्धन–माओवादी केन्द्र)
उपप्रमुखः भोला प्रसाद अधिकारी (एमाले)

निजगढ नगरपालिका
प्रमुखः सुरथ पुरी (एमाले)
उपप्रमुखः सोममाया थिङ (एमाले)

प्रसौनी गाँउपालिका
अध्यक्षः विनोदप्रसाद जैसवाल (एमाले)
उपाध्यक्षः किरण देवी (एमाले)

परवानीपुर गाँउपालिका
अध्यक्षः रामक्षत्री प्रसाद कुर्मि (एमाले)
उपाध्यक्षः सुगान्धी देवी कनुइन (एमाले)

कोल्हबी नगरपालिका
प्रमुखः रामप्रसाद चौधरी (कांग्रेस)
उपप्रमुखः लक्ष्मी कुमारी चौधरी (कांग्रेस)

महागढीमाई नगरपालिका
प्रमुखः उपेन्द्रप्रसाद यादव (कांग्रेस)
उपप्रमुखः तारादेवी कानु (कांग्रेस)

सुवर्ण गाँउपालिका
अध्यक्षः राजेशप्रसाद यादव (कांग्रेस)
उपाध्यक्षः पुनम कुमारी (कांग्रेस)

आदर्श कोतवाल गाँउपालिका
अध्यक्षः जवाहर प्रसाद (कांग्रेस)
उपाध्यक्षः मिरा देवी (कांग्रेस)

करैयामाई गाँउपालिका
अध्यक्षः शम्भुप्रसाद यादव (जसपा)
उपाध्यक्षः सुनैनाकुमारी चौधरी (जसपा)

बारागढी गाँउपालिका
अध्यक्षः अशोककुमार जयसवाल (जसपा)
उपाध्यक्षः लक्ष्मी देवी राय (जसपा)

देवताल गाँउपालिका
अध्यक्षः उदयप्रसाद यादव (जसपा)
उपाध्यक्षः सितापती देवी यादव (जसपा)

सिम्रौनगढ नगरपालिका
प्रमुखः किशोरीप्रसाद कलवार (लोसपा)
उपप्रमुखः नजमु शेहर (लोसपा)

बिश्रामपुर गाँउपालिका
अध्यक्षः जुल्फिकार अलि भुटो (लोसपा)
उपाध्यक्षः प्रियंका देवी (लोसपा)

फेटा गाँउपालिका
अध्यक्षः रुस्तम अंसारी (विवेकशील)
उपाध्यक्षः निलम साह (विवेकशील)

Related Posts

फेसन डिजाइनर सुक्निता चौलागाईं ‘एभरेस्ट एक्सिलेन्स अवार्ड–२०२६’ बाट सम्मानित

  काठमाडौं । फेसन डिजाइनर सुक्निता चौलागाईं ‘एभरेस्ट एक्सिलेन्स अवार्ड–२०२६’ बाट सम्मानित भएकी छन्। एभरेस्ट इभेन्टले शनिबार काठमाडौंमा…

ByByanjana soni १ दिन अगाडि

सुनको मुल्य बढदाँ चाँदीको भने घटयो

काठमाडौं, ७ भदौं ।आज पनि नेपाली बजारमा आज सुनको मूल्य बढेको छ।   नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार…

ByByanjana soni ३ दिन अगाडि

Bridal Couture Runway 2026 : नेपाली फेसनमा संस्कृति, आध्यात्मिकता र Couture को भव्य संगम

काठमाडौं — नेपाली फेसन जगतमा नयाँ इतिहास रच्ने लक्ष्यसहित ‘Bridal Couture Runway 2026 – Edition 3’ आयोजना हुने…

ByByanjana soni ४ दिन अगाडि

पर्साको स्वास्थ्य क्षेत्रमा भरोसाको नाम बन्दै डा. निरज सिंह

वीरगञ्ज । पर्साको स्वास्थ्य क्षेत्रमा सक्रिय, अनुभवी र बिरामीको विश्वास जित्न सफल चिकित्सकका रूपमा डा. निरज सिंहको नाम…

ByByanjana soni ६ दिन अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *