• Home
  • ताजा समाचार
  • मायादेवी मन्दिरमा देउवा र मोदीले एकसाथ गरे प्रार्थना
Image

मायादेवी मन्दिरमा देउवा र मोदीले एकसाथ गरे प्रार्थना

काठमाडौं, २ जेठ

प्रधानमन्त्री शेरबहादुर देउवा र उनका भारतीय समकक्षी नरेन्द्र मोदीले आज लुम्बिनीस्थित मायादेवी मन्दिरमा प्रार्थना गरेका छन् ।

एक दिने नेपाल भ्रमणको सिलसिलामा भारतीय प्रधानमन्त्री मोदी आज विहान १०ः४५ बजे लुम्बिनी आइपुगेका थिए ।

भारतीय वायु सेनाको हेलिकप्टरमा मोदी लुम्बिनी आएका हुन् । उनलाई लुम्बिनीमा प्रधानमन्त्री देउवाले स्वागत गरेका थिए । त्यसपछि दुवै देशका प्रधानमन्त्री प्रार्थनाको लागि मायादेवी मन्दिर गएका थिए ।

‘बुद्ध पूर्णिमाको पावन अवसरमा दुवै प्रधानमन्त्रीले गौतम बुद्धको जन्मस्थल लुम्बिनीस्थित मायादेवी मन्दिरमा प्रार्थन गरेका छन्,’ परराष्ट्र मन्त्रालयले सामाजिक सञ्जाल ट्वीटर मार्फत जानकारी दिएको छ ।

भारतीय प्रधानमन्त्री मोदी बुद्ध जयन्तीका अवसरमा लुम्बिनीमा आयोजना गरिने विभिन्न कार्यक्रममा सहभागी हुन आएका हुन् । उनले आज ६ घण्टा लुम्बिनीमा बिताई स्वदेश फर्कने परराष्ट्रले जनाएको छ।

Related Posts

सगुन धाख्वा नेपालका लागि International Youth Exchange Camp Chairperson को भूमिकामा

८ देशका १४ युवा सहभागी अन्तर्राष्ट्रिय युवा आदान–प्रदान क्याम्प सुरु काठमाडौं । लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ पी नेपालको…

ByByanjana soni १३ घण्टा अगाडि

राष्ट्रिय–अन्तर्राष्ट्रिय अतिथिको सहभागिता : International Youth Exchange Camp Nepal 2026 मा लायन्स ३२५ पीको ऐतिहासिक सुरुवात

  काठमाडौं, २६ भदौ २०८३— लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ पी नेपालको आयोजनामा **‘International Youth Exchange Camp Nepal 2026’**…

ByByanjana soni १ दिन अगाडि

इन्टरनेशनल फेसन विक २०२६ को ‘रनवे एम्बेसडर’मा रेनाटा कट्टेल

  काठमाडौं । इन्टरनेशनल फेसन विक २०२६ का लागि रेनाटा कट्टेललाई ‘रनवे एम्बेसडर’का रूपमा प्रस्तुत गरिएको छ। फेसन,…

ByByanjana soni ६ दिन अगाडि

इन्डोर सुपर लिगको फाइनलअघि सेलिब्रिटी क्रिकेट उत्सवको शानदार जित

काठमाडौं । इन्डोर सुपर लिग (ISL) सिजन–२ को फाइनलअघि आयोजित मैत्रीपूर्ण सेलिब्रिटी क्रिकेट खेलमा सेलिब्रिटी क्रिकेट उत्सवले टिम…

ByByanjana soni २ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *