Image

प्रत्येक प्रदेशमा १० जना गोताखोर परिचालन गरिने

काठमाडौं, २६ बैशाख

सशस्त्र प्रहरी बल, नेपालको विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारमा पाँच साता लामो गोताखोर तालिम सुरु भएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरण र सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय वीचको सहकार्यमा तालिम सञ्चालन गरिएको हो ।

गोताखोर तालिममा २० जना सशस्त्र प्रहरीका जवानहरु प्रशिक्षार्थीको रुपमा सहभागी रहेका छन् ।

तालिम अवधीभर प्रशिक्षार्थीहरुलाई कोशी नदि, फेवाताल, कुलेखानी लगायतका फरक फरक भौगोलिक स्थान तथा वातावरणमा प्रशिक्षण दिईने प्राधिकरणले जनाएको छ ।

गोताखोर तालिम विपद् व्यवस्थापनको क्षेत्रमा एक महत्वपुर्ण कोशेढुङ्गा सावित हुने बताइएको छ ।

तालिमको उद्घाटन कार्यक्रममा सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारका कामु सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक अन्जनी कुमार पोखरेलले तालिम प्राप्त सशस्त्र प्रहरी कर्मचारीले विभिन्न विपद् उद्धार कार्यमा खटीई ८०२ जनाको जिवित उद्धार र ३०५ जना जना मृतकको शव रिकभर गरेको जानकारी दिए ।

विपद् प्रतिकार्यमा तत्कालको लागि सशस्त्र प्रहरी बल, नेपालले कम्तिमा १० जना गोताखोर सहितको टोली प्रत्येक प्रदेशमा परिचालन गर्ने योजना रहेको समेत उनले जनाए ।

उद्घाटन कार्यक्रममा तालिमका प्रमुख प्रशिक्षक सशस्त्र प्रहरी नायव उपरीक्षक विरेन्द्र खनालले तालिम सम्वन्धि प्रतिवेदन प्रस्तुत गरेका थिए ।

२०६९ वैशाख ३१ गतेदेखि असार १४ गतेसम्म युनडीपी नेपालको सहयोगमा बंगलादेशमा सञ्चालन भएको गोताखोर तालिममा पहिलो पटक २५ जना सशस्त्र प्रहरी कर्मचारीहरुले तालिम लिएका थिए ।

त्यसपछि उनीहरु देशका विभिन्न स्थानमा हुने विपद् उद्धारका घटनाहरुमा परिचालित भई उद्धार कार्य गर्दै आएका छन् ।

नेपालमा पहिलो पटक २०७६ असोज ९ गतेदेखि कात्तिक २६ गतेसम्म गोताखोर तालिम संचालन गरिएको थियो । उक्त तालिममा १९ जना  सशस्त्र प्रहरी कर्मचारीहरु प्रशिक्षित भएका थिए ।

तत्पश्चात देशका ६ स्थानमा ३७ जना गोताखोर (सशस्त्र प्रहरी कर्मचारी) परिचालित भई गहिरो ताल, तलैया, पोखरी तथा नदिहरुमा डुवी वेपत्ता तथा घाईते भएका व्यक्तिहरुको खोजतलास लगायतका उद्धार कार्यमा संलग्न हुँदै आईरहेका छन् ।

Related Posts

टिकटकमा हतियार प्रदर्शन गर्दै ‘रौतहटको किङ’ बन्न खोज्ने युवक पक्राउ

रौतहट, ३० असोज । सामाजिक सञ्जाल टिकटकमा धारिलो हतियार प्रदर्शन गर्दै आफूलाई ‘किङ अफ रौतहट’ का रूपमा प्रस्तुत…

ByByanjana soni ६ दिन अगाडि

एमाले केन्द्रीय कार्यालयकाे सुरक्षा भूतपूर्व सैनिक र प्रहरीले दिने

काठमाडौं, ३० असोज । एमालेले आफ्नो केन्द्रीय कार्यालयको सुरक्षा व्यवस्था कडा बनाएको छ । सरकारले उपलब्ध गराउँदै आएको सुरक्षा…

ByByanjana soni ६ दिन अगाडि

माननीय उद्योगमन्त्री ई. दीपक कुमार साह र चिनियाँ राजदूतबीच शिष्टाचार भेटघाट

काठमाडौं, असोज २८। माननीय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री ई. दीपक कुमार साह र नेपालका चीनका राजदूत महामहिम…

ByByanjana soni ७ दिन अगाडि

शाहरूखको जन्मदिनमा ‘किङ’को ट्रिजर आउने, करिना पनि देखिने

शाहरुख खानको जन्मदिनमा ‘किङ’ को एक्सनप्याक्ड टिजर सार्वजनिक हुने मुम्बई, २७ असोज। सिद्धार्थ आनन्दद्वारा निर्देशित चलचित्र ‘किङ’ सन्…

ByByanjana soni १ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *