Image

प्रत्येक प्रदेशमा १० जना गोताखोर परिचालन गरिने

काठमाडौं, २६ बैशाख

सशस्त्र प्रहरी बल, नेपालको विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारमा पाँच साता लामो गोताखोर तालिम सुरु भएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरण र सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय वीचको सहकार्यमा तालिम सञ्चालन गरिएको हो ।

गोताखोर तालिममा २० जना सशस्त्र प्रहरीका जवानहरु प्रशिक्षार्थीको रुपमा सहभागी रहेका छन् ।

तालिम अवधीभर प्रशिक्षार्थीहरुलाई कोशी नदि, फेवाताल, कुलेखानी लगायतका फरक फरक भौगोलिक स्थान तथा वातावरणमा प्रशिक्षण दिईने प्राधिकरणले जनाएको छ ।

गोताखोर तालिम विपद् व्यवस्थापनको क्षेत्रमा एक महत्वपुर्ण कोशेढुङ्गा सावित हुने बताइएको छ ।

तालिमको उद्घाटन कार्यक्रममा सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारका कामु सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक अन्जनी कुमार पोखरेलले तालिम प्राप्त सशस्त्र प्रहरी कर्मचारीले विभिन्न विपद् उद्धार कार्यमा खटीई ८०२ जनाको जिवित उद्धार र ३०५ जना जना मृतकको शव रिकभर गरेको जानकारी दिए ।

विपद् प्रतिकार्यमा तत्कालको लागि सशस्त्र प्रहरी बल, नेपालले कम्तिमा १० जना गोताखोर सहितको टोली प्रत्येक प्रदेशमा परिचालन गर्ने योजना रहेको समेत उनले जनाए ।

उद्घाटन कार्यक्रममा तालिमका प्रमुख प्रशिक्षक सशस्त्र प्रहरी नायव उपरीक्षक विरेन्द्र खनालले तालिम सम्वन्धि प्रतिवेदन प्रस्तुत गरेका थिए ।

२०६९ वैशाख ३१ गतेदेखि असार १४ गतेसम्म युनडीपी नेपालको सहयोगमा बंगलादेशमा सञ्चालन भएको गोताखोर तालिममा पहिलो पटक २५ जना सशस्त्र प्रहरी कर्मचारीहरुले तालिम लिएका थिए ।

त्यसपछि उनीहरु देशका विभिन्न स्थानमा हुने विपद् उद्धारका घटनाहरुमा परिचालित भई उद्धार कार्य गर्दै आएका छन् ।

नेपालमा पहिलो पटक २०७६ असोज ९ गतेदेखि कात्तिक २६ गतेसम्म गोताखोर तालिम संचालन गरिएको थियो । उक्त तालिममा १९ जना  सशस्त्र प्रहरी कर्मचारीहरु प्रशिक्षित भएका थिए ।

तत्पश्चात देशका ६ स्थानमा ३७ जना गोताखोर (सशस्त्र प्रहरी कर्मचारी) परिचालित भई गहिरो ताल, तलैया, पोखरी तथा नदिहरुमा डुवी वेपत्ता तथा घाईते भएका व्यक्तिहरुको खोजतलास लगायतका उद्धार कार्यमा संलग्न हुँदै आईरहेका छन् ।

Related Posts

बाढीपीडितका लागि हिमालयन बुलियनको १ करोड १ लाख सहयोग, आईपीओमार्फत आम नेपालीलाई जोड्ने तयारी

काठमाडौं । नेपालको निजी क्षेत्रमा तीव्र गतिमा आफ्नो पहिचान बनाउँदै गएको हिमालयन बुलियन कम्पनी लिमिटेडले प्राकृतिक विपत्तिबाट प्रभावित…

ByByanjana soni ९ घण्टा अगाडि

बाढीपीडितको खोज, उद्धार र राहतका लागि नासा सेक्युरिटिजको ५० लाख सहयोग

  काठमाडौं । देशका विभिन्न क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको खोज, उद्धार तथा तत्काल राहत कार्यमा सहयोग…

ByByanjana soni १ दिन अगाडि

रसुवा बाढीमा मृत्यु हुनेको संख्या १६५ पुग्योः बिपद प्राधिकरण

काठमाडौं, ११ भदौं । नेपाल र तिब्बतमा आएको आकस्मिक बाढी र पहिरोपछि ठूलो स्तरको आपतकालीन उद्धार कार्य जारी…

ByByanjana soni २ दिन अगाडि

फेसन डिजाइनर सुक्निता चौलागाईं ‘एभरेस्ट एक्सिलेन्स अवार्ड–२०२६’ बाट सम्मानित

  काठमाडौं । फेसन डिजाइनर सुक्निता चौलागाईं ‘एभरेस्ट एक्सिलेन्स अवार्ड–२०२६’ बाट सम्मानित भएकी छन्। एभरेस्ट इभेन्टले शनिबार काठमाडौंमा…

ByByanjana soni ५ दिन अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *