Image

१७ वर्षीया किशोरी बलात्कृत

काठमाडौं, २५ वैशाख

इलाममा १७ वर्षीया किशोरी बलात्कृत भएकी छन् । उनलाई बलात्कार गरेको आरोपमा बा.५ ख ५९८२ नम्बरको गाडीका सहचालक नुवाकोट वेलकोटगढी नगरपालिका–१३ बस्ने १८ वर्षीय किशोरलाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।

उक्त गाडीमा काठमाडौंबाट ईलाम आएकी ती किशोरीलाई वैशाख २० गते राति इलाम नगरपालिका–७ मा पुग्दा गाडीका अन्य यात्रु झरेपछि किशोरले बलात्कार गरेको प्रहरीले जनाएको छ ।

बलात्कार गरेपछि किशोर फरार रहेका थिए । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

घटनालाई लिएर पीडित किशोरीको बुवाले कुटपिट गर्दा गम्भीर घाइते भएका सोही गाडीका चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा नुवाकोट तारेकेश्वर गाउँपालिका–२ वगुवा बस्ने ३४ वर्षीय दिपक ढुंगाना रहेका छन् । उनको बिएण्डसी अस्पताल विर्तामोडमा उपचारको क्रममा शनिबार बिहान मृत्यु भएको हो ।

कुटपिट गर्ने व्यक्तिलाई समेत नियन्त्रणमा लिएर घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Related Posts

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

ललितपुर – ललितपुरस्थित किस्ट शिक्षण अस्पताल अन्तर्गतको किस्ट ट्रान्सप्लान्ट सेन्टर ले निजी क्षेत्रको आफ्नो १७औँ सफल कलेजो प्रत्यारोपण…

ByByBirgunj १ दिन अगाडि

नेशनल प्याब्सन पर्साले गर्‍यो एसईईका उत्कृष्ट ५६ विद्यार्थीलाई सम्मान

वीरगंज । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) नगर कार्य समिति पर्साले माध्यमिक शिक्षा परीक्षा…

ByByBirgunj ७ दिन अगाडि

साउथजोन माध्यमिक विद्यालयमा विद्यार्थी नेतृत्वको शपथ ग्रहण तथा पुरस्कार वितरण सम्पन्न

वीरगंज — वीरगंज महानगरपालिका–१३ स्थित साउथजोन माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०८३ का लागि चयन भएका नयाँ विद्यार्थी नेतृत्वको…

ByByBirgunj ४ हप्ता अगाडि

सगरमाथा स्कुल मुर्ली–१२, वीरगंजमा ब्याच वितरण कार्यक्रम भव्य रूपमा सम्पन्न

वीरगंज — विद्यार्थीहरूमा नेतृत्व क्षमता, जिम्मेवारीबोध, अनुशासन तथा सेवाभावको विकास गर्ने उद्देश्यले वीरगंज महानगरपालिका–१२ मुर्लीस्थित सगरमाथा स्कुलमा ‘ब्याच…

ByByBirgunj ४ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *