• Home
  • समाचार
  • अर्घाखाँचीमा ३८ जना स्वतन्त्र उम्मेदवारहरूले प्रतिस्पर्धा गर्दै
Image

अर्घाखाँचीमा ३८ जना स्वतन्त्र उम्मेदवारहरूले प्रतिस्पर्धा गर्दै

अर्घाखाँची, २३ वैशाख

अर्घाखाँचीमा नगर प्रमुखसहित ३८ जना स्वतन्त्र उम्मेदवारहरू चुनावी मैदानमा छन् । ६ वटा स्थानीय तह रहेको अर्घाखाँचीमा चार जनाले नगर प्रमुख तथा एक जनाले गाउँपालिका अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका छन् । त्यस्तै नगरपालिका उपप्रमुखमा एक जना गाउँपालिका उपाध्यक्षमा दुई जनाले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।

जसमा सन्धिखर्क नगरपालिकाको नगर प्रमुखमा राजेन्द्र नेपालीले स्वतन्त्र उम्मेदवारी दिएका छन् भने नेपालकै ठूलो नगरपालिका शितगंगाको नगर प्रमुखमा हुमबहादुर रायमाझी, जनक भुसाल, कुमार घर्ती गरी तीन जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन्  भने नगर उपप्रमुखमा शितगंगा नगरपालिकामा सरस्वती थापाको स्वतन्त्र उम्मेदवारी परेको छ ।

त्यस्तै गाउँपालिका प्रमुखमा मालारानीमा अर्जुन खनाललले स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन् भने उपाध्यक्षमा मालारानीमा लालबहादुर बस्नेत र पाणिनीमा बेदराज घिमिरेले स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन् ।

जिल्लाभर १८ जनाले वडा अध्यक्ष पदमा स्वतन्त्र उम्मेदवारी दिएका छन् ।  जसमा छत्रदेवमा गाउँपालिकामा रुद्रदेव पाण्डे र नारायण प्रसाद पाण्डे, पाणिनी गाउँपालिकामा शुभबहादुर शारु थापा, मालारानी महेश खनाल र रामबहादुर सुनार, सन्धिखर्कमा नरेन्द्र आचार्य, हरिबहादुर थापा, वीरेन्द्र खड्का, कर्णबहादुर थापा क्षेत्री, शालिकराम खनाल र खिमराज भट्टराई, शितगंगा नगरपालिकामा रामबहादुर विसी, बुद्धीराम भुसाल, गणेश कुमार बेल्वासे, विष्णु केसी, पूर्णबहादुर घर्ती, शेरबहादुर बढाथोकी र अयानबहादुर विकले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।

त्यस्तै जिल्लाभर खुल्ला वडा सदस्यमा आठ जना, महिला सदस्यमा तीन जना, दलित महिला सदस्यमा एक जनाको उम्मेदवारी परेको जिल्ला निर्वाचन कार्यालयका कम्प्युटर अपरेटर जगदिश पाण्डेले जानकारी दिए ।

निर्वाचनको लागि अर्घाखाँची जिल्लाभर ९६ मतदान स्थल र २०२ मतदान केन्द्र निर्धारण गरिएको छ । निर्वाचनको लागि अर्घाखाँचीमा करिब दुई हजार जनशक्ति परिचलन हुने जिल्ला निर्वाचन कार्यालयका कार्यालय प्रमुख सुरेश भण्डारीले जानकारी दिए । भण्डारीका अनुसार मतदान सामग्रीहरु जिल्लामा आइपुगेको छ ।

Related Posts

Dashrath Grocery को नयाँ अफर: रु. ३ हजारको सामान खरिद गर्दा iPhone जित्ने मौका

  काठमाडौं । दैनिक उपभोग्य सामग्री सस्तो तथा सहज मूल्यमा उपलब्ध गराउँदै आएको Dasharath Grocery ले ग्राहकका लागि…

ByByanjana soni २ हप्ता अगाडि

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

ललितपुर – ललितपुरस्थित किस्ट शिक्षण अस्पताल अन्तर्गतको किस्ट ट्रान्सप्लान्ट सेन्टर ले निजी क्षेत्रको आफ्नो १७औँ सफल कलेजो प्रत्यारोपण…

ByByBirgunj १ महिना अगाडि

नेशनल प्याब्सन पर्साले गर्‍यो एसईईका उत्कृष्ट ५६ विद्यार्थीलाई सम्मान

वीरगंज । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) नगर कार्य समिति पर्साले माध्यमिक शिक्षा परीक्षा…

ByByBirgunj २ महिना अगाडि

साउथजोन माध्यमिक विद्यालयमा विद्यार्थी नेतृत्वको शपथ ग्रहण तथा पुरस्कार वितरण सम्पन्न

वीरगंज — वीरगंज महानगरपालिका–१३ स्थित साउथजोन माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०८३ का लागि चयन भएका नयाँ विद्यार्थी नेतृत्वको…

ByByBirgunj २ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *