• Home
  • समाचार
  • अर्घाखाँचीमा ३८ जना स्वतन्त्र उम्मेदवारहरूले प्रतिस्पर्धा गर्दै
Image

अर्घाखाँचीमा ३८ जना स्वतन्त्र उम्मेदवारहरूले प्रतिस्पर्धा गर्दै

अर्घाखाँची, २३ वैशाख

अर्घाखाँचीमा नगर प्रमुखसहित ३८ जना स्वतन्त्र उम्मेदवारहरू चुनावी मैदानमा छन् । ६ वटा स्थानीय तह रहेको अर्घाखाँचीमा चार जनाले नगर प्रमुख तथा एक जनाले गाउँपालिका अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका छन् । त्यस्तै नगरपालिका उपप्रमुखमा एक जना गाउँपालिका उपाध्यक्षमा दुई जनाले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।

जसमा सन्धिखर्क नगरपालिकाको नगर प्रमुखमा राजेन्द्र नेपालीले स्वतन्त्र उम्मेदवारी दिएका छन् भने नेपालकै ठूलो नगरपालिका शितगंगाको नगर प्रमुखमा हुमबहादुर रायमाझी, जनक भुसाल, कुमार घर्ती गरी तीन जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन्  भने नगर उपप्रमुखमा शितगंगा नगरपालिकामा सरस्वती थापाको स्वतन्त्र उम्मेदवारी परेको छ ।

त्यस्तै गाउँपालिका प्रमुखमा मालारानीमा अर्जुन खनाललले स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन् भने उपाध्यक्षमा मालारानीमा लालबहादुर बस्नेत र पाणिनीमा बेदराज घिमिरेले स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन् ।

जिल्लाभर १८ जनाले वडा अध्यक्ष पदमा स्वतन्त्र उम्मेदवारी दिएका छन् ।  जसमा छत्रदेवमा गाउँपालिकामा रुद्रदेव पाण्डे र नारायण प्रसाद पाण्डे, पाणिनी गाउँपालिकामा शुभबहादुर शारु थापा, मालारानी महेश खनाल र रामबहादुर सुनार, सन्धिखर्कमा नरेन्द्र आचार्य, हरिबहादुर थापा, वीरेन्द्र खड्का, कर्णबहादुर थापा क्षेत्री, शालिकराम खनाल र खिमराज भट्टराई, शितगंगा नगरपालिकामा रामबहादुर विसी, बुद्धीराम भुसाल, गणेश कुमार बेल्वासे, विष्णु केसी, पूर्णबहादुर घर्ती, शेरबहादुर बढाथोकी र अयानबहादुर विकले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।

त्यस्तै जिल्लाभर खुल्ला वडा सदस्यमा आठ जना, महिला सदस्यमा तीन जना, दलित महिला सदस्यमा एक जनाको उम्मेदवारी परेको जिल्ला निर्वाचन कार्यालयका कम्प्युटर अपरेटर जगदिश पाण्डेले जानकारी दिए ।

निर्वाचनको लागि अर्घाखाँची जिल्लाभर ९६ मतदान स्थल र २०२ मतदान केन्द्र निर्धारण गरिएको छ । निर्वाचनको लागि अर्घाखाँचीमा करिब दुई हजार जनशक्ति परिचलन हुने जिल्ला निर्वाचन कार्यालयका कार्यालय प्रमुख सुरेश भण्डारीले जानकारी दिए । भण्डारीका अनुसार मतदान सामग्रीहरु जिल्लामा आइपुगेको छ ।

Related Posts

टिकटकमा हतियार प्रदर्शन गर्दै ‘रौतहटको किङ’ बन्न खोज्ने युवक पक्राउ

रौतहट, ३० असोज । सामाजिक सञ्जाल टिकटकमा धारिलो हतियार प्रदर्शन गर्दै आफूलाई ‘किङ अफ रौतहट’ का रूपमा प्रस्तुत…

ByByanjana soni ३ दिन अगाडि

एमाले केन्द्रीय कार्यालयकाे सुरक्षा भूतपूर्व सैनिक र प्रहरीले दिने

काठमाडौं, ३० असोज । एमालेले आफ्नो केन्द्रीय कार्यालयको सुरक्षा व्यवस्था कडा बनाएको छ । सरकारले उपलब्ध गराउँदै आएको सुरक्षा…

ByByanjana soni ३ दिन अगाडि

शाहरूखको जन्मदिनमा ‘किङ’को ट्रिजर आउने, करिना पनि देखिने

शाहरुख खानको जन्मदिनमा ‘किङ’ को एक्सनप्याक्ड टिजर सार्वजनिक हुने मुम्बई, २७ असोज। सिद्धार्थ आनन्दद्वारा निर्देशित चलचित्र ‘किङ’ सन्…

ByByanjana soni ५ दिन अगाडि

आजको राशिफल: बि.सं. २०८३ असोज २८ गते बुधवार

ज्याे. डा. खेमराज मिश्र, पीएचडी आजको राशिफल: बि.सं. २०८३ असोज २८ गते, बुधवार, ईसं २०२६ अक्टोबर १४, ऋतुः वर्षा,…

ByByanjana soni ५ दिन अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *