• Home
  • Uncategorized
  • एमालेको घरदैलोमा सयौं को सहभागिता यसरी धमाधम बलियो बन्दैछन :गुप्ता
Image

एमालेको घरदैलोमा सयौं को सहभागिता यसरी धमाधम बलियो बन्दैछन :गुप्ता


वीरगञ्ज २२ बैशाख : नेकपा एमाले वीरगञ्न महानगरपालिका, वडाध्यक्ष र वडासदस्य पदका उम्मेदवारहरूले उल्लासका साथ आज वडा नं १२ मुर्ली मा घरदैलो गरिएको छ । महानगरलाई लालकिल्ला बनाउने योजनाका साथ उम्मेदवारहरू चुनावी घरदैलो अभियानलाई तिव्रता दिएको छ । ‘सूर्यमा छाप, झ्याप झ्याप’ भन्ने नारासहित वडानगरवासीको घरदैलोमा मत माग्न हिड्न थालेका एमालेका उम्मेदबारसहितका नेता कार्यकर्ताले जनताको हितमा काम गर्ने एकमात्र पार्टी एमाले रहेको वताएका छन् । वडाका पाँचै जना एमालेका उम्मेद्वारहरु घर–घरमा गएर मत माग्ने कार्य गरिराहेका छन् । घरदैलो अभियानमा जुटेका नेता तथा कार्यकता प्रत्येक घरका प्रत्येक सदस्यसँग भोट माग्ने कार्यलाई तिव्रता दिएको हो ।
‘यस पटक महानगरपालिकामा एमालेले विजय हासिल गर्ने निश्चित भइसक्यो । हाम्रो पार्टी विजय भएपश्चात यस स्थानको मुहारै फेरिदिने छौँ । भर्खरै मुलुकमा न्यूनीकरण हुँदै गइरहेको कोरोना महामारीले थलिएका जनताको हितमा समेत विभिन्न काम गर्ने योजना एमालेको रहेको छ,’ सुरेश गुप्ता ले बताउँनु भयो । घरदैलो अभियानमा थुप्रै महिला तथा युवा र केही ज्येष्ठ नागरिकको सहभागिता थियो । अधिकांश स्थानीयवासीले यस स्थानीय निर्वाचनमा एमालेलाई शानदार रूपमा विजयी गराउने प्रतिवद्धता दर्साएका थिए ।

Related Posts

बाढीपीडितको सेवामा लायन्स ३२५ पी एरिया १ टोली, खाद्यान्न र मेडिकल सामग्रीसहित नुवाकोटमा

नुवाकोट । ग्लेसियर लेक आउटबर्स्ट फ्लड (GLOF) बाट प्रभावित परिवारलाई राहत तथा सहयोग पुर्‍याउन Lions District 325P Area…

ByByanjana soni ६ दिन अगाडि

स्मार्टेन, ह्युल्सा ग्रुपसहितको टोलीद्वारा रसुवा–नुवाकोटका बाढीपीडितलाई २ लाख बराबरको राहत सामग्री वितरण

काठमाडौं । अविरल वर्षासँगै आएको बाढी तथा पहिरोका कारण प्रभावित बनेका रसुवा र नुवाकोटका परिवारलाई लक्षित गर्दै राहत…

ByByanjana soni ७ दिन अगाडि

दुई दशकदेखि सञ्चार क्षेत्रमा योगदान दिँदै आएकी सीता पोखरेल ‘पब्लिक च्वाइस’ र ‘मिसेस कन्फिडेन्स’ विजेता

काठमाडौं । दुई दशकदेखि सञ्चार तथा मिडिया क्षेत्रमा निरन्तर योगदान दिँदै आएकी सीता पोखरेलले ‘Miss & Mrs. Universal…

ByByanjana soni १ हप्ता अगाडि

विपत्तिमा पीडितको सहारा बन्दै मनोज भारती, लाखौँको राहत सामग्री हस्तान्तरण

काठमाडौं । आफूसँग भएको स्रोतसाधनलाई विपत्तिमा परेका नागरिकको सहयोगमा लगाउने उद्योगी–व्यवसायीको संख्या कम छैन। तर संकटका बेला निरन्तर…

ByByanjana soni १ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *