Image

सिरहामा दलहरूबाटै आचार संहिता उल्लंघन

काठमाडौं, २२ वैशाख

स्थानीय तह निर्वाचनको प्रचारप्रसारको क्रममा सिरहामा दलहरूले  व्यापक आचार संहिता उल्लंघन गर्दै आएका छन् । राजनीतिक दलहरूले चुनाव प्रचारप्रसार अभियानमा घरदैलो गर्दा शक्ति प्रदर्शन समेत गर्ने गरेका छन् ।

गोलबजार नगरपालिकामा नेकपा माओवादी केन्द्रले गरेको घरदैलो कार्यक्रममा व्यापक रुपमा बालबालिका प्रयोग भएका छन् । यसरी आचार संहिता उल्लंघन हुँदा पनि प्रहरी प्रशासन मुकर्दशक बन्ने गरेको छ ।

जिल्लाको गोलबजार, मिर्चैैया, घनगढीमाई, कर्जन्हा, कल्याणपुर, लाहन, सिरहा लगायतका स्थानमा आचार संहिता उल्लंघन धेरै भए पनि स्थानीय प्रशासन मुखदर्शक बनेको छ । जिल्ला प्रशासन कार्यालय सिरहाले डिजे प्रयोगमा रोक लगाए पनि रोकिएको छैन् । भारतीय सवारीसाधनमा निषेध गरिए पनि चुनाव प्रचारप्रसारको क्रममा भारतीय नम्बर प्लेटको गाडी प्रयोग गरिरहेको देखिन्छ ।

यता, उक्त विषयमा गोलबजारका निवार्चन अधिकृत शिवप्रसाद अचार्यका अनुसार अहिलेसम्म कुनै पनि राजनीति दलले लिखित उजुरी नहालेको र कसैले उजुर  बाजुर गरेमा छानबिन गरी कार्यवाही गर्ने जनाइको छ । उनले मौखिक रुपमा व्यापक आचार संहिताको उल्लंघन गरियोे भनेर फोनबाट मात्रै जानकारी आएकाले चासो नदिएको बताए ।

भोट माग्नेसँगै प्रचार सामग्री सार्वजनिक स्थलमा टाँस्ने प्रतिस्पर्धाले गर्दा केही दिनयता गाउँ, शहर रंगिएका छन् । निर्वाचन आयोगले चुनाव चिह्न अंकित टिसर्ट, टोपी लगाउन समते प्रतिबन्ध लगाएपनि राजनीतिक दलहरूले फ्लेक्स बोर्ड, स्टीकर, पर्चा, पम्प्लेट छ्याप्छ्याप्ती गराएका छन् । सार्वजनिक स्थलमा प्रचार सामग्री टाँस्ने होडबाजीनै चलेको छ । मुख्य सडकका साथै भित्री सडक र गाउँतिर पनि आचार संहतिा विपरित प्रचारप्रसार भइरहेको छ ।

कतिपय उम्मेदवारले पहिलो चरणको घरदैलो सिध्याएका छन् । घरदैलो सिध्याएका उम्मेदवारहरू व्यक्तिगत भेटघाटमा निस्किएका छन् ।

Related Posts

टिकटकमा हतियार प्रदर्शन गर्दै ‘रौतहटको किङ’ बन्न खोज्ने युवक पक्राउ

रौतहट, ३० असोज । सामाजिक सञ्जाल टिकटकमा धारिलो हतियार प्रदर्शन गर्दै आफूलाई ‘किङ अफ रौतहट’ का रूपमा प्रस्तुत…

ByByanjana soni ३ दिन अगाडि

कांग्रेस सहमहामन्त्रीमा मनोजमणि आचार्य विजयी

काठमाडौं, ३० असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट खस आर्यतर्फ केन्द्रीय सहमहामन्त्रीमा मनोजमणि आचार्य निर्वाचित भएका छन्। आचार्यले…

ByByanjana soni ३ दिन अगाडि

एमाले केन्द्रीय कार्यालयकाे सुरक्षा भूतपूर्व सैनिक र प्रहरीले दिने

काठमाडौं, ३० असोज । एमालेले आफ्नो केन्द्रीय कार्यालयको सुरक्षा व्यवस्था कडा बनाएको छ । सरकारले उपलब्ध गराउँदै आएको सुरक्षा…

ByByanjana soni ३ दिन अगाडि

माननीय उद्योगमन्त्री ई. दीपक कुमार साह र चिनियाँ राजदूतबीच शिष्टाचार भेटघाट

काठमाडौं, असोज २८। माननीय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री ई. दीपक कुमार साह र नेपालका चीनका राजदूत महामहिम…

ByByanjana soni ४ दिन अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *