
यहि मिति २०७९/०१/३० गते सम्पन्न हुने स्थानीय तहको निर्वाचनमा मलाई नेकपा एमालेको तर्फबाट गौशाला नगरपालिकाकाे उपमेयर पदको उम्मेदवार चयन गर्न सहयोग गर्नुहुने वडा कमिटि,नगर कमिटि, जिल्ला कमिटि, प्रदेश कमिटी, केन्द्रिय कमिटीका सदस्य ज्युहरु लगायत नेकपा एमालेका विभिन्न भातृ तथा सुबेच्छुक संघ संस्थाहरु प्रति हार्दिक धन्यवाद ज्ञापन गौशाला नगरपालिकाकाे उपमेयर पदको उम्मेदवार बताइन्

महिलाले भ्रष्टाचार तथा कमिशन जस्ता कुराहरुको बारेमा सोच्न पनि नसक्ने हुँदा पारदर्शीतामार्फत वडाको परिवर्तन गर्न एक पटक महिलालाई अवसर दिन उनले आग्रह गरेकी छिन् ।

महिलाले नेतृत्व नगरेसम्म महिला सशक्तीकरण नहुने भन्दै महिलाको क्षमता अभिबृद्धि र महिलाको पहुँचका लागि गौशाला नगरपालिकाकाे उपमेयर पदको उम्मेदवारले बताइन् ।

घरदैलोका क्रममा वडाबासीले पनि महिलालाई अवसर दिनुपर्ने प्रतिक्रिया दिएका छन् । घरदैलोमा नेकपा एमालेका नेता कार्यकर्तासहित वडाबासीको उपस्थिती रहेको थियो ।











