• Home
  • समाचार
  • विभिन्न स्थानमा सवारी दुर्घटनामा परि ५ जनाको मृत्यु
Image

विभिन्न स्थानमा सवारी दुर्घटनामा परि ५ जनाको मृत्यु

काठमाडौं, १४ वैशाख

देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ । चितवन, बारा, स्याङ्जा र मोरङमा भएका दुर्घटनामा उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ ।

चितवनको इच्छाकामना गाउँपालिका–३ चुम खोलास्थित सडकमा बागमती प्रदेश ०२–०३३ प ४८११ नम्बरको मोटरसाइकललाई ना.६ ख २३०१ नम्बरको ट्रकले मंगलबार ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाइकल चालक अछाम तुरमाखात गाउँपालिका–५ बस्ने २७ वर्षीय भरत शाही रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मुत्यु भएको हो ।

यसैगरी चितवनको भरतपुर महानगरपालिका–१९ शारदानगर टाउनस्थित सडकमा बा.३ ख ६२६५ नम्बरको माइक्रोबसको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने ५६ वर्षीय लक्ष्मण राई रहेका छन् । उनको बुधबार बिहान घटनास्थलमै मृत्यु भएको हो ।

बाराको जितपुरसिमरा उपमहानगरपालिका–१६ बालगंगा पुल नजिक लु.२ ख १९४२ नम्बरको ट्रक र ना.५ च २८७३ नम्बरको बोलेरो मंगलबार बेलुकी ठेक्किदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बोलेरो चालक कलैया उपमहानगरपालिका–१५ बकुल्हार बस्ने २५ वर्षीय अजय सहनी छन् ।

स्याङ्जाको हरिनास गाउँपालिका–१ भुटियाखोलास्थित सडकमा ना.६ त १८१९ नम्बरको ट्याक्टरबाट खसेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ सालडाँडा बस्ने ६६ वर्षीय बुद्ध भुजेल रहेका छन् ।

ट्याक्टरबाट खसेका उनको सोही ट्याक्टरले किच्दा मृत्यु भएको हो । हाल फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ ।

मोरङको बुढिगंगा गाउँपालिका–३ शान्ति चोकमा बागमती प्रदेश–०१–०२७ च २२६६ नम्बरको कारले मे.२ प ६९५७ नम्बरको मोटरसाइकललाई मंगलबार ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक सोही गाउँपालिका–२ बगवन बस्ने ३० वर्षीय शोभा राजबंशी रहेका छन् ।

Related Posts

टिकटकमा हतियार प्रदर्शन गर्दै ‘रौतहटको किङ’ बन्न खोज्ने युवक पक्राउ

रौतहट, ३० असोज । सामाजिक सञ्जाल टिकटकमा धारिलो हतियार प्रदर्शन गर्दै आफूलाई ‘किङ अफ रौतहट’ का रूपमा प्रस्तुत…

ByByanjana soni १ हप्ता अगाडि

एमाले केन्द्रीय कार्यालयकाे सुरक्षा भूतपूर्व सैनिक र प्रहरीले दिने

काठमाडौं, ३० असोज । एमालेले आफ्नो केन्द्रीय कार्यालयको सुरक्षा व्यवस्था कडा बनाएको छ । सरकारले उपलब्ध गराउँदै आएको सुरक्षा…

ByByanjana soni १ हप्ता अगाडि

शाहरूखको जन्मदिनमा ‘किङ’को ट्रिजर आउने, करिना पनि देखिने

शाहरुख खानको जन्मदिनमा ‘किङ’ को एक्सनप्याक्ड टिजर सार्वजनिक हुने मुम्बई, २७ असोज। सिद्धार्थ आनन्दद्वारा निर्देशित चलचित्र ‘किङ’ सन्…

ByByanjana soni १ हप्ता अगाडि

आजको राशिफल: बि.सं. २०८३ असोज २८ गते बुधवार

ज्याे. डा. खेमराज मिश्र, पीएचडी आजको राशिफल: बि.सं. २०८३ असोज २८ गते, बुधवार, ईसं २०२६ अक्टोबर १४, ऋतुः वर्षा,…

ByByanjana soni १ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *