• Home
  • अर्थ
  • सेयर बजारमा १५ अंकको गिरावट
Image

सेयर बजारमा १५ अंकको गिरावट

काठमाडौं, १३ वैशाख

साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार (नेप्से) मा १५ दशमलव २ अंककाे गिरावट भइ दुई हजार तीन सय ७१ मा कारोबार बन्द भएको छ । सेयर कारोबारसँगै कारोबार  रकममा पनि गिरावट आएको छ।

आज एक अर्ब चार करोड बराबरको  कारोबार भएको छ । यो कारोबार यस वर्षको सबैभन्दा कम कारोबार पनि हो । यसरी बजार घट्ने क्रममा कारोबार रकममा कमी आउनु लगानीकर्ता यो मूल्यभन्दा तल सेयर बेच्न तयार छैनन् भनेर बुझिन्छ। आज दुई सय २८ वटा कम्पनीको २५ हजार सात सय ६६ वटा कारोबार हुँदा जम्मा एक अर्ब बराबरको कारोबार भएको छ । मंगलबार दुई सय २८ कम्पनीमध्ये एक सय ६५ कम्पनीका सेयरधनीले गुमाएका छन् भने ५७ कम्पनीका सेयरधनीले कमाएका छन् ।
आज अत्याधिक कमाउनेमध्ये धेरैजसो लघुवित्त कम्पनीका छन् । जसमध्ये जाल्पा लघुवित्तले भने सर्किट लेबलमा कारोबार गर्न सफल भएर अन्तिम कारोबार नौ सय ४४ दशमलव चार रुपैयाँमा कारोबार गर्न सफल भएको छ।

यसैगरी, ५२ रुपैयाँ बढेर किसान लघुवित्त एक हजार तीन सय ४७ स्पैयाँमा, २६ दशमलब सात रुपैयाँ बढेर ११९२ रुपैयाँमा, र साधारण लघुवित्त ४६ रुपैयाँ बढेर १२ सय २८ मा अन्तिम कारोबार भएको छ । सबै उपसमूह आज रातो हुँदा म्यानूफेक्चर इन्डेक्स भने सून्य दशमलव २९ प्रतिशतले बढेको छ ।

अत्याधिक गुमाउनेमध्ये हिमालयन पावर २४ रुपैयाँ घटेर चार सय २० मा,  मल्टीपर्पस फाइनन्स १८ रुपैयाँ घटेर तीन सय ४० मा, यूनाइटेड इद मार्दी ३६ अंक घटेर आठ सय ५९ मा, महुली लघुवित्त ५० रुपैयाँ घटेर १२ सया ९० मा र सामुदायिक लघुवित्त ४६ रुपैयाँ घटेर १३ सय १० मा अन्तिम कारोबार भएको छ।

सर्वाधिक कारोबर हुनेमध्ये सिद्धर्थ बैंकको चार करोड २१ लाख बराबरको, अपीपाबर चार करोड ६ लाख बराबरको र नेस्डो लघुवित्त तीन करोड पाँच लाख बराबरको कारोबार भएको छ ।

Related Posts

टिकटकमा हतियार प्रदर्शन गर्दै ‘रौतहटको किङ’ बन्न खोज्ने युवक पक्राउ

रौतहट, ३० असोज । सामाजिक सञ्जाल टिकटकमा धारिलो हतियार प्रदर्शन गर्दै आफूलाई ‘किङ अफ रौतहट’ का रूपमा प्रस्तुत…

ByByanjana soni १ हप्ता अगाडि

एमाले केन्द्रीय कार्यालयकाे सुरक्षा भूतपूर्व सैनिक र प्रहरीले दिने

काठमाडौं, ३० असोज । एमालेले आफ्नो केन्द्रीय कार्यालयको सुरक्षा व्यवस्था कडा बनाएको छ । सरकारले उपलब्ध गराउँदै आएको सुरक्षा…

ByByanjana soni १ हप्ता अगाडि

शाहरूखको जन्मदिनमा ‘किङ’को ट्रिजर आउने, करिना पनि देखिने

शाहरुख खानको जन्मदिनमा ‘किङ’ को एक्सनप्याक्ड टिजर सार्वजनिक हुने मुम्बई, २७ असोज। सिद्धार्थ आनन्दद्वारा निर्देशित चलचित्र ‘किङ’ सन्…

ByByanjana soni २ हप्ता अगाडि

आजको राशिफल: बि.सं. २०८३ असोज २८ गते बुधवार

ज्याे. डा. खेमराज मिश्र, पीएचडी आजको राशिफल: बि.सं. २०८३ असोज २८ गते, बुधवार, ईसं २०२६ अक्टोबर १४, ऋतुः वर्षा,…

ByByanjana soni २ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *