For Youtvnepal long gif
Image

इटालीका र्जियो चेलिनीले सन्यास लिने

काठमाडौं, १३ वैशाख

इटालीका अनुभवी डिफेन्डर जर्जियो चेलिनीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने भएका छन् । ३७ वर्षीय रक्षक चेलिनीले जुनमा अर्जेन्टिनासँग इंग्ल्याण्डको वेम्वली रंगशालामा हुने खेलसँगै सन्यास लिने घोषणा गरेका हुन् ।

यसअघि नै युरोकप विजेता इटाली र कोपा अमेरिका च्याम्पियन अर्जेन्टिनाबीच मैत्रीपूर्ण खेल हुने तय भएको थियो । सोमबार राति इटालियन सिरी ‘ए’ मा सासुओलोलाई २–१ अन्तरले पराजित गरेसँगै युभेन्ट्सका रक्षक चेलिनीले अन्तर्राष्ट्रिय खेलबाट टाढा रहने निर्णय लिएका हुन् ।

‘म राष्ट्रिय टोलीलाई वेम्वली रंगशालाबाट बिदाइ गर्न चाहन्छु,’ चेलिनीले  भनेका छन्, ‘जहाँ मैले युरोकप जितेर करियरको अनुभव बाढेको छु ।’

जर्जियो चेलिनीले सन् २००४ मा राष्ट्रिय टिमबाट डेब्यु गरेका थिए । त्यसयता उनले ११६ क्याप जितेका छन् । जसमा आठ गोलसमेत रहेको छ ।

यसैवर्ष कतारमा हुने फिफा विश्वकप–२०२२ मा इटाली स्थान बनाउन असफल भएको छ ।

Related Posts

साउथजोन माध्यमिक विद्यालयमा विद्यार्थी नेतृत्वको शपथ ग्रहण तथा पुरस्कार वितरण सम्पन्न

वीरगंज — वीरगंज महानगरपालिका–१३ स्थित साउथजोन माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०८३ का लागि चयन भएका नयाँ विद्यार्थी नेतृत्वको…

ByByBirgunj ६ घण्टा अगाडि

सगरमाथा स्कुल मुर्ली–१२, वीरगंजमा ब्याच वितरण कार्यक्रम भव्य रूपमा सम्पन्न

वीरगंज — विद्यार्थीहरूमा नेतृत्व क्षमता, जिम्मेवारीबोध, अनुशासन तथा सेवाभावको विकास गर्ने उद्देश्यले वीरगंज महानगरपालिका–१२ मुर्लीस्थित सगरमाथा स्कुलमा ‘ब्याच…

ByByBirgunj ६ घण्टा अगाडि

सुनसरीकाे गढीमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ गण स्थानीयलाई विपद् स्वयंसेवक तालिम ।

सुनसरीकाे गढीमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ गण हेड क्वाटर सुनसरीले गढी गाउँपालिकाका २५ जना स्थानीयलाई समेटेर…

ByBySulav Rijal ५ दिन अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *