For Youtvnepal long gif
  • Home
  • Uncategorized
  • मन्त्री आचार्य भन्छन, गण्डकी सरकार ढल्न सक्छ
Image

मन्त्री आचार्य भन्छन, गण्डकी सरकार ढल्न सक्छ

काठमाडौं, ९ वैशाख

गण्डकी प्रदेश सरकारका उर्जा तथा जलस्रोतमन्त्री हरिशरण आचार्यले गठबन्धन अन्य दलले जसपाको अस्तित्व स्वीकार गरेर सम्मानजन्य हिस्सा नदिए प्रदेश सरकार ढल्न सक्ने चेतावनी दिएका छन् ।

मन्त्री आचार्यले गोरखामा जसपाको आधार, जनसंगठन र जनमतको आधारमा भागवण्डा नगरे अन्तिम विकल्पको रुपमा जसपाले प्रदेश सरकार पनि ढाल्न सक्ने चेतावनी दिएका हुन् ।

‘अहिले बाहिर मिडियातिर पनि हल्ला सुन्छु । माओवादी र कांग्रेस मिल्ने भए रे । हामीलाई साइड लगाउने भयो रे । हैन्, उहाँहरुले साइड लगाउनु भयो भने उहाँहरुलाई हैसिएत देखाउन सक्ने आधार पनि त हामीसँग छ नि । गण्डकी प्रदेशमा माओवादी र कांग्रेसबाहेकका अन्य पार्टीसँग मिलेर गएर उहाँहरुको सेखी झार्न त हामी सक्छौँ नि,’ मन्त्री आचार्यले भने ।

अहिले तत्काल सरकार ढाल्ने कुरा नसोचे पनि सम्मानजनक हिस्सा नपाए सम्भावना रहेको उनले प्रष्टाए ।

‘अहिले हामी सरकारै ढाल्नसक्ने सम्म त सोचेका छैनौँ । तर, उहाँहरुले निहुँ नै खोज्नु भयो भने त त्यसको प्रतिशोध त साँध्नु पर्‍याे नि । त्यो गर्नै पर्‍याे । औपचारिक रुपमा त हामी त्यसरी गएका छैनौँ । तर, उहाँहरुले शंका गरिराख्नु भएको छ । किनभने प्रदेश सरकारमा पनि हामी निर्णयक छौँ र कतिपय सन्दर्भमा सरकारमा भएका विषयवस्तुमा पनि अलिकति कन्फिल्ट पनि भइराखेको त्यसो भएको कारण यसै भन्न सकिन्न,’ मन्त्री आचार्यले भने ।

Related Posts

साउथजोन माध्यमिक विद्यालयमा विद्यार्थी नेतृत्वको शपथ ग्रहण तथा पुरस्कार वितरण सम्पन्न

वीरगंज — वीरगंज महानगरपालिका–१३ स्थित साउथजोन माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०८३ का लागि चयन भएका नयाँ विद्यार्थी नेतृत्वको…

ByByBirgunj ७ घण्टा अगाडि

सगरमाथा स्कुल मुर्ली–१२, वीरगंजमा ब्याच वितरण कार्यक्रम भव्य रूपमा सम्पन्न

वीरगंज — विद्यार्थीहरूमा नेतृत्व क्षमता, जिम्मेवारीबोध, अनुशासन तथा सेवाभावको विकास गर्ने उद्देश्यले वीरगंज महानगरपालिका–१२ मुर्लीस्थित सगरमाथा स्कुलमा ‘ब्याच…

ByByBirgunj ७ घण्टा अगाडि

सुनसरीकाे गढीमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ गण स्थानीयलाई विपद् स्वयंसेवक तालिम ।

सुनसरीकाे गढीमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ गण हेड क्वाटर सुनसरीले गढी गाउँपालिकाका २५ जना स्थानीयलाई समेटेर…

ByBySulav Rijal ५ दिन अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *