• Home
  • प्रदेश नं १
  • कांग्रेस सभापति भन्छन, संखुवासभामा पाँचदलीय गठबन्धन टुट्यो
Image

कांग्रेस सभापति भन्छन, संखुवासभामा पाँचदलीय गठबन्धन टुट्यो

काठमाडौँ,  २ वैशाख

संखुवासभामा स्थानीय तहको निर्वाचनमा  पाँचदलीय गठबन्धन नहुने भएको छ । गठबन्धनमा भागबन्डामा कुरा नमिलेपछि पाँचदलीय गठबन्धनमा आबद्ध दलबीच खटपट सुरु भएको छ ।

खाँदबारीमा चार दिनसम्म गठबन्धनको बैठक बस्दा पनि निष्कर्षमा नपुगेपछि गठबन्धन टुटेको अनुमान गरिएको छ । पटकपटक छलफलमा बस्दा पनि निर्णय हुन नसकेपछि गठबन्धन लगभग टुटेको कांग्रेस सभापति  दिपक खड्काले बताए । भागबन्डामा कुरा नमिलेपछि गठबन्धन नहुने पक्का भएको बताए । माओवादी केन्द्र छलफलबाट बाहिरिएपछि गठबन्धनको सम्भावना समाप्त भएको उनले बताए ।

माओवादी केन्द्रका केन्दीय सदस्य तथा जिल्ला इन्चार्ज राजेन्द्र कार्कीले जानकारी दिए कांग्रेसभित्रको अन्तरविरोधका कारण गठबन्धनमा समस्या भएको बताए । कांग्रेसभित्रको आन्तरिक कलहका कारण शुक्रबार पनि सहमतिमा पुग्न नसकेको केन्द्रीय सदस्य कार्कीले बताए ।

आगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धनमा रहेका नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाबीच चुनावी तालमेल गर्ने सहमति भएको थियो । संखुवासभामा १० स्थानीय तह छन् । त्यसमध्ये कांग्रेसले दुई नगरसहित तीन गाउँपालिका र एमालेले एक नगरसहित दुई गाउँपालिका जितेको थियो ।

Related Posts

टिकटकमा हतियार प्रदर्शन गर्दै ‘रौतहटको किङ’ बन्न खोज्ने युवक पक्राउ

रौतहट, ३० असोज । सामाजिक सञ्जाल टिकटकमा धारिलो हतियार प्रदर्शन गर्दै आफूलाई ‘किङ अफ रौतहट’ का रूपमा प्रस्तुत…

ByByanjana soni ३ दिन अगाडि

कांग्रेस सहमहामन्त्रीमा मनोजमणि आचार्य विजयी

काठमाडौं, ३० असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट खस आर्यतर्फ केन्द्रीय सहमहामन्त्रीमा मनोजमणि आचार्य निर्वाचित भएका छन्। आचार्यले…

ByByanjana soni ३ दिन अगाडि

एमाले केन्द्रीय कार्यालयकाे सुरक्षा भूतपूर्व सैनिक र प्रहरीले दिने

काठमाडौं, ३० असोज । एमालेले आफ्नो केन्द्रीय कार्यालयको सुरक्षा व्यवस्था कडा बनाएको छ । सरकारले उपलब्ध गराउँदै आएको सुरक्षा…

ByByanjana soni ३ दिन अगाडि

शाहरूखको जन्मदिनमा ‘किङ’को ट्रिजर आउने, करिना पनि देखिने

शाहरुख खानको जन्मदिनमा ‘किङ’ को एक्सनप्याक्ड टिजर सार्वजनिक हुने मुम्बई, २७ असोज। सिद्धार्थ आनन्दद्वारा निर्देशित चलचित्र ‘किङ’ सन्…

ByByanjana soni ५ दिन अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *