• Home
  • Uncategorized
  • दुधकोसी जलविद्युत आयोजनालाई साढे २४ हजार रोपनी जग्गा अधिग्रहणको तयारी
Image

दुधकोसी जलविद्युत आयोजनालाई साढे २४ हजार रोपनी जग्गा अधिग्रहणको तयारी

खोटाङ, २१ चैत

६३५ मेगावाट क्षमताको दुधकोसी जलाशययुक्त जलविद्युत आयोजनाका लागि साढे २४ हजार रोपनी जग्गा अधिग्रहणको तयारी सुरू भएकाे छ । खोटाङको रावाबेँसी गाउँपालिका–३ लामीडाँडा र ओखलढुंगाको चिसंखुगढी गाउँपालिका–६ भदौरेको सीमानामा पर्ने जलविद्युत आयोजनाले ओगट्ने खोटाङ, ओखलढुंगा र सोलुखुम्बुका जग्गा अधिग्रहणको प्रकृया अघि बढाइएको हो ।

वहुचर्चित आयोजनाको निर्माणका क्रममा खोटाङको १३ हजार रोपनी, ओखलढुंगाको नाै हजार रोपनी र सोलुखुम्बुको पाँच सय रोपनी जग्गा अधिग्रहणको प्रक्रिया अघि बढेको हो । ओखलढुंगाको जग्गा प्राप्ति (अधिग्रहण)का लागि २३ फागुनमा सूचना निकालिएको थियाे । सरकारी जग्गा बाहेक करिब २० हजार रोपनी जग्गा अधिग्रहण हुने अनुमान गरिएको दुधकोसी जलाशययुक्त जलविद्युत आयोजनाका उपनिर्देशक सिताराम प्रखाछेँले बताए ।

आयोजनाका अनुसार खोटाङको रावाबेँसी गाउँपालिकाका पाँच हजार तीन सय चार कित्ता, ऐसेलुखर्क गाउँपालिकाका पाँच सय २२ कित्ता, ओखलढुंगाको चिसंखुगढी गाउँपालिकाका दुई हजार चार सय नाै कित्ता जग्गा अधिग्रहणको तयारी गरिएको छ । सोलुखुम्बुको जग्गा अधिग्रहणका लागि केही समयपछि जग्गा प्राप्तिसम्बन्धी सूचना आह्वान गर्न लागिएको उपनिर्देशक प्रखाछेँले बताए ।

सम्बन्धित क्षेत्रका जिल्ला प्रशासन कार्यालयमार्फत जग्गा प्राप्तिको प्रक्रिया थालेसँगै प्राप्ति गरिने जग्गा रोक्का भएको र उक्त क्षेत्रमा कुनै पनि संरचना बनाउने वा थप्ने कार्यमा रोक लगाइएको छ । खोटाङतर्फको जग्गा गत २३ असारदेखि नै रोक्का छ । तर, हलेसी तुवाचुङ नगरपालिका–८ धितुङमा निर्माण गरिने पावर हाउस, क्याम्प तथा लामीडाँडामा निर्माण गरिने ड्याम र क्याम्पका लागि आवश्यक जग्गा अधिग्रहणका लागि पनि २६ फागुनमा अर्को सूचना प्रकाशन गरिएको छ । यसका लागि थप दुई हजार रोपनी जग्गा अधिग्रहण हुने आयोजनाले जनाएको छ ।

जलविद्युत आयोजनाका लागि खोटाङमा भने मुआब्जा वितरण गर्न जग्गाको मूल्यांकन अन्तिम चरणमा पुर्‍याइएको मुआब्जा निर्धारण उपसमितिका संयोजक एवं सहायक प्रमुख जिल्ला अधिकारी विकल श्रेष्ठले बताए । ‘कसको कति जग्गा परे, कस्तो खालका परे ? सरकारी कति परे भन्ने विवरण आइसकेको छ,’ श्रेष्ठले भने, ‘अa कुन प्रकृतिको जग्गालाई कति, कसरी मुआब्जा भनेर मूल्यांकन भइरहेको छ ।’

लामीडाँडाको रभुवाबजारमा दुई सय मिटर अग्लो बाँध हालेर बनाइने जलाशयबाट १३.३० किलोमिटर हेडरेस सुरुङमार्फत धितुङमा पानी खसाएर विद्युत उत्पादन गर्ने लक्ष्यका साथ आयोजना अघि बढिरहेको छ ।

Related Posts

दुई दशकदेखि सञ्चार क्षेत्रमा योगदान दिँदै आएकी सीता पोखरेल ‘पब्लिक च्वाइस’ र ‘मिसेस कन्फिडेन्स’ विजेता

काठमाडौं । दुई दशकदेखि सञ्चार तथा मिडिया क्षेत्रमा निरन्तर योगदान दिँदै आएकी सीता पोखरेलले ‘Miss & Mrs. Universal…

ByByanjana soni २ दिन अगाडि

विपत्तिमा पीडितको सहारा बन्दै मनोज भारती, लाखौँको राहत सामग्री हस्तान्तरण

काठमाडौं । आफूसँग भएको स्रोतसाधनलाई विपत्तिमा परेका नागरिकको सहयोगमा लगाउने उद्योगी–व्यवसायीको संख्या कम छैन। तर संकटका बेला निरन्तर…

ByByanjana soni २ दिन अगाडि

बाढीपीडितका लागि हिमालयन बुलियनको १ करोड १ लाख सहयोग, आईपीओमार्फत आम नेपालीलाई जोड्ने तयारी

काठमाडौं । नेपालको निजी क्षेत्रमा तीव्र गतिमा आफ्नो पहिचान बनाउँदै गएको हिमालयन बुलियन कम्पनी लिमिटेडले प्राकृतिक विपत्तिबाट प्रभावित…

ByByanjana soni ४ दिन अगाडि

बाढीपीडितको खोज, उद्धार र राहतका लागि नासा सेक्युरिटिजको ५० लाख सहयोग

  काठमाडौं । देशका विभिन्न क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको खोज, उद्धार तथा तत्काल राहत कार्यमा सहयोग…

ByByanjana soni ४ दिन अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *