• Home
  • Uncategorized
  • दुधकोसी जलविद्युत आयोजनालाई साढे २४ हजार रोपनी जग्गा अधिग्रहणको तयारी
Image

दुधकोसी जलविद्युत आयोजनालाई साढे २४ हजार रोपनी जग्गा अधिग्रहणको तयारी

खोटाङ, २१ चैत

६३५ मेगावाट क्षमताको दुधकोसी जलाशययुक्त जलविद्युत आयोजनाका लागि साढे २४ हजार रोपनी जग्गा अधिग्रहणको तयारी सुरू भएकाे छ । खोटाङको रावाबेँसी गाउँपालिका–३ लामीडाँडा र ओखलढुंगाको चिसंखुगढी गाउँपालिका–६ भदौरेको सीमानामा पर्ने जलविद्युत आयोजनाले ओगट्ने खोटाङ, ओखलढुंगा र सोलुखुम्बुका जग्गा अधिग्रहणको प्रकृया अघि बढाइएको हो ।

वहुचर्चित आयोजनाको निर्माणका क्रममा खोटाङको १३ हजार रोपनी, ओखलढुंगाको नाै हजार रोपनी र सोलुखुम्बुको पाँच सय रोपनी जग्गा अधिग्रहणको प्रक्रिया अघि बढेको हो । ओखलढुंगाको जग्गा प्राप्ति (अधिग्रहण)का लागि २३ फागुनमा सूचना निकालिएको थियाे । सरकारी जग्गा बाहेक करिब २० हजार रोपनी जग्गा अधिग्रहण हुने अनुमान गरिएको दुधकोसी जलाशययुक्त जलविद्युत आयोजनाका उपनिर्देशक सिताराम प्रखाछेँले बताए ।

आयोजनाका अनुसार खोटाङको रावाबेँसी गाउँपालिकाका पाँच हजार तीन सय चार कित्ता, ऐसेलुखर्क गाउँपालिकाका पाँच सय २२ कित्ता, ओखलढुंगाको चिसंखुगढी गाउँपालिकाका दुई हजार चार सय नाै कित्ता जग्गा अधिग्रहणको तयारी गरिएको छ । सोलुखुम्बुको जग्गा अधिग्रहणका लागि केही समयपछि जग्गा प्राप्तिसम्बन्धी सूचना आह्वान गर्न लागिएको उपनिर्देशक प्रखाछेँले बताए ।

सम्बन्धित क्षेत्रका जिल्ला प्रशासन कार्यालयमार्फत जग्गा प्राप्तिको प्रक्रिया थालेसँगै प्राप्ति गरिने जग्गा रोक्का भएको र उक्त क्षेत्रमा कुनै पनि संरचना बनाउने वा थप्ने कार्यमा रोक लगाइएको छ । खोटाङतर्फको जग्गा गत २३ असारदेखि नै रोक्का छ । तर, हलेसी तुवाचुङ नगरपालिका–८ धितुङमा निर्माण गरिने पावर हाउस, क्याम्प तथा लामीडाँडामा निर्माण गरिने ड्याम र क्याम्पका लागि आवश्यक जग्गा अधिग्रहणका लागि पनि २६ फागुनमा अर्को सूचना प्रकाशन गरिएको छ । यसका लागि थप दुई हजार रोपनी जग्गा अधिग्रहण हुने आयोजनाले जनाएको छ ।

जलविद्युत आयोजनाका लागि खोटाङमा भने मुआब्जा वितरण गर्न जग्गाको मूल्यांकन अन्तिम चरणमा पुर्‍याइएको मुआब्जा निर्धारण उपसमितिका संयोजक एवं सहायक प्रमुख जिल्ला अधिकारी विकल श्रेष्ठले बताए । ‘कसको कति जग्गा परे, कस्तो खालका परे ? सरकारी कति परे भन्ने विवरण आइसकेको छ,’ श्रेष्ठले भने, ‘अa कुन प्रकृतिको जग्गालाई कति, कसरी मुआब्जा भनेर मूल्यांकन भइरहेको छ ।’

लामीडाँडाको रभुवाबजारमा दुई सय मिटर अग्लो बाँध हालेर बनाइने जलाशयबाट १३.३० किलोमिटर हेडरेस सुरुङमार्फत धितुङमा पानी खसाएर विद्युत उत्पादन गर्ने लक्ष्यका साथ आयोजना अघि बढिरहेको छ ।

Related Posts

टिकटकमा हतियार प्रदर्शन गर्दै ‘रौतहटको किङ’ बन्न खोज्ने युवक पक्राउ

रौतहट, ३० असोज । सामाजिक सञ्जाल टिकटकमा धारिलो हतियार प्रदर्शन गर्दै आफूलाई ‘किङ अफ रौतहट’ का रूपमा प्रस्तुत…

ByByanjana soni १ हप्ता अगाडि

एमाले केन्द्रीय कार्यालयकाे सुरक्षा भूतपूर्व सैनिक र प्रहरीले दिने

काठमाडौं, ३० असोज । एमालेले आफ्नो केन्द्रीय कार्यालयको सुरक्षा व्यवस्था कडा बनाएको छ । सरकारले उपलब्ध गराउँदै आएको सुरक्षा…

ByByanjana soni १ हप्ता अगाडि

माननीय उद्योगमन्त्री ई. दीपक कुमार साह र चिनियाँ राजदूतबीच शिष्टाचार भेटघाट

काठमाडौं, असोज २८। माननीय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री ई. दीपक कुमार साह र नेपालका चीनका राजदूत महामहिम…

ByByanjana soni १ हप्ता अगाडि

शाहरूखको जन्मदिनमा ‘किङ’को ट्रिजर आउने, करिना पनि देखिने

शाहरुख खानको जन्मदिनमा ‘किङ’ को एक्सनप्याक्ड टिजर सार्वजनिक हुने मुम्बई, २७ असोज। सिद्धार्थ आनन्दद्वारा निर्देशित चलचित्र ‘किङ’ सन्…

ByByanjana soni २ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *