Trending

शुक्रबारदेखि अर्घाखाँचीमा टाइफाइडविरुद्धकाे खाेप अभियान सुरु

860Views
0 Shares

अर्घाखाँची, २१ चैत

अर्घाखाँचीमा टाइफाइड राेगविरुद्धकाे खाेप अभियान आगामी शुक्रबारदेखि सञ्चालन हुने भएकाे छ । अभियान १८ वैशाखसम्म सञ्चालन हुनेछ । १५ महिनादेखि १५ वर्षका बालबालिकालाई खाेप दिइने खाेप अभियानका सदस्य सचिव रामप्रसाद गाैतमले जानकारी दिए ।

खाेप लगाउने बालबालिका विद्यालयमा बढी हुने भएकाले २०० भन्दा बढी विद्यार्थी भएकाे स्थानमा विद्यालयमै खाेप केन्द्र निर्धारण गरिएकाे कार्यालयले जनाएकाे छ ।

खाेप केन्द्रमा एक जना स्वास्थ्यकर्मीसहित, स्वयंसेविका र शिक्षक परिचालित हुने छन् ।

१५ महिनादेखि १५ वर्षभित्रका करिब ४७ हजार बालबालिकाहरुलाई टाइफाइडविरुद्धकाे खाेप लगाउने लक्ष्य लिइएकाे खाेप अभियानका प्रमुख तथा जिल्ला समन्वय प्रमुख पिताम्वर भुसालले जानकारी दिए ।

खाेप अभियान अन्तर्गत अर्घाखाँचीमा ४ सय २३ खाेप केन्द्र कायम गरिएकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय