For Youtvnepal long gif
  • Home
  • समाचार
  • छैटौं उपत्यकाव्यापी धिमे बाजा प्रतियोगिता भक्तपुरमा हुने
Image

छैटौं उपत्यकाव्यापी धिमे बाजा प्रतियोगिता भक्तपुरमा हुने

काठमाडौं । चैत २० गते
भक्तपुरको मध्यपुर थिमि नगरपालिकामा छैटौं उपत्यकाव्यापी धिमे बाजा प्रतियोगिता हुने भएको छ । ओस्ला नेपालको आयोजनामा हुन लागेको उक्त प्रतियोगीता यही २६ चैतमा मध्यपुर थिमी–४ बालकुमारी प्राङ्गणमा हुने प्रतियोगिताका संयोजक सुशील जोशीले जानकारी दिए ।प्रतियोगितामा उपत्यकाका करिव तीन दर्जन धिमे खलः वा पुचः सहभागी हुने आयोजक ओस्ला नेपालका उपाध्यक्ष एवम् धिमे बाजा प्रतियोगिताका संयोजक जोशीले जानकारी दिए ।एउटा खलः वा पुचःबाट बढीमा दुई टोलीको सहभागिता हुनेछ । एउटा टोलीमा धिमे २, भुस्या २ र छुस्या वा अन्य बाजा एक गरी बढीमा पाँच जना बाद्यबाधकको सहभागिता हुनेछ ।

प्रतियोगिताको विजयी टोलीमध्ये प्रथम हुनेलाई नगद २५ हजार, शिल्ड, मेडल र प्रमाणपत्र, दोस्रोलाई नगद १५ हजार, शिल्ड, मेडल र प्रमाणपत्र, तेस्रोलाई नगद १० हजार, शिल्ड, मेडल र प्रमाणपत्र, दुई टोलीलाई सान्त्वना पुरस्कार स्वरुप मेडल, शिल्ड र प्रमाणपत्र प्रदान गरिनेछ । सहभागी सबै टोलीलाई पनि मेडल र प्रमाणपत्र प्रदान गरिने ओस्लाका सचिव रोशन बज्राचार्यले जानकारी दिए ।

प्रतियोगितालाई सफल बनाउन अध्यक्ष राजेश श्रेष्ठको अध्यक्षतामा मूल व्यवस्थापन समिति गठन गरिएको र मूल समिति अन्तर्गत सुशील जोशीको संयोजकत्वमा कार्यक्रम समिति, प्रचार प्रसार उपसमिति, आर्थिक उपसमिति, अतिथि सत्कार उपसमिति, मञ्च व्यवस्थापन उपसमिति, प्राथमिक उपचार तथा स्वयम्सेवक उपसमिति गठन गरिएको छ ।

मध्यपुर थिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठ तथा ओस्ला नेपालका पुर्व अध्यक्षले नगरपालिकाले सम्पदाहरुको पुनःनिर्माणसँगै मध्यपुर थिमि नगरपालिकालाई पर्यटकीय गन्तव्य बनाउनका लागि विभिन्न सम्पदाहरु निर्माण गर्दै विभिन्न कार्यक्रम आयोजना अघि बढाएको बताए । उनले पर्यटकीय गन्तव्य बनाउन नगरपालिकामा विभिन्न कार्यक्रमहरु गरिरहेको बताए ।

Related Posts

साउथजोन माध्यमिक विद्यालयमा विद्यार्थी नेतृत्वको शपथ ग्रहण तथा पुरस्कार वितरण सम्पन्न

वीरगंज — वीरगंज महानगरपालिका–१३ स्थित साउथजोन माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०८३ का लागि चयन भएका नयाँ विद्यार्थी नेतृत्वको…

ByByBirgunj ७ घण्टा अगाडि

सगरमाथा स्कुल मुर्ली–१२, वीरगंजमा ब्याच वितरण कार्यक्रम भव्य रूपमा सम्पन्न

वीरगंज — विद्यार्थीहरूमा नेतृत्व क्षमता, जिम्मेवारीबोध, अनुशासन तथा सेवाभावको विकास गर्ने उद्देश्यले वीरगंज महानगरपालिका–१२ मुर्लीस्थित सगरमाथा स्कुलमा ‘ब्याच…

ByByBirgunj ७ घण्टा अगाडि

सुनसरीकाे गढीमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ गण स्थानीयलाई विपद् स्वयंसेवक तालिम ।

सुनसरीकाे गढीमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ गण हेड क्वाटर सुनसरीले गढी गाउँपालिकाका २५ जना स्थानीयलाई समेटेर…

ByBySulav Rijal ५ दिन अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *