ललितपुरमा १५ हजार जना मतदाता बढे

1.0kViews
0 Shares

ललितपुर, १७ चैत

ललितपुरमा अघिल्लो निर्वाचनको तुलनामा १५ हजार ५५६ जना मतदाता बढेका छन् । निर्वाचन आयोग ललितपुरका अनुसार २०७४ सालको स्थानीय निर्वाचनमा दुई लाख १३ हजार ७३ जना थिए भने प्रदेश र संघीय निर्वाचनको बेला दुई लाख २८ हजार ३३८ जना थिए ।

आयोग सार्वजनिक गरेको यसवर्षको मतदाता नामावली अनुसार दुई लाख ४३ हजार ८८४ जना छन् । आयोगकी जिल्ला निर्वाचन प्रमुख  गोमा धमलाका अनुसार कोञ्ज्योसोममा आठ हजार ५८८ जना, गोदावरीमा ५४ हजार ३९९, बागमतीमा १२ हजार ३२८, महांकालमा नाै हजार १२, महालक्ष्मीमा ३६ हजार ६६७ ललितपुमहानगरमा एक लाख २२ हजार ८९० जना मतदाता छन् ।

स्थानीय निर्वाचन प्रयोजनका लागि यसपटक निर्वाचन आयोगमा ७९ वटा दल दर्ता भएको छन् । ललितपुरमा भने राष्ट्रिय मान्ताप्राप्त ६ वटासहित जम्मा ३७ वटा दल दर्ता भएका छन् । निर्वाचन आयोगले बुधबारबाट जनक शिक्षा सामाग्रीमा मतपत्र छपाई सुरु गरेको छ । आगामी २० वैशाखसम्ममा मतपत्र छपाइ गरिसक्ने आयोगको कार्यतालिकामा उल्लेख छ ।

निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरुको नाम सार्वजनिक भइसकेको छ । ललितपुरमा मुख्य निर्वाचन अधिकृतमा जिल्ला न्यायाधीश किरणप्रसाद शिवाकोटी नियुक्त भएका छन् । उनी ललितपुर महानगरको निर्वाचनको नेतृत्व गर्नेछन् भने गोदावरीमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयकी उपसचिव श्रद्धा रिजाल,महालक्ष्मीमा सवोच्च अदालतकी इजलास अधिकृत शारदा फुयाल, बागमतीमा उच्च अदालत  पाटनकी उपरजिष्ट्रार नागेन्द्र किशोरी पोखरेल, महाकालमा जिल्ला सरकारी वकिल कार्यालय ललितपुरका उपन्याधिवक्ता सुशीला ज्ञवाली र कोञ्ज्योसोममा सर्वोच्च अदातलकी इजलास अधिकृत देवीकुमारी चौधरीले निर्वाचन गराउनेछन् । निर्वाचन अधिकृतहरूले यही २८ चैतबाट नियुक्ति पाउनेछन् भने हरेक पालिकामा ८ वैशाखमा निर्वाचन कार्यालयहरू खुल्नेछन् ।

निर्वाचन आयोगले ११ र १२ वैशाखमा दुई दिन स्थानीय निकायका उम्मेदवारहरूले उम्मेदवारी दिने कार्यतालिका बनाएको छ । १७ वैशाखमा प्रतिस्पर्धीहरूको अन्तिम नामावली प्रकाशन हुनेछ । यस पटक ललितपुरमा १३१ वटा मतदानस्थल रहनेछ भने २८८ मतदान केन्द्र राखिनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय