ओली वीरगंज आउने , तयारी शुरु, हजरौं प्रवेश गर्ने ,समिति गठन
By YOUTV
४ वर्ष अगाडि
Comments: 0
चैत्र १४ नेकपा एमालेका अध्यक्ष एवं पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा चैत्र २२ गते वीरगंजमा हुन लागेको एमालेको संदेश सभा तथा वृहत पार्टी प्रवेश कार्यक्रम बारे आज बैठक सम्पन्न भएको छ । पार्टी कार्यालय मनमोहन नगर वीरगंजमा सम्पन्न बैठकले संदेश सभा तथा पार्टी प्रवेशलाई भव्यरुपमा सफल बनाउन बिभिन्न समिती निर्णय गरेको छ । केन्द्रिय सदस्य एवं पर्सा ईन्र्चाज प्रभु हजराको अध्यक्षतामा सम्पन्न बैठकले प्रचार प्रसार समिति, जन परिचालन समिती,मञ्च व्यवस्थापन समिति,मोटर साईकल रयाली व्यवस्थापन समिति,अतिथी सत्कार समिति, स्यंवसेवक परिचालन समिती, पार्टी प्रवेश तयारी लिष्ट समिती गठन गरिएको छ । प्रदेश कमिटी सदस्य एवं संबिधान सभा सदस्य बिचारी यादवको संयोजकत्वमा गठित प्रचार प्रसार समितीमा सत्रुघन नेपाल,केसी लामिछाने,श्याम बन्जारा, कमल उपाध्याय, महेश दास,लालबाबु शेख,अनुप तिवारी,शम्भु गुप्ता सदस्य रहेका छन । यसैगरी जालिम मियाँको संयोजकत्वमा गठित जन परिचालन समितीमा पालिका अध्यक्ष, उपाध्यक्ष र वडा अध्यक्ष सदस्यहरु रहेका छन । यसैगरी प्रदेश कमिटी सदस्य एवं संबिधान सभा सदस्य जयप्रकाश थारुको संयोजकत्वमा गठित मञ्च व्यवस्थापन समितीमा बिचारी यादव,बसरुदिन अंसारी,प्रधुमन चौहान, बिजय सरावगी लगायत रहेका छन । राजेन्द्र यादवको संयोजकत्वमा गठित मोटरसाईकल ¥याली व्यवस्थापन समितीमा महानगर सम्पुर्ण पदाधिकारी,चन्दन मिश्र लगायत रहेका छन । मनोज गुप्ताको संयोजकत्वमा पार्टी प्रवेश तयारी लिष्ट,नवराज शर्माको संयोजकत्वमा स्वयंसेवक तथा बिना शर्माको संयोजकत्वमा अतिथी सत्कार समिति गठन गरिएको छ । बैठकमा केन्द्रिय सदस्य एवं पर्सा सहईन्र्चाज राजकुमार गुप्ता, केन्द्रिय सदस्य अरबिन्द सिंह, निर्मला देवकोटा, लगायत नेताहरुको उपस्थिती रहेको थियो ।
४ वर्ष अगाडि
जिवनशैली, ताजा समाचार, देश, बागमती प्रदेश, लोकप्रिय
निश्ची अचार: सानो प्रयासबाट राष्ट्रिय पहिचान १ वर्ष अगाडि