पार्टी परित्याग गरेकै कारण आफु माथि हातपात भएको पिडितले लगाए आरोप
By YOUTV
४ वर्ष अगाडि
Comments: 0

पर्सा, ८ चैत्र / सर्लाहीको मलंगवा नगरपालिका वडा नम्बर ७ निवासी मोहमद इसा मिकरानी पार्टी परित्याग गरेकै कारण आफु माथि जसपाका कार्यकर्ताले कुटपिट गरेको आरोप लगाएका छन । चैत्र ३ गते कुटपिटबाट घाइते भई वीरगंज स्थित नेश्नल मेडिकल कलेजमा उपचार गराइरहेका महमद इसा मिकरानीले यस अनलाईन संग कुरा गर्दै आफु पार्टी परित्याग गरेकै कारण ज्यान मार्ने उदेश्यले हमला गरिएको आरोप लगाएका हुन ।
जनता समाजवादी पार्टीलाई परित्याग गरी माओवादी पार्टीमा प्रवेश गरेकै कारण सर्लाही क्यामपस चिफ बताउने राजेश राय यादवले आफु माथि हातपात गर्नुको साथै ज्यान मार्ने उदेश्यले नै हमला गरेको आरोप मिकरानीले लगाएका हुन । मलंगवा नगरपालिका वडा नम्बर ९ को वडा अध्यक्षमा उम्मेदवारी दिने भएको कारण आफुलाई निर्घात कुटपिट गरिएको हुन सक्ने मिकरानीले दावी गरेका हुन ।
बिगत ५ दिनदेखी नेश्नल मेडिकल कलेजमा उपचार गराइरहेका मोहमद इसा मिकरानीले रातिको समयमा जनता समाजवादी पार्टीका कार्यकर्ता र क्याम्पस चिफ बताउने राजेश राय यादवले आफु माथि ज्यान नै कार्ने उदेश्यले एक्कासी हमला गरेको बताएका छन । उनका अनुसार हमला गर्ने गिरोह लगायत राजेश राय यादव माथि कानुनी उपचार गर्न अवाश्यक रहेको हुदा नेपाल सरकारको कानुन बमोजिम कारवाही गर्न जिल्ला प्रहरी कार्यालय सर्लाहीलाई अपिल समेत गर्नुभयो ।
ताजा समाचार, प्रदेश नं २, समाचार
२१ न. वडामा सिलाइ कटाइ तालिम उद्घाटन २ हप्ता अगाडि
जिवनशैली, ताजा समाचार, देश, बागमती प्रदेश, लोकप्रिय
निश्ची अचार: सानो प्रयासबाट राष्ट्रिय पहिचान १ वर्ष अगाडि