• Home
  • Uncategorized
  • अमित सिंह चौधरीको नयाँ गीत ‘माया गर्छु तिमीलाई’ सार्वजनिक भिडियोमा देव आर एन र सोनी अधिकारी फिचर्ड छन्
Image

अमित सिंह चौधरीको नयाँ गीत ‘माया गर्छु तिमीलाई’ सार्वजनिक भिडियोमा देव आर एन र सोनी अधिकारी फिचर्ड छन्

भरतपुर । चितवनका गायक अमित सिंह चौधरीको नयाँ गीत ‘माया गर्छु तिमीलाई’ सार्वजनिक भएको छ । चौधरीको स्वर रहेको उक्त गित शुक्रबार युट्युबमा सार्वजनिक भएको हो ।

[the_ad id=”1342″]

गीतको शब्द गायक चौधरीले लेखेका हुन् भने गीतमा संगीत पनि उनले नै भरेका हुन् । गीतको संगीत संयोजक चन्दु गोर्खाली हुन् ।

[the_ad id=”1174″]

  1. गीतको भिडियोमा देव आर एन र सोनी अधिकारी फिचर्ड छन् । गीतमा देव र सोनीबीचको माया प्रेमको कथा देखाईएको छ । भिडियोमा देव र सोनी एक अर्कासँग गहिरो प्रेममा परेका छन् ।

हिरा चौधरीले निर्देशन गरेको भिडियो आभास रानाले खिचेका हुन् भने सुरज महतोले सम्पादन गरेका हुन् । भिडियो चितवनको पर्यटकीय क्षेत्र सौराहामा छाँयाकन गरिएको हो ।

[the_ad id=”1853″]

रचनाकार तथा गायक चौधरीले गीत सुनेर र भिडियो हेरेर प्रतिक्रिया दिन आग्रह गरेका छन् । चितवनकै टिम मिलेर गीतलाई राम्रो बनाउनका लागि निकै मेहेनत गरेको उनले बताए ।

अभिनेता देवले गीत राम्रो बनेकोले दर्शक स्रोताको माया पाउने अपेक्षा रहेको बताए । केही समय अघि नै छाँयाकन सकिए पनि कोभिडलगायतका कारणले गीत सार्वजनिक गर्न ढिलाई भएको उनले बताए ।

https://www.youtube.com/watch?v=qUsFzRgQ0dY

Related Posts

टिकटकमा हतियार प्रदर्शन गर्दै ‘रौतहटको किङ’ बन्न खोज्ने युवक पक्राउ

रौतहट, ३० असोज । सामाजिक सञ्जाल टिकटकमा धारिलो हतियार प्रदर्शन गर्दै आफूलाई ‘किङ अफ रौतहट’ का रूपमा प्रस्तुत…

ByByanjana soni ४ दिन अगाडि

एमाले केन्द्रीय कार्यालयकाे सुरक्षा भूतपूर्व सैनिक र प्रहरीले दिने

काठमाडौं, ३० असोज । एमालेले आफ्नो केन्द्रीय कार्यालयको सुरक्षा व्यवस्था कडा बनाएको छ । सरकारले उपलब्ध गराउँदै आएको सुरक्षा…

ByByanjana soni ४ दिन अगाडि

माननीय उद्योगमन्त्री ई. दीपक कुमार साह र चिनियाँ राजदूतबीच शिष्टाचार भेटघाट

काठमाडौं, असोज २८। माननीय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री ई. दीपक कुमार साह र नेपालका चीनका राजदूत महामहिम…

ByByanjana soni ५ दिन अगाडि

शाहरूखको जन्मदिनमा ‘किङ’को ट्रिजर आउने, करिना पनि देखिने

शाहरुख खानको जन्मदिनमा ‘किङ’ को एक्सनप्याक्ड टिजर सार्वजनिक हुने मुम्बई, २७ असोज। सिद्धार्थ आनन्दद्वारा निर्देशित चलचित्र ‘किङ’ सन्…

ByByanjana soni ६ दिन अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *