• Home
  • Uncategorized
  • सुनको भाउ अहिलेसम्मकै उच्च बिन्दुमा
Image

सुनको भाउ अहिलेसम्मकै उच्च बिन्दुमा

काठमाडौं । फागुन २५ गते
सुनको भाउ अहिलेसम्मकै उच्च छ । नेपाली बजारमा सुनको मूल्यले कीर्तिमान बनाएको छ । आज एकै दिन तोलामा २५ सय रुपैयाँले बढेर सुनको भाउ एक लाख पाँच हजार पाँच सय रुपैयाँमा पुगेको छ ।यो भाउ अहिलेसम्मकै सबैभन्दा उच्च हो । हिजो सुनको मूल्य तोलामा एक लाख ३ हजार रुपैयाँ थियो । रुस युक्रेन युद्धको असरले आज नेपाली बजारमा सुनको भाउ अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको हो ।

यसअघि, कोभिड १९ का कारण भएको लकडाउनको असरले गएको वर्षको साउन महिनामा सुनको भाउ १ लाख ३ हजार ५ सय रुपैयाँसम्म पुगेको थियो । त्यसयता निरन्तर घट्दै प्रतितोला ८८ हजार रुपैयाँसम्म आइपुगेको सुनको भाउ फेरि बढेर १ लाख ५ हजार ५ सय रुपैयाँमा पुगेको हो ।सुनको भाउ अझै बढ्न सक्ने अनुमान रहेको महासंघका पूर्व अध्यक्ष तेजरत्न शाक्यले बताउनुभयो । यस्तै, आज चाँदीको भाउ पनि बढेको छ । तोलामा ४० रुपैयाँले बढेर चाँदी आज १४ सय ५० रुपैयाँ पुगेको छ । रुस र युक्रेनको युद्धका कारण विश्व बजारमा सुनसँगै, पेट्रोलियम पदार्थ, ग्यास र खानेतेलको भाउ महंगीदै गएको छ ।

Related Posts

Dashrath Grocery को नयाँ अफर: रु. ३ हजारको सामान खरिद गर्दा iPhone जित्ने मौका

  काठमाडौं । दैनिक उपभोग्य सामग्री सस्तो तथा सहज मूल्यमा उपलब्ध गराउँदै आएको Dasharath Grocery ले ग्राहकका लागि…

ByByanjana soni ३ हप्ता अगाडि

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

ललितपुर – ललितपुरस्थित किस्ट शिक्षण अस्पताल अन्तर्गतको किस्ट ट्रान्सप्लान्ट सेन्टर ले निजी क्षेत्रको आफ्नो १७औँ सफल कलेजो प्रत्यारोपण…

ByByBirgunj २ महिना अगाडि

डा. शितांशु ढकालले मिस नेपाल २०२६ मा लोकप्रिय मतका लागि समर्थन अपिल

काठमाडौं । मिस नेपाल २०२६ की प्रतियोगी प्रतियोगी नम्बर १३ डा. शितांशु ढकाल ले आफूलाई Dabur Real Miss…

ByByYOUTV Nepal २ महिना अगाडि

नेशनल प्याब्सन पर्साले गर्‍यो एसईईका उत्कृष्ट ५६ विद्यार्थीलाई सम्मान

वीरगंज । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) नगर कार्य समिति पर्साले माध्यमिक शिक्षा परीक्षा…

ByByBirgunj २ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *