• Home
  • राजनीति
  • तारेख बुझ्न काठमाडौं जिल्ला अदालत पुगे रवि लामिछाने

तारेख बुझ्न काठमाडौं जिल्ला अदालत पुगे रवि लामिछाने

स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दामा तारेख बुझ्न रवि लामिछाने अदालतमा

काठमाडौं, २३ असोज । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दामा तारेख बुझ्न शुक्रबार दिउँसो बबरमहलस्थित काठमाडौं जिल्ला अदालत पुगेका छन्।

सहकारी ठगीसम्बन्धी मुद्दामा पाँच जिल्लामा मुछिएका लामिछानेका मुद्दा अझै अदालतमा विचाराधीन छन्। महान्यायाधिवक्ताको कार्यालयले लामिछानेविरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको कसुर फिर्ता लिने निर्णय गरेपछि रुपन्देही, पोखरा र चितवनका अदालतबाट ती कसुरसम्बन्धी मुद्दा फिर्ता भएका छन्। अब उनीविरुद्ध सहकारी ठगीको कसुरसम्बन्धी मुद्दा मात्र अदालतमा विचाराधीन छ।

जीबी राईको गोर्खा मिडिया नेटवर्कमा देशका विभिन्न सहकारीको रकम गएको र अपचलन भएको आरोपमा लामिछानेविरुद्ध ठगी मुद्दा दायर भएको हो। अदालतले लामिछानेलाई काठमाडौंमै रहेका विभिन्न अदालतमा तारेख बुझ्न सुविधा दिने निर्णय गरेको थियो।

Related Posts

मधेशीको नाममा राजनीति मात्रै? उपेन्द्र यादवको नेतृत्वप्रति असन्तुष्टि जनाउँदै विक्की यादवले दिए राजी

उपेन्द्र यादवको नेतृत्वमाथि बिदेश्वर यादव ‘विक्की’को प्रश्न : जसपा छाडे, मधेसको मुद्दा होइन! ‘पार्टीभन्दा मुद्दा ठूलो, नेतृत्वभन्दा विचार…

ByByanjana soni १० घण्टा अगाडि

कांग्रेस महाधिवेशन : दिउँसो साढे १२ बजेसम्म २ हजार ६४४ मत खस्यो

कांग्रेस महाधिवेशनमा दिउँसो साढे १२ बजेसम्म २ हजार ६४४ मत खस्यो काठमाडौं, २३ असोज । नेपाली कांग्रेसको नयाँ…

ByByanjana soni ११ घण्टा अगाडि

कांग्रेस महाधिवेशन : दिउँसो साढे १२ बजेसम्म २ हजार ६४४ मत खस्यो

काठमाडौं, २३ असाेज । नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भइरहेको मतदानमा दिउँसो १२:३० बजेसम्म २ हजार ६४४ मत…

ByByanjana soni १२ घण्टा अगाडि

आशिका तामाङको रिस अझै मरेन, आज पनि खनिइन चिरिबाबु प्रति

काठमाडौं, ७ भदौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद आशिका तामाङले ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनसँग पुनः आक्रोश ब्यक्त…

ByByanjana soni २ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *