• Home
  • ताजा समाचार
  • Bridal Couture Runway 2026 : नेपाली फेसनमा संस्कृति, आध्यात्मिकता र Couture को भव्य संगम
Image

Bridal Couture Runway 2026 : नेपाली फेसनमा संस्कृति, आध्यात्मिकता र Couture को भव्य संगम

काठमाडौं — नेपाली फेसन जगतमा नयाँ इतिहास रच्ने लक्ष्यसहित ‘Bridal Couture Runway 2026 – Edition 3’ आयोजना हुने भएको छ। Shah Studio and Company को आयोजनामा हुने यो विशेष फेसन इभेन्टमा नेपाली मौलिक संस्कृति, परम्परा, आध्यात्मिकता र आधुनिक Couture फेसनलाई एउटै रनवेमा प्रस्तुत गरिने आयोजकले जनाएको छ।

आयोजकका अनुसार भोलि ६ भदौ २०८३ गते भक्तपुरस्थित Heritage Palace मा आयोजना हुने कार्यक्रममा जनमत पार्टीका अध्यक्ष डा. सीके राउत प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन्। कार्यक्रमको अध्यक्षता Shah Studio and Company का संस्थापक तथा सञ्चालक मनु साहले गर्नेछन् भने विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको विशेष उपस्थिति रहनेछ।

कार्यक्रमका बारेमा जानकारी दिँदै मनु साहले यसपटकको Bridal Couture Runway केवल फेसन शोमा सीमित नभई नेपाली संस्कृति, विवाह परम्परा र मौलिक पहिचानलाई आधुनिक Couture फेसनसँग जोड्ने प्रयास भएको बताए।

कार्यक्रमको सुरुवात पनि विशेष सांस्कृतिक शैलीमा गरिने तयारी छ। आरतीको पवित्र ज्योति, शंखनादको शुभ ध्वनि र ताण्डवको शक्तिशाली ऊर्जासँगै रनवेको भव्य शुभारम्भ गरिने आयोजकको भनाइ छ।

आयोजकका अनुसार आरतीले पवित्रता, शंखनादले शुभारम्भ, ताण्डवले शक्ति र Couture ले भव्यताको प्रतिनिधित्व गर्नेछ।

यसपटकको रनवेमा नेपाली विवाह संस्कार, कला, संस्कृति र परम्परालाई आधुनिक डिजाइन तथा अन्तर्राष्ट्रिय स्तरको Couture प्रस्तुतिसँग जोड्ने प्रयास गरिनेछ। नेपाली Bridal Wear, फेसन डिजाइन र सिर्जनशीलतालाई नयाँ उचाइमा पुर्‍याउने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको आयोजकले जनाएको छ।

‘पवित्र सुरुवात, शक्तिको उद्घोष र इतिहासको रनवे’ भन्ने अवधारणासहित आयोजना हुन लागेको Bridal Couture Runway 2026 – Edition 3 नेपाली फेसन क्षेत्रका लागि विशेष आकर्षण बन्ने अपेक्षा गरिएको छ।

Related Posts

मिस्टर किड्स नेपाल सिजन–३’ का विजेता रयान राणा मगरले बैंकक, थाइल्याण्डमा नेपालको प्रतिनिधित्व गर्ने

  ​काठमाडौँ, नेपाल — नेपाली प्रतिभा र संस्कृतिलाई अन्तर्राष्ट्रिय जगतमा चिनाउने क्रममा ‘मिस्टर किड्स नेपाल सिजन–३’ का विजेता…

ByByanjana soni ३ दिन अगाडि

सगुन धाख्वा नेपालका लागि International Youth Exchange Camp Chairperson को भूमिकामा

८ देशका १४ युवा सहभागी अन्तर्राष्ट्रिय युवा आदान–प्रदान क्याम्प सुरु काठमाडौं । लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ पी नेपालको…

ByByanjana soni १ हप्ता अगाडि

राष्ट्रिय–अन्तर्राष्ट्रिय अतिथिको सहभागिता : International Youth Exchange Camp Nepal 2026 मा लायन्स ३२५ पीको ऐतिहासिक सुरुवात

  काठमाडौं, २६ भदौ २०८३— लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ पी नेपालको आयोजनामा **‘International Youth Exchange Camp Nepal 2026’**…

ByByanjana soni १ हप्ता अगाडि

इन्टरनेशनल फेसन विक २०२६ को ‘रनवे एम्बेसडर’मा रेनाटा कट्टेल

  काठमाडौं । इन्टरनेशनल फेसन विक २०२६ का लागि रेनाटा कट्टेललाई ‘रनवे एम्बेसडर’का रूपमा प्रस्तुत गरिएको छ। फेसन,…

ByByanjana soni २ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *