• Home
  • ताजा समाचार
  • लागु औषध गाजा सहित दुई भारतीय नागरिक सशस्त्र प्रहरीको नियन्त्रणमा

लागु औषध गाजा सहित दुई भारतीय नागरिक सशस्त्र प्रहरीको नियन्त्रणमा

पर्सा, २१ फागुन / पर्सा जिल्लो ठोरीबाट लागु औषध गाजा सहित दुई जना भारतीय नागरिकलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । लागु औषध गाजा नेपालबाट भारततर्फ लगिरहेको अवस्थामा खटिएको सशस्त्र प्रहरीको टोलीले दुई जना भारतीय नागरिक सहित मोटरसाइकल नियन्त्रणमा लिएको हो ।
शनिवार राति करिब साढे ८ बजेको समयमा बोर्डर आउट पोष्ट ठोरीबाट सशस्त्र प्रहरी नायब निरीक्षक खिलेन्द्र बहादुर बस्नेतको कमाण्डमा खटिएको टोलीले भारततर्फ लगिरहेको अवस्थामा लागु औषध सहित दुई भारतीय नागरिकलाई नियन्त्रणमा लिएको सशस्त्र प्रहरीले जनाएको छ । भारतीय नम्बर बि.आर.०६ यु ५८७३ नम्बरको मोटरसाइकलमा लागु औषध गाजा बोकी भारततर्फ गइरहेको बिशेष सूचनाको अधारमा पक्राउ गर्न सफल भइएको सशस्त्र प्रहरीले जनाएको छ ।
भारत जिल्ला पश्चिम चम्पारण सोनखर पंचायत वडा नम्बर १३ रामनगर बस्ने २९ बर्षिय संदिप पटेल र सोही निवासी २५ बर्षिय प्रेम पटेललाई लागु औषध गाजा सहित पक्राउ गरिएको सशस्त्र प्रहरीले जनाएको छ । पक्राउ गरिएको लागु औषध ५ किलोग्राम गाजा सहित भारतीय नम्बरको मोटरसाइकल र व्यक्तिलाई अवाश्यक कारवाहीको लागी इलाका प्रहरी कार्यालय ठोरीमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।
त्यस्तै शनिवार साझ करिब ७ बजेको समयमा बाराको पचरौता नगरपालिका वडा नम्बर ४ इनर्वाबाट लागु औषध गाजा बरामद गरेको छ । नेपालबाट भारततर्फ लगिरहेको अवस्थामा सशस्त्र प्रहरी बल नेपाल २ नम्बर बाहिनीबाट खटिएको स्कवाड टोलीले लागु औषध गाजा १० किलोग्राम बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको हो । ड्यूटीमा खटिएको सशस्त्र प्रहरीको टोली देख्नासाथ तस्कर फरार भएपनि लागु औषध गाजा बरामद गरिएको छ । बरामद गरिएको लागु औषध गाजा अवाश्यक कारवाहीको लागी नेपाल प्रहरीलाई बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

Related Posts

बाढीपीडितको सेवामा लायन्स ३२५ पी एरिया १ टोली, खाद्यान्न र मेडिकल सामग्रीसहित नुवाकोटमा

नुवाकोट । ग्लेसियर लेक आउटबर्स्ट फ्लड (GLOF) बाट प्रभावित परिवारलाई राहत तथा सहयोग पुर्‍याउन Lions District 325P Area…

ByByanjana soni २१ घण्टा अगाडि

स्मार्टेन, ह्युल्सा ग्रुपसहितको टोलीद्वारा रसुवा–नुवाकोटका बाढीपीडितलाई २ लाख बराबरको राहत सामग्री वितरण

काठमाडौं । अविरल वर्षासँगै आएको बाढी तथा पहिरोका कारण प्रभावित बनेका रसुवा र नुवाकोटका परिवारलाई लक्षित गर्दै राहत…

ByByanjana soni १ दिन अगाडि

दुई दशकदेखि सञ्चार क्षेत्रमा योगदान दिँदै आएकी सीता पोखरेल ‘पब्लिक च्वाइस’ र ‘मिसेस कन्फिडेन्स’ विजेता

काठमाडौं । दुई दशकदेखि सञ्चार तथा मिडिया क्षेत्रमा निरन्तर योगदान दिँदै आएकी सीता पोखरेलले ‘Miss & Mrs. Universal…

ByByanjana soni ३ दिन अगाडि

विपत्तिमा पीडितको सहारा बन्दै मनोज भारती, लाखौँको राहत सामग्री हस्तान्तरण

काठमाडौं । आफूसँग भएको स्रोतसाधनलाई विपत्तिमा परेका नागरिकको सहयोगमा लगाउने उद्योगी–व्यवसायीको संख्या कम छैन। तर संकटका बेला निरन्तर…

ByByanjana soni ३ दिन अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *