• Home
  • ताजा समाचार
  • माइतीघरमा भन्सार कर नीतिविरुद्ध प्रदर्शन, तत्काल खारेजको माग
Image

माइतीघरमा भन्सार कर नीतिविरुद्ध प्रदर्शन, तत्काल खारेजको माग

काठमाडौं । नेपाल–भारत सीमामा लागू गरिएको रु १०० भन्दा माथिको सामानमा भन्सार कर लगाउने नीतिविरुद्ध विरोध प्रदर्शन गरिएको छ । शनिबार Youth for Truth ले माइतीघर मण्डला मा प्रदर्शन गर्दै उक्त नीति तत्काल खारेज गर्न माग गरेको हो ।
प्रदर्शनकारीहरूले सानो परिमाणमा किनमेल गर्ने सर्वसाधारणलाई समेत असर पर्ने भन्दै यो निर्णय अव्यवहारिक भएको बताएका छन् । उनीहरूले सीमावर्ती क्षेत्रका स्थानीय बासिन्दा र दैनिक उपभोगका सामान ल्याउने सर्वसाधारणलाई अनावश्यक भार परेको गुनासो गरे ।
युथ फर ट्रुथका प्रतिनिधिहरूले सरकारले जनताको अवस्था बुझेर यस्तो नीति पुनर्विचार गर्नुपर्ने बताए । उनीहरूले सीमा नीतिलाई सरल, व्यवहारिक र सर्वसुलभ बनाउन माग गर्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् ।
सरकारले हालसम्म यस विषयमा औपचारिक प्रतिक्रिया दिएको छैन ।

Related Posts

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

ललितपुर – ललितपुरस्थित किस्ट शिक्षण अस्पताल अन्तर्गतको किस्ट ट्रान्सप्लान्ट सेन्टर ले निजी क्षेत्रको आफ्नो १७औँ सफल कलेजो प्रत्यारोपण…

ByByBirgunj ३ दिन अगाडि

डा. शितांशु ढकालले मिस नेपाल २०२६ मा लोकप्रिय मतका लागि समर्थन अपिल

काठमाडौं । मिस नेपाल २०२६ की प्रतियोगी प्रतियोगी नम्बर १३ डा. शितांशु ढकाल ले आफूलाई Dabur Real Miss…

ByByYOUTV Nepal ४ दिन अगाडि

नेशनल प्याब्सन पर्साले गर्‍यो एसईईका उत्कृष्ट ५६ विद्यार्थीलाई सम्मान

वीरगंज । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) नगर कार्य समिति पर्साले माध्यमिक शिक्षा परीक्षा…

ByByBirgunj १ हप्ता अगाडि

२० भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेका DEV RN, पहिलो मैथिली गीतदेखि एकै दिन दुई गीत सार्वजनिक

काठमाडौं । नेपाली म्युजिक भिडियो क्षेत्रमा उदाउँदा कलाकारका रूपमा परिचित DEV RN ले छोटो समयमै आफ्नो अलग पहिचान…

ByByanjana soni ३ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *