• Home
  • ताजा समाचार
  • मिथिला कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले रंग मिथिला हेरिटेज एण्ड फेस्टिवल (RMF) आयोजना
Image

मिथिला कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले रंग मिथिला हेरिटेज एण्ड फेस्टिवल (RMF) आयोजना

मिथिला कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले रंग मिथिला हेरिटेज एण्ड फेस्टिवल (RMF) आयोजना⁶ गरिने भएको छ। विभिन्न कलाकार, सांस्कृतिक व्यक्तित्व, विद्वान तथा संस्कृतिप्रेमीहरूको सहभागितामा हुने यस महोत्सवले मिथिला संस्कृतिलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने अपेक्षा गरिएको छ।
आयोजकका अनुसार कार्यक्रम चैत्र १५ र १६ गते, २०८२ मा विविध सांस्कृतिक तथा बौद्धिक गतिविधिसहित सञ्चालन हुनेछ।
पहिलो दिन (चैत्र १५) उद्घाटन सत्रपछि विभिन्न सांगीतिक तथा सांस्कृतिक प्रस्तुति रहनेछ। कार्यक्रममा अशिति झा, अन्जली साहलगायतका कलाकारहरूको प्रस्तुति रहनेछ भने Kutumba Band को विशेष सांगीतिक प्रस्तुति पनि आकर्षणको केन्द्र रहनेछ। साथै युवा संवाद, समूह नृत्य, भारतीय दूतावासको प्रस्तुति, कविता वाचन तथा एकल नृत्य जस्ता कार्यक्रमहरू पनि समावेश गरिएका छन्।
दोस्रो दिन (चैत्र १६) “मिथिला: मिथिलाञ्चलबाट विश्व समुदायसम्म” विषयमा अन्तरक्रिया कार्यक्रम सञ्चालन हुनेछ, जसमा आनन्द साहनीको संयोजनमा धिरेन्द्र परमेश्री, सरिता साह, एससी सुमन र डा. अबश ल्याब लगायतका वक्ताहरूले धारणा राख्नेछन्। त्यसैगरी “मिथिलामा संस्कार र संस्कृतिको अवस्था र चुनौती” विषयमा छलफल कार्यक्रम पनि आयोजना गरिनेछ।
कार्यक्रममा छठ नृत्य प्रदर्शन, सामाचकेवा लगायतका सांस्कृतिक प्रस्तुति, एकल नृत्य, सांगीतिक कार्यक्रम तथा समापन समारोह समेत रहनेछ।
आयोजकले यस महोत्सवमार्फत मिथिला कला, संस्कृतिप्रेमी, अनुसन्धानकर्ता तथा सरोकारवालाबीच सहकार्य बढ्ने विश्वास व्यक्त गरेका छन्।

Related Posts

शाहरूखको जन्मदिनमा ‘किङ’को ट्रिजर आउने, करिना पनि देखिने

शाहरुख खानको जन्मदिनमा ‘किङ’ को एक्सनप्याक्ड टिजर सार्वजनिक हुने मुम्बई, २७ असोज। सिद्धार्थ आनन्दद्वारा निर्देशित चलचित्र ‘किङ’ सन्…

ByByanjana soni ११ घण्टा अगाडि

आजको राशिफल: बि.सं. २०८३ असोज २८ गते बुधवार

ज्याे. डा. खेमराज मिश्र, पीएचडी आजको राशिफल: बि.सं. २०८३ असोज २८ गते, बुधवार, ईसं २०२६ अक्टोबर १४, ऋतुः वर्षा,…

ByByanjana soni १२ घण्टा अगाडि

कपिलवस्तुमा एक व्यवसायीले गरे आत्मदाहको प्रयास

काठमाडौं, २८ असोज । कपिलवस्तुमा एक व्यवसायीले आत्मदाहको प्रयास गरेका छन् । कृष्णनगर नगरपालिका–२ बैंकरोडमा अनुगमनको क्रममा एक…

ByByanjana soni १२ घण्टा अगाडि

सामाजिक सञ्जालमा आपत्तिजनक गतिविधि गरेको आरोपमा ‘झापाली’ भनिने मनीष पाण्डे पक्राउ

काँकडभिट्टा । सामाजिक सञ्जालमा विवादास्पद तथा आपत्तिजनक गतिविधि गरेको आरोपमा ‘झापाली’ नामले चिनिने मनीष पाण्डे पक्राउ परेका छन्।…

ByByanjana soni २ दिन अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *