काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ मा उम्मेदवार केम्श सिंहले आफ्नो घरदैलो अभियानलाई तीव्र बनाएका छन्। घर–घरमा पुगेर जनतासँग प्रत्यक्ष भेटघाट गर्दै आफ्ना एजेन्डा राखिरहेका केम्श सिंहप्रति स्थानीयवासीको समर्थन दिनप्रतिदिन बढ्दै गएको देखिन्छ।
घरदैलोका क्रममा विकास, रोजगारी, सुशासन र जनसमस्याका विषयमा खुलेर कुरा राख्दा मतदाताले सकारात्मक प्रतिक्रिया दिएका छन्। विशेषगरी युवाहरू र स्थानीय समुदायले मोबाइल छापमा मतदान गर्ने प्रतिबद्धता जनाउँदै उत्साहजनक समर्थन देखाएका छन्।
बढ्दो जनलहर र जनताको विश्वासले काठमाडौं क्षेत्र नम्बर ४ मा केम्श सिंहको स्थितिलाई थप मजबुत बनाएको छ। चुनावी माहोल हेर्दा मोबाइल छापसहित केम्श सिंहको जित लगभग पक्का हुने संकेत देखिएको छ।












