• Home
  • ताजा समाचार
  • आँखा छापमा मतदानको अपिलसहित बिरगञ्ज ९ र १० मा अमिताभ बच्चन दासको घरदैलो
Image

आँखा छापमा मतदानको अपिलसहित बिरगञ्ज ९ र १० मा अमिताभ बच्चन दासको घरदैलो


वीरगञ्ज । प्रगतिशील लोकतान्त्रिक पार्टी पर्सा क्षेत्र नम्बर–२ का उम्मेदवार अमिताभ बच्चन दास ले चुनाव प्रचारलाई अझै सक्रिय बनाएका छन्। आँखाछाप चुनाव चिन्हमा मतदान गरी विजयी गराउन आज बिरगञ्ज महानगरपालिका वडा नम्बर ९ र १० मा आम जनसमुदायसँग भेटघाट तथा घरदैलो कार्यक्रम सम्पन्न भएको छ।
घरदैलोका क्रममा स्थानीयले आँखाछापमा मतदान गर्ने प्रतिबद्धता जनाएका छन्। साथै, चुनावपछि पनि आज जस्तै सधैं जनतासँग प्रत्यक्ष भेटघाट गर्दै जनसमस्यामा चासो दिन सुझाव दिएका छन्।
उम्मेदवार दासले उद्योग–व्यवसायमैत्री वातावरण सृजना गर्ने, गुणस्तरीय सडक निर्माण, भरपर्दो बिजुली र शुद्ध खानेपानीको व्यवस्था गर्न पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले जनताको विश्वास नै आफ्नो मुख्य शक्ति भएको भन्दै विकास र सुशासनलाई प्राथमिकतामा राखेर काम गर्ने बताए।

Related Posts

टिकटकमा हतियार प्रदर्शन गर्दै ‘रौतहटको किङ’ बन्न खोज्ने युवक पक्राउ

रौतहट, ३० असोज । सामाजिक सञ्जाल टिकटकमा धारिलो हतियार प्रदर्शन गर्दै आफूलाई ‘किङ अफ रौतहट’ का रूपमा प्रस्तुत…

ByByanjana soni ५ दिन अगाडि

कांग्रेस सहमहामन्त्रीमा मनोजमणि आचार्य विजयी

काठमाडौं, ३० असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट खस आर्यतर्फ केन्द्रीय सहमहामन्त्रीमा मनोजमणि आचार्य निर्वाचित भएका छन्। आचार्यले…

ByByanjana soni ५ दिन अगाडि

एमाले केन्द्रीय कार्यालयकाे सुरक्षा भूतपूर्व सैनिक र प्रहरीले दिने

काठमाडौं, ३० असोज । एमालेले आफ्नो केन्द्रीय कार्यालयको सुरक्षा व्यवस्था कडा बनाएको छ । सरकारले उपलब्ध गराउँदै आएको सुरक्षा…

ByByanjana soni ५ दिन अगाडि

माननीय उद्योगमन्त्री ई. दीपक कुमार साह र चिनियाँ राजदूतबीच शिष्टाचार भेटघाट

काठमाडौं, असोज २८। माननीय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री ई. दीपक कुमार साह र नेपालका चीनका राजदूत महामहिम…

ByByanjana soni ६ दिन अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *