• Home
  • ताजा समाचार
  • आँखा छापमा मतदानको अपिलसहित बिरगञ्ज ९ र १० मा अमिताभ बच्चन दासको घरदैलो
Image

आँखा छापमा मतदानको अपिलसहित बिरगञ्ज ९ र १० मा अमिताभ बच्चन दासको घरदैलो


वीरगञ्ज । प्रगतिशील लोकतान्त्रिक पार्टी पर्सा क्षेत्र नम्बर–२ का उम्मेदवार अमिताभ बच्चन दास ले चुनाव प्रचारलाई अझै सक्रिय बनाएका छन्। आँखाछाप चुनाव चिन्हमा मतदान गरी विजयी गराउन आज बिरगञ्ज महानगरपालिका वडा नम्बर ९ र १० मा आम जनसमुदायसँग भेटघाट तथा घरदैलो कार्यक्रम सम्पन्न भएको छ।
घरदैलोका क्रममा स्थानीयले आँखाछापमा मतदान गर्ने प्रतिबद्धता जनाएका छन्। साथै, चुनावपछि पनि आज जस्तै सधैं जनतासँग प्रत्यक्ष भेटघाट गर्दै जनसमस्यामा चासो दिन सुझाव दिएका छन्।
उम्मेदवार दासले उद्योग–व्यवसायमैत्री वातावरण सृजना गर्ने, गुणस्तरीय सडक निर्माण, भरपर्दो बिजुली र शुद्ध खानेपानीको व्यवस्था गर्न पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले जनताको विश्वास नै आफ्नो मुख्य शक्ति भएको भन्दै विकास र सुशासनलाई प्राथमिकतामा राखेर काम गर्ने बताए।

Related Posts

दुई दशकदेखि सञ्चार क्षेत्रमा योगदान दिँदै आएकी सीता पोखरेल ‘पब्लिक च्वाइस’ र ‘मिसेस कन्फिडेन्स’ विजेता

काठमाडौं । दुई दशकदेखि सञ्चार तथा मिडिया क्षेत्रमा निरन्तर योगदान दिँदै आएकी सीता पोखरेलले ‘Miss & Mrs. Universal…

ByByanjana soni १७ घण्टा अगाडि

विपत्तिमा पीडितको सहारा बन्दै मनोज भारती, लाखौँको राहत सामग्री हस्तान्तरण

काठमाडौं । आफूसँग भएको स्रोतसाधनलाई विपत्तिमा परेका नागरिकको सहयोगमा लगाउने उद्योगी–व्यवसायीको संख्या कम छैन। तर संकटका बेला निरन्तर…

ByByanjana soni १९ घण्टा अगाडि

बाढीपीडितका लागि हिमालयन बुलियनको १ करोड १ लाख सहयोग, आईपीओमार्फत आम नेपालीलाई जोड्ने तयारी

काठमाडौं । नेपालको निजी क्षेत्रमा तीव्र गतिमा आफ्नो पहिचान बनाउँदै गएको हिमालयन बुलियन कम्पनी लिमिटेडले प्राकृतिक विपत्तिबाट प्रभावित…

ByByanjana soni ३ दिन अगाडि

बाढीपीडितको खोज, उद्धार र राहतका लागि नासा सेक्युरिटिजको ५० लाख सहयोग

  काठमाडौं । देशका विभिन्न क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको खोज, उद्धार तथा तत्काल राहत कार्यमा सहयोग…

ByByanjana soni ३ दिन अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *