पर्सा क्षेत्र नम्बर १ मा चुनावी माहोल स्पष्ट बन्दै गएको छ।
नेपाली कांग्रेसका उम्मेदवार अनिल रुङ्टाको पक्षमा जनसमर्थन बलियो देखिन थालेको छ।
यसैबीच, जाबिर आलम जुझारु कार्यकर्ताहरूले पर्सा–१ मा अनिल रुङ्टाको जित निश्चित हुने जानकारी गराएका छन्।
उनीहरूका अनुसार स्थानीय स्तरमा जनताको मनस्थिति स्पष्ट रूपमा कांग्रेस उम्मेदवार रुङ्टातर्फ झुकेको छ।
जाबिर आलमसँग सक्रिय रहँदै आएका जुझारु कार्यकर्ताहरूले अहिलेको राजनीतिक अवस्था, जनसहभागिता र चुनावी माहोल हेर्दा नतिजा कांग्रेसकै पक्षमा आउने दाबी गरेका छन्।
कार्यकर्ताको सक्रियता र जनताको उत्साहले जित पक्का हुँदै गएको उनीहरूको भनाइ छ।
पर्सा–१ मा देखिएको समर्थन र बढ्दो सहभागिताले चुनावी परिणाममा निर्णायक प्रभाव पार्ने राजनीतिक विश्लेषण गरिएको छ।












