• Home
  • समाचार
  • वीरगंजमा २४० केजी चरेशसहित ट्रक र दुई जना पक्राउ
Image

वीरगंजमा २४० केजी चरेशसहित ट्रक र दुई जना पक्राउ

वीरगंज – जिल्ला प्रहरी कार्यालय पर्साले २४० केजी लागुऔषध चरेश जस्तो देखिने पदार्थसहित एक ट्रक र दुई जनालाई पक्राउ गरेको छ।

विशेष सूचनाको आधारमा शनिबार साँझ करिब ७ः३० बजे पर्सा जिल्लाको वीरगंज महानगरपालिका–२२ जगरनाथपुर ढाँटस्थित सडकखण्डमा सवारी साधन चेकजाँचका क्रममा उक्त परिमाणको लागुऔषध बरामद गरिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय पर्सा तथा मातहत वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले मकवानपुरबाट वीरगंजतर्फ आउँदै गरेको ना.३ ख ५०९३ नम्बरको ट्रकलाई रोकी कानुनी प्रक्रिया अनुसार जाँच गरेको थियो। जाँचका क्रममा ट्रकको क्याबिनको माथिल्लो भागमा फल्स बनाएर लुकाइछिपाई राखिएको अवस्थामा २४० केजी चरेश जस्तो देखिने पदार्थ फेला परेको हो।

बरामद लागुऔषधसहित ट्रक चालक र ट्रकमा सवार दुई जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक सुदिप राज पाठकले जानकारी दिए।

पक्राउ पर्नेहरूमा मकवानपुर जिल्लाको थाहा नगरपालिका–११ निवासी २९ वर्षीय सरोज मोक्तान (ट्रक चालक) र सोही स्थानका २१ वर्षीय नवराज लो रहेका छन्।

Related Posts

Dashrath Grocery को नयाँ अफर: रु. ३ हजारको सामान खरिद गर्दा iPhone जित्ने मौका

  काठमाडौं । दैनिक उपभोग्य सामग्री सस्तो तथा सहज मूल्यमा उपलब्ध गराउँदै आएको Dasharath Grocery ले ग्राहकका लागि…

ByByanjana soni १ महिना अगाडि

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

ललितपुर – ललितपुरस्थित किस्ट शिक्षण अस्पताल अन्तर्गतको किस्ट ट्रान्सप्लान्ट सेन्टर ले निजी क्षेत्रको आफ्नो १७औँ सफल कलेजो प्रत्यारोपण…

ByByBirgunj २ महिना अगाडि

नेशनल प्याब्सन पर्साले गर्‍यो एसईईका उत्कृष्ट ५६ विद्यार्थीलाई सम्मान

वीरगंज । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) नगर कार्य समिति पर्साले माध्यमिक शिक्षा परीक्षा…

ByByBirgunj ३ महिना अगाडि

साउथजोन माध्यमिक विद्यालयमा विद्यार्थी नेतृत्वको शपथ ग्रहण तथा पुरस्कार वितरण सम्पन्न

वीरगंज — वीरगंज महानगरपालिका–१३ स्थित साउथजोन माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०८३ का लागि चयन भएका नयाँ विद्यार्थी नेतृत्वको…

ByByBirgunj ३ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *