काठमाडौँ। दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को लिग चरणको अन्तिम खेल आज हुँदैछ। प्रतियोगिताको प्लेअफ दौडबाट बाहिरिसकेका कर्णाली याक्स र जनकपुर बोल्ट्स बीच दिउँसो ३:३० बजे यो खेल हुनेछ।
यस सिजनमा निराशाजनक प्रदर्शन गरेका यी दुई टोलीका लागि आजको खेल प्रतिष्ठाको लडाईं हुनेछ। दुवै टोलीले यसअघि खेलेका ६/६ खेलमा १/१ जित मात्र हासिल गरेका छन् भने ५/५ खेलमा हार बेहोरेका छन्।
-
कर्णाली याक्स ले आफ्नो एकमात्र जित लुम्बिनी लायन्सविरुद्ध निकालेको थियो।
-
जनकपुर बोल्ट्स ले भने चितवन राइनोजलाई पराजित गर्दै एक जित दर्ता गरेको थियो।
प्लेअफमा पुगेका टोलीहरू:
जारी एनपिएलमा सुदूरपश्चिम रोयल्स, विराटनगर किंग्स, काठमाडौँ गोर्खाज र लुम्बिनी लायन्स प्लेअफ चरणमा प्रवेश गरिसकेका छन्।
आजको खेलले लिग चरणको औपचारिक समापन गर्नेछ। दुवै टोली आज जित हासिल गर्दै सिजनको सुखद अन्त्य गर्ने लक्ष्यमा मैदान उत्रिनेछन्।
















