साउथ जोन माध्यमिक विद्यालयमा कक्षा १० का विद्यार्थी लक्षित प्रेरणादायी सेमिनार सम्पन्न
By Birgunj
५ महिना अगाडि
Comments: 0
वीरगंज – वीरगंज महानगरपालिका–१३ स्थित साउथ जोन माध्यमिक विद्यालयले कक्षा १० का विद्यार्थीहरूलाई लक्षित गर्दै मंगलबार एक महत्वपूर्ण तथा प्रेरणादायी सेमिनार सम्पन्न गरेको छ। विद्यार्थीहरूको भविष्य निर्माण, लक्ष्य निर्धारण र आत्मविश्वास अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको सो कार्यक्रममा ठूलो संख्यामा विद्यार्थीहरूको सहभागिता रहेको विद्यालयले जनाएको छ।
सेमिनार साउथ जोन माध्यमिक विद्यालयका सहायक प्रिन्सिपल अशोक संग्रोलाको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा मानव सेवा आश्रमका केन्द्रीय सदस्य तथा समाजसेवी देवेश मानव विशेष वक्ताका रूपमा उपस्थित थिए।
मुख्य वक्ता देवेश मानवले जीवनमा लक्ष्य निर्धारण गर्ने तरिका, लक्ष्य हासिल गर्न आवश्यक धैर्य, अनुशासन, लगनशीलता र सकारात्मक सोचको महत्वबारे विस्तृत रूपमा मार्गदर्शन गरे। उनले विद्यार्थीहरूलाई आफ्नो क्षमताप्रति विश्वास राख्न, समयको सदुपयोग गर्न तथा चुनौतीलाई अवसरमा रूपान्तरण गर्दै अघि बढ्न प्रेरित गरे, जसले सहभागी विद्यार्थीहरूलाई अत्यन्त प्रभावित पारेको थियो।
कार्यक्रम बीरगंज पब्लिक कलेजको सभा हलमा भव्य रूपमा सम्पन्न गरिएको थियो। विद्यालय प्रशासनका अनुसार यस्ता कार्यक्रम विद्यार्थीहरूको व्यक्तित्व विकास र भविष्य उन्मुखीकरणका लागि अत्यन्त आवश्यक हुने भएकाले आगामी दिनमा पनि निरन्तर आयोजना गरिनेछ।
कार्यक्रमको समापन गर्दै सहायक प्रिन्सिपल संग्रोलाले विद्यार्थीहरूको सक्रिय सहभागिताप्रति धन्यवाद व्यक्त गर्दै भने, “विद्यार्थीहरूको क्षमता पहिचान गरी उनीहरूलाई सही दिशातर्फ अभिमुख गराउनु हाम्रो मुख्य उद्देश्य हो। आजको सेमिनारले उनीहरूमा नयाँ उत्साह र ऊर्जा भरेको छ भन्नेमा हामी विश्वस्त छौँ।”
अन्त्यमा विशेष वक्ता देवेश मानवलाई विद्यालयतर्फबाट सम्मानपत्र प्रदान गरी सम्मान गरिएको थियो।
जिवनशैली, ताजा समाचार, देश, बागमती प्रदेश, लोकप्रिय
निश्ची अचार: सानो प्रयासबाट राष्ट्रिय पहिचान १ वर्ष अगाडि