• Home
  • समाचार
  • वीरगंज महानगरलाई प्याब्सन , एनप्याब्सन र हिसानद्वारा संयुक्त कार्यालय सामग्री सहयोग
Image

वीरगंज महानगरलाई प्याब्सन , एनप्याब्सन र हिसानद्वारा संयुक्त कार्यालय सामग्री सहयोग

वीरगंज – जेन–जी युवा आन्दोलनका क्रममा वीरगंज महानगरपालिकाको कार्यालयमा आगजनी र तोडफोड भएर सेवा प्रवाह प्रभावित भएको अवस्थामा निजी तथा आवासीय विद्यालयका छाता संगठन—प्याब्सन, एन–प्याब्सन र हिसन—ले संयुक्त रूपमा लाखौँ रुपैयाँ बराबरका फर्निचर तथा कम्प्युटर सामग्री महानगरलाई सहयोग गरेका छन्।

बुधवार प्याब्सन महानगर अध्यक्ष राहुल श्रीवास्तवको नेतृत्वमा टेबल, कुर्सी, क्याबिनेट, कम्प्युटर, प्रिन्टरदेखि विभिन्न आवश्यक उपकरणहरू महानगर उपमेयर इम्तियाज आलम, प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्ण, शिक्षा महाशाखा प्रमुख आनन्द लामिछाने र सूचना अधिकारी सुनिल कर्णलाई औपचारिक रूपमा हस्तान्तरण गरिएको थियो।

जेन–जी आन्दोलनपछि कार्यालय सञ्चालनमा गम्भीर कठिनाइ उत्पन्न भएको भन्दै नगर प्रमुख राजेशमान सिंहले विभिन्न संघ–संस्थाहरूसँग सहयोगको अपिल गरेका थिए। सोही अनुरोधअनुसार तीनवटै संगठनले तत्काल राहत उपलब्ध गराएको प्याब्सन महानगर अध्यक्ष श्रीवास्तवले जानकारी दिए।

प्याब्सन पर्साका जिल्ला अध्यक्ष सरोज प्रसाद चौधरीले महानगरले भोगिरहेको समस्याको खबर पाएलगत्तै तीनवटै संगठनले संयुक्त बैठक बसेर सहयोग जुटाउने निर्णय गरेको बताए। “हाम्रा विद्यार्थीका अभिभावक पनि यही सहरका बासिन्दा हुन्। महानगरले सेवा दिन नसके हामीलाई पनि असर पर्छ। यो सहयोग हाम्रो सामाजिक उत्तरदायित्व पनि हो,” चौधरीले भने।

त्यस्तै, एन–प्याब्सन वीरगंज महानगर अध्यक्ष जियालाल गुप्ताले आन्दोलनका कारण सिर्जित असहज परिस्थितिमा सबै मिलेर अघि बढ्नुपर्ने आवश्यकता औंल्याउँदै भने, “हामीले राजनीति होइन, सहरको हित हेरेका हौँ। महानगर बलियो भयो भने हाम्रा विद्यालय र विद्यार्थीको भविष्य पनि बलियो हुन्छ।”

उपमेयर आलमले कठिन परिस्थितिमा गरिएको सहयोगले महानगरको सेवा प्रवाह पुनःसञ्चालनमा ठूलो योगदान पुर्‍याएको बताए। महानगरले क्षतिग्रस्त संरचना पुनर्निर्माण र उपकरण व्यवस्थापनलाई प्राथमिकतामा राखेर कार्य अघि बढाइरहेको छ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्ण, शैक्षिक प्रशासन महाशाखा प्रमुख आनन्द लामिछाने, प्याब्सनका वरिष्ठ उपाध्यक्ष सुशीला साह, उपाध्यक्ष वीरेन्द्र यादव, सचिव अशोक सङ्ग्रौला, प्याब्सन वीरगंजका प्रमुख सलाहकार आलोक चौरसिया, सचिव अमित आलोक, सदस्य बिजय बल र हिसान पर्साका अध्यक्ष मुकेश गुप्तालगायतको उल्लेखनीय उपस्थिति रहेको थियो।


Related Posts

Dashrath Grocery को नयाँ अफर: रु. ३ हजारको सामान खरिद गर्दा iPhone जित्ने मौका

  काठमाडौं । दैनिक उपभोग्य सामग्री सस्तो तथा सहज मूल्यमा उपलब्ध गराउँदै आएको Dasharath Grocery ले ग्राहकका लागि…

ByByanjana soni २ हप्ता अगाडि

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

ललितपुर – ललितपुरस्थित किस्ट शिक्षण अस्पताल अन्तर्गतको किस्ट ट्रान्सप्लान्ट सेन्टर ले निजी क्षेत्रको आफ्नो १७औँ सफल कलेजो प्रत्यारोपण…

ByByBirgunj १ महिना अगाडि

नेशनल प्याब्सन पर्साले गर्‍यो एसईईका उत्कृष्ट ५६ विद्यार्थीलाई सम्मान

वीरगंज । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) नगर कार्य समिति पर्साले माध्यमिक शिक्षा परीक्षा…

ByByBirgunj २ महिना अगाडि

साउथजोन माध्यमिक विद्यालयमा विद्यार्थी नेतृत्वको शपथ ग्रहण तथा पुरस्कार वितरण सम्पन्न

वीरगंज — वीरगंज महानगरपालिका–१३ स्थित साउथजोन माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०८३ का लागि चयन भएका नयाँ विद्यार्थी नेतृत्वको…

ByByBirgunj २ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *