दृष्टि संवाददाता १ मंसिर २०८२, सोमबार
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको उद्घाटन खेलमा काठमाडौं गोर्खाजले टस जितेर फिल्डिङ रोजेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेसँगै काठमाडौंका कप्तान करण केसीले साबिक विजेता जनकपुर बोल्ट्सलाई ब्याटिङको निम्तो दिएका हुन्।
आज दिउँसो ४ बजे सुरु हुने यस खेलसँगै एनपीएलको दोस्रो संस्करण औपचारिक रूपमा प्रारम्भ भएको छ।
-
टस विजेता: काठमाडौं गोर्खाज (फिल्डिङ)
-
ब्याटिङ गर्ने: जनकपुर बोल्ट्स (साबिक विजेता)
जनकपुर बोल्ट्स अनिल शाहको कप्तानीमा मैदान उत्रिएको छ भने काठमाडौंको नेतृत्व करण केसीले सम्हालेका छन्।
















